नेपालको संवैधानिक इतिहास र वर्तमान संविधानका चुनौती
०३ असोज २०८२
•
६ मिनेट पाठ
नेपालको संवैधानिक इतिहास र वर्तमान संविधानका चुनौती
लामो राजनीतिक उतारचढाव र जनताको निरन्तर संघर्षको प्रतिफल स्वरूप प्राप्त नेपालको संविधान, २०७२ले एक दशकको यात्रा पूरा गरेको छ। २०७२ असोज ३ गते अर्थात् आजकै दिन तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका थिए। सोही अवसरमा आज देशभर संविधान दिवस मनाइँदैछ। 




संविधान दिवसले नेपाली जनताको लोकतन्त्रप्रतिको अगाध आस्था र निरन्तर संघर्षको गाथालाई स्मरण मात्र गराउँदैन, वर्तमान संवैधानिक व्यवस्थाका उपलब्धिको समीक्षाका साथसाथै आगामी दिनमा गर्नुपर्ने चुनौतीको सामना गर्ने उपायबारे पनि छलफल माग्छ। 

नेपालको संवैधानिक यात्राले निरंकुश राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, बहुदलीय व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको एक लामो र जटिल इतिहास पार गरेको छ। 

नेपाल सरकार वैधानिक कानुन, २००४ 

नेपालमा लिखित संविधानको अवधारणा राणा शासनदेखि नै सुरु भएको थियो। राणा प्रधानमन्त्री पद्म शमशेर जबराले विसं २००४मा नेपालको पहिलो लिखित ‘नेपाल सरकार वैधानिक कानुन, २००४’ जारी गरेका थिए। त्यो संविधानमा प्रजातान्त्रिक व्यवस्था भने थिएन। मात्र राणा शासनलाई वैधानिक दिन खोजिएको थियो। राणा शासनलाई वैधानिकता दिँदै जनतालाई केही अधिकार दिएर सम्भावित आन्दोलनलाई मत्थर प्रयास त्यो संविधानमा थियाे। त्यो संविधानमा दुई सदनात्मक व्यवस्थापिका, मन्त्रिमण्डल, प्रधान न्यायालय र जनताको मौलिक हकको व्यवस्था थियो। तर, सबै अधिकार तत्कालीन ‘श्री ३ प्रधानमन्त्री’(राणा शासक)मा निहित थियो। 

नेपालको अन्तरिम शासन विधान, २००७ 

विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि नेपालमा राणा शासनको अन्त्य भयो। त्यसपछि राजा त्रिभुवनले २००७ चैत्र २९ गते नेपालको अन्तरिम शासन विधान, २००७ जारी गरेका थिए। यस संविधानले नेपालमा राणा शासनको अन्त्य गरी संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक सरकारको जग स्थापना गरेको थियो।

जसमा सार्वभौमसत्ता जनतामा निहित हुने सिद्धान्त स्वीकार गरेको थियो। यस संविधानको मुख्य उद्देश्य संविधानसभाको निर्वाचन गराई जनताका प्रतिनिधिद्वारा संविधान निर्माण गर्नु थियो। तर, तत्कालीन राजदरबारले संविधानसभाको निर्वाचन हुन दिएन। त्यो संविधानले राजालाई कार्यकारी अधिकार दिँदै मन्त्रिपरिषद्को व्यवस्था गरेको थियो। 

नेपाल अधिराज्यको संविधान, २०१५  

राजा महेन्द्रले विसं २०१५ फागुन १ गते यो संविधान जारी गरेका थिए। यसले संसदीय व्यवस्थाको स्थापना ग¥यो। यसमा प्रतिनिधि सभा र महासभा गरी दुई सदनको व्यवस्था गरिएको थियो। यो संविधानले राजालाई राष्ट्र प्रमुखको रूपमा स्वीकार गर्दै नेपालमा संवैधानिक राजतन्त्रको व्यवस्था गरेको थियो। यसमा राजाको भूमिकालाई सीमित गर्दै शासनको बागडोर निर्वाचित सरकारको हातमा दिइएको थियो। 

यसै संविधानअनुसार नेपालमा पहिलो आम निर्वाचन भयो। निर्वाचनबाट बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो। यसले जनताका मौलिक अधिकार सुनिश्चित ग¥यो। यद्यपि यस संविधानमा राजालाई विशेष अधिकार दिइएका थिए, जसको प्रयोग गरेर राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद् विघटन गरी शासन हातमा लिएका थिए।  

नेपालको संविधान, २०१९ 

२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिएपछि २०१९ सालमा यो संविधान जारी गरेका थिए। यस संविधानले  बहुदलीय प्रजातन्त्रलाई निषेध गर्दै दलविहीन पञ्चायती व्यवस्था स्थापना ग¥यो। राजालाई सम्पूर्ण अधिकार दिइएको थियो। जसमा कार्यकारिणी, व्यवस्थापकीय र न्यायिक अधिकारसमेत राजामा निहित थियो। यो संविधानले राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउनुको साथै यसले करिब ३० वर्षसम्म नेपालमा शासन ग¥यो। नेपालको इतिहासमा यो संविधान सबैभन्दा लामो समयसम्म चलेको संविधान हो। २०४६ सालको जनआन्दोलनपछि यस संविधानको अन्त्य भयो।   

नेपाल अधिराज्यको संविधान, २०४७ 

२०४६ सालको जनआन्दोलनपछि पञ्चायत व्यवस्थाको अन्त्य हुँदै २०४७ साल कात्तिक २३ गते ‘नेपाल अधिराज्यको संविधान, २०४७’ जारी भएको थियो। जसले नेपाललाई संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भएको राष्ट्रको रूपमा स्थापित ग¥यो। राजालाई राष्ट्रप्रमुखको रूपमा स्वीकार गरेको थियो। यस्तै राजनीतिक विचार र सिद्धान्तका आधारमा दल गठन गर्न पाउने अधिकार सुनिश्चित गरेको थियो। सँगै यस संविधानले नागरिकका लागि विभिन्न मौलिक हकको सुनिश्चित गरी विचार अभिव्यक्तिको स्वतन्त्रताको हक दिएको थियो। यसले जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्दै स्वतन्त्र न्यायपालिकाको परिकल्पना पनि गरेको थियो । सर्वोच्च अदालत,  पुनरावेदन अदालत र जिल्ला अदालत गरी तीन तहको अदालतको व्यवस्था गरियो। न्यायपालिकालाई सरकारको प्रभावबाट मुक्त गर्दै नागरिक हकको रक्षा गर्ने जिम्मेवारी दिइएको थियो। यी विशेषताहरूले गर्दा २०४७ सालको संविधानलाई नेपालको आधुनिक राजनीतिक इतिहासको एक महत्त्वपूर्ण र प्रजातान्त्रिक दस्ताबेज मानिन्छ। सार्वभौमसत्ता जनतामा निहित गरेको थियो। नेपालको संवैधानिक इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित भएको थियो । 

नेपालको अन्तरिम संविधान, २०६३

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०४७ को संविधानमाथि दुई पटक ‘कु’ गरेपछि भएको ऐतिहासिक २०६२÷६३ को जनआन्दोलनको सफलतापछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६३ माघ १ गते ‘नेपालको अन्तरिम संविधान २०६३’ जारी गरेको थियो। तत्कालीन विद्रोही नेकपा माओवादीले गरिरहेको सशस्त्र विद्रोहको अन्त्य र विस्तृत शान्ति सम्झौताको राजनीतिक निकास स्वरूप यो संविधान जारी भएको हो। 

यही संविधानको जगमा नेपालमा गणतन्त्रको आधार बसेको हो। यसै संविधान अनुसार २०६४ मा भएको संविधानसभा निर्वाचनपश्चात् २०६५ जेठ १५ गतेको संविधान सभा बैठकले राजतन्त्रको अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भयो।

यो संविधानमा २०४७ को संविधानले राजामा सीमित राखेको सार्वभौमसत्तालाई यस संविधानले पूर्ण रूपमा जनतामा निहित ग¥यो। यसले जनतालाई नै देशको सर्वोच्च शक्तिको रूपमा स्थापित ग¥यो। साथै बहुदलीय प्रजातन्त्र र जनताका मौलिक हकहरू लाई पनि सुनिश्चित गर्दै समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई स्वीकार ग¥यो। यसअनुसार राज्यका सबै निकायमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पिछडिएका वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधान भयो । 

नेपालको संविधान, २०७२

नेपालको संवैधानिक, २०७२ नेपाली इतिहासको एउटा महत्त्वपूर्ण र युगान्तकारी दस्ताबेज हो।  यो जनताका प्रतिनिधिहरूद्वारा निर्माण भएको र संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधान हो। यसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा स्थापित गरेको छ।

देशलाई सात प्रदेशमा विभाजन गरी संघीयताको सिद्धान्त लागु गरेको छ। समानुपातिक समावेशी सिद्धान्त, धर्मनिरपेक्षता र विस्तृत मौलिक हकको व्यवस्था यस संविधानका प्रमुख विशेषता हुन्। यिनै विशेषताको कारण यो संविधान अरू भन्दा फरक र प्रगतिशील मानिएको छ। 

यसै संविधान मार्फत देशलाई तीन तहको सरकारमा विभाजन गरिएको छ। जसले गर्दा संघ, प्रदेश र स्थानीय तहमा अधिकार र स्रोतको विकेन्द्रीकरण गर्न सहज भएको छ। जसले गर्दा जनतालाई शासनको नजिक पु¥याएको छ। 

नेपालको संविधान २०७२ कार्यान्वयनमा देखिएका चुनौतीहरू 

यो संविधान एक उत्कृष्ट भए पनि यसको कार्यान्वयन पक्षमा भने विभिन्न चुनौतीहरू देखा पर्दै आएका छन्। संविधान जारी भएको एक दशक भइसक्दा पनि देशले अपेक्षा गरे अनुसारको गति लिन नसकेको गुनासो छ। संविधान निर्माणपछि पनि नेतृत्वको कमजोरीले राजनीतिक अस्थिरता, संघीयता कार्यान्वयनको अलमल देखिँदै आएका छन्। सुशासनका विषय अहिले जोडदार रूपमा उठिरहेका छन्। सुशासनको मूल मुद्दा बनाएर भर्खरै जेन–जीले गरेको आन्दोलनले संविधानबाहिर गएर अन्तरिम सरकार बन्नेदेखि संसद् विघटनसम्मका काम भएका छन्। 

यस्तै मदेशवादी दलहरूले पनि आफ्ना केही माग सम्बोधन नभएको बताउँदै आएको छन्। 
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
१४ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस