पोखरा महानगरको नीति तथा कार्यक्रमः पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोला करिडोरसम्म
०४ असार २०८३
•
५ मिनेट पाठ
पोखरा महानगरको नीति तथा कार्यक्रमः पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोला करिडोरसम्म
पोखरा महानगरपालिकाले पोखरा बसपार्क निर्माण र फिर्केखोलामा करिडोर निर्माणलाई प्राथमिकता दिएर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको बिहीबार भएको १९ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।




पोखरा पृथ्वीचोकमा बसपार्क निर्माणका लागि घर, टहरा हटाउने अभियान चलाईरहेको महानगरले सो अभियानलाई सार्थकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नगर विकास कोष र एसियाली विकास बैंकको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसपार्क निर्माण कार्य सुरु गरिनेछ ।’  

बसपार्क क्षेत्रमा महानगरले बिहीबार मात्रै घर,टहरा भत्काउन डोजर चलाएको थियो । यद्वपी पृथ्वीचोकमा बसपार्क बनाउन सुकुमबासीको व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान राख्दै आएका सुकुमबासीको व्यवस्थापनका लागि महानगरले विभिन्न उपसमिति बनाएर जग्गा खोजीदेखि सुकुमबासीको पहिचान, जग्गाको प्राविधिक नापजाँचलगायतका कार्यहरु भइरहेका छन् । नीति तथा कार्यक्रममा सुकुमबासीको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ जोड दिइएको छ ।

महानगरले पोखरा प्रवेश गर्ने तीनवटै नाकाहरुमा मिनी बसपार्क बनाउने योजना ल्याएको छ । त्यस्तै, विन्ध्यबासिनी बसपार्कको स्तरोन्नती गर्ने, बेगनास बसपार्कलाई थप व्यवस्थित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गरिरहेको सटल बसलाई थप बिस्तार गर्दै चढ्ने र झर्ने ठाउँहरुको व्यवस्थापन गरिने जनाइएको छ ।

महानगरले वर्षौंदेखि नीति तथा कार्यक्रममा पर्दै आएको पोखरा रिङ्गरोड निर्माणलाई यस वर्ष पनि निरन्तरता दिएको छ । उक्त रिङरोड निर्माणका लागि आगामी वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया सुरु गरिने उल्लेख छ ।  

महानगरले फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडिएको नयाँ शहरी गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । जसका लागि खोलाको दायाँबायाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग, हरियाली बेल्ट र ढुङ्गे तटबन्द निर्माण गर्ने जनाएको छ । त्यसबाहेक फिर्के करिडोर क्षेत्रभित्र पोखरेली शैलीका विश्रामस्थल, खुला क्याफे, खुला पार्क र चौतारी निर्माण गरिने भएको छ । विकास साझेदारहरूसँगको सहकार्यमा यो परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने मेयर आचार्यले बताए ।

महानगरले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयनमा रहेको पातले छाँगोमा सिसा पुल निर्माण आयोजनालाई यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने जनाएको छ । ‘पातलेछाँगोमा पर्यटकीय क्यान्टिलिभर वाल्क निर्माण कार्य सुरु गरिनेछ’ मेयर आचार्यले भने ।

पोखरा महानगरपालिकाका प्रमुख तीन नाका प्रवेश तथा सीमा क्षेत्रमा धार्मिक पर्यटकहरूको सुविधाका लागि भान्छा घर तथा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनको व्यवस्था मिलाउने जनाएको छ । त्यस्तै, पोखरा सभागृह निर्माण कार्य शुभारम्भ गर्ने पनि उल्लेख छ ।

महानगरले संघ र प्रदेश सरकारसँगको साझेदारीमासर्वोच्च अदालतको आदेश अनुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने जनाएको छ । सो अनुसार ताल वरपर हरियाली क्षेत्र सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने मेयर आचार्यले बताए ।

महानगरले वर्षौंदेखि निर्माण गर्ने भनेर अलपत्र परेको बधशाला निर्माणलाई यसपटक पुनः नीति तथा कार्यक्रममा राखेको छ । मानबहादुर जिसी मेयर हुँदाताकादेखि बधशाला निर्माण गर्ने भनेर बजेट छुट्टिदासमेत आधा दर्जन वर्षदेखि बन्न नसकेको बधशाला निर्माण गर्ने मेयर आचार्यले बताए ।

महानगरले पर्यटनलाई पनि उत्तिकै प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ । उसले पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार बनाउने घोषणा गर्दै त्यसका लागि पर्यटन चलायमान गराउने उद्घोष गरेको छ । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन पोखराको पहिचान र प्रतिध्वनि झल्किने ‘पोखरा थिम सङ’ निर्माण गर्ने मेयर आचार्यले बताए ।

महानगरले पर्यटन चलायमान बनाउन पदमार्ग, हाइकिङ र प्रकृतिमैत्री पर्यटन पूर्वाधार विकासलाई तीव्रता दिने भएको छ । लामो समयदेखि सुस्त बनेको रोयल ट्रेकलाई पुनः सञ्चालनमा ल्याउन छिमेकी पालिकासँग सहकार्य गर्ने मेयर आचार्यले बताए । त्यस्तै, पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्रायङ्गल’ अवधारणामार्फत संयुक्त पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यी तीन पालिकाबीच ‘सिल्भर ट्रायङ्गल’ अवधारणाका लागि सहकार्य गर्ने यसअघि नै सम्झौता भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरका प्याराग्लाइडिङ, ड्रागन बोट रेस, इन्डुरो रेस, क्रस कन्ट्री रेस र माइस टुरिजम कार्यक्रममार्फत पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ । पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएको छ ।

महानगरले बेगनास्थलमा वाटर स्पोट्र्स परियोजना सञ्चालन तथा हर्पन खोला करिडोर निर्माणका लागि अध्ययन गर्ने पनि जनाएको छ ।

महानगरले लगानी जुटाउन लगानी सम्मेलन गर्ने भएको छ । यसअघि पनि गर्ने भनिएको सो सम्मेलन हुन सकेको छैन । ‘यस वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानी सम्मेलन गरिनेछ’ उनले भने ।

नयाँ बजारमा निर्माणधीन ग्रिन भेन्चर जो न यसै वर्षबाट शुभारम्भ गरिनेछ। कोइका र युएनडीपीको सहयोगमा सञ्चालित जिसिआर यु परियोजना अन्तर्गत रिसाइक्लिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी सिर्जना गरी आयआर्जनमा जोड्दै कुहिने फोहोरलाई समुदाय स्तरमा नै व्यवस्थापन गर्ने कार्यलाई व्यवस्थित गरिनेछ।

महानगरले वार्षिक ग्रीन अवार्ड सञ्चालन गर्ने भएको छ। जस अन्तर्गत सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रवद्र्धन गर्ने तीन विद्यालय तीन सरकारी कार्यालय ५ टोल विकास संस्था र पाँच आमा समूहलाई यो अवार्ड प्रदान गरिनेछ। पोखरामा मुस्कान सहितको पोखरा अभियान सञ्चालन गरिनेछ। जस अन्तर्गत सेवा लगायतका क्षेत्रमा क्रियाशील ट्याक्सीचालक होटल कर्मचारी व्यापारी र नागरिकलाई पर्यटकसँग मित्रवत व्यवहार गर्न प्रेरित गरिन्छ

पोखरा भ्रमणमा आउने पर्यटकलाई नागरिक स्तरबाट आवश्यक जानकारी सहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न ‘एक पर्यटक एक मित्र’ अभियान सञ्चालन गरिने मेयर आचार्यले बताए । महानगरले हरेक नागरिकले दैनिक १० मिनेट आफ्नो टोल पार्क वा सार्वजनिक स्थल सफा गर्ने कार्यलाई प्रोत्साहन गर्ने बताएको छ । मेरो कुकुर मेरो जिम्मेवारीको भावना अनुरुप महानगर भित्रका घरपालुवा कुकुरहरूको अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अर्को समाचार
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
२ मिनेट अघि
•
१ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका छन्।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।
‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु।’
गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए। आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ।
‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने।
उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ।
‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने।
गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए। पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए।
उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो।
‘गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला। तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ। त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए। यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे।
उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे।
आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए।
‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ। मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने।
गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए। नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ।’


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस