नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता, सहमति–पत्रमा हस्ताक्षर [पत्रसहित]
१४ पौष २०८२
•
३ मिनेट पाठ
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता, सहमति–पत्रमा हस्ताक्षर [पत्रसहित]
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि सहमति भएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाललाई समावेशी, सहभागितामूलक, न्यायपूर्ण र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा सुदृढ बनाउने साझा लक्ष्यसहित दुवै पार्टीबीच एकतासम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो।




सहमति–पत्रमा विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता भएको उल्लेख गर्दै ऐतिहासिक विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, थारू आन्दोलन, मधेश विद्रोहलगायत आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउने प्रतिबद्धता जनाइएको छ। साथै युवाहरूको आन्दोलनशीलता, वैचारिक दृढता र राजनीतिक परिवर्तनप्रतिको आकांक्षालाई सही दिशामा अगाडि बढाउन पार्टी एकता आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

सहमति अनुसार दुवै पार्टीबीच एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ भने निर्वाचन चिन्हसमेत सोही पार्टीअन्तर्गत रहने उल्लेख छ। संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य रहने व्यवस्था गरिएको छ।

सहमति–पत्रमा राज्यका विभिन्न निकायमा विगतमा भएका कमजोरी, भ्रष्टाचार, असमानता र सामाजिक अन्यायको समीक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मुलुकको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र स्थापना पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, नेपालको भौगोलिक बनोटअनुसार संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, समानुपातिक समावेशी प्रतिनिधित्व र समतामूलक विकासलाई पार्टीको कार्यक्रमका रूपमा अघि बढाइने जनाइएको छ। वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक विभेद अन्त्य गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहने सहमति भएको छ।

सहमति–पत्रमा पार्टीलाई सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र सशक्त संगठनात्मक संरचनाका आधारमा सञ्चालन गरिने उल्लेख छ। नागरिक उन्मुक्ति पार्टीको हालको संगठनात्मक संरचनामा रहेका केन्द्रीय समिति लगायत सबै समिति र जनवर्गीय संगठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गरिनेछ।

नेपालको वर्तमान संविधानको संरक्षण र सुदृढीकरण गर्दै आवश्यक परिमार्जन र संशोधनमार्फत समावेशी, न्यायपूर्ण र अग्रगामी शासन व्यवस्था निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ। साथै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पछाडि पारिएका महिला, थारू, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग र समुदायको राज्यसत्तामा समान पहुँच सुनिश्चित गर्न संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।

देशका श्रमिक वर्ग र उत्पीडित समुदायको एकतामा जोड दिँदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यसमेत सहमति–पत्रमा उल्लेख गरिएको छ। विगतका राजनीतिक घटनाक्रमका क्रममा कुनै व्यक्तिमाथि प्रतिशोधका आधारमा लगाइएका मुद्दा फिर्ता लिने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने सहमति पनि भएको छ।

नीति, सिद्धान्त र विचारसँग सहमत सम्पूर्ण राजनीतिक दल, शक्ति र व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन पनि आह्वान गरिएको छ।

सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका संयोजक पूर्णकमल दहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्। 

सहमति पत्र पढ्नुहोस्

अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस