भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरू आज सडकमा उत्रिने भएका छन्।
‘गौरीबहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोइ सरकार?’ भन्ने सन्देशसहित सामाजिक सञ्जालमार्फत माइतीघरमा भेला हुन आह्वान गरिएको हो।
जेनजी अभियन्ताहरूको नेतृत्वमा हुने उक्त प्रदर्शन आज दिउँसो १ बजे माइतीघरमा भेला भएर सुरु गरिने कार्यक्रम तय भएको छ। प्रदर्शनकारीहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न र त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने योजना बनाएका छन्।
आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिनेछन्। जेनजी आन्दोलनका अभियन्ताहरूले आजदेखि सरकारलाई दबाब दिने विभिन्न कार्यक्रम सुरु हुने बताएका छन्।
सरकारले गत भदौ २३ र २४ गते भएको विद्रोहको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले २४ फागुनमा आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सार्वजनिक नभएको र कार्यान्वयनमा नआएको भन्दै तुरुन्त सार्वजनिक गरी कार्यान्वयनमा लैजान दबाब दिन प्रदर्शन आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्। पार्टीको आधिकारिक नेतृत्व र निर्णयलाई नमान्ने प्रवृत्तिप्रति कडा रूपमा प्रस्तुत हुँदै उनले संगठनभित्र अनुशासन कायम गर्नुपर्नेमा जोड दिएका हुन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तह केन्द्रित ‘हामी तयार छौँ’ अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै पार्टी र नेतृत्वलाई नमान्ने हो भने पार्टीमा रहिरहन नसक्ने स्पष्ट पारे।
२०७९ को स्थानीय, प्रदेश तथा राष्ट्रिय सभा र गत फागुनको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित कतिपय जनप्रतिनिधि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको महाधिवेशनमा केन्द्रित भएको प्रसंगमा उनले कांग्रेस दुईवटा हुन नसक्ने बताए। उक्त अवधिमा हुने अधिवेशन कांग्रेसको आधिकारिक महाधिवेशन नभएको उनको दाबी छ।
‘कुनै गाउँपालिका अध्यक्ष वा जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित हुनुभएको छ, तर म कांग्रेस मान्दिनँ, कांग्रेससँग आबद्ध छैन भन्नुहुन्छ भने उहाँलाई मैले धन्यवाद दिएर घर पठाउने हो,’ सभापति थापाले भने, ‘कांग्रेस कार्यालय जान्नँ, कांग्रेस मान्दिनँ र गगन थापा सभापति हो भन्ने पनि चिन्दिनँ भन्नुहुन्छ भने उहाँ जहाँ जाने हो जान सक्नुहुन्छ। पार्टीमा रहिरहने कुरा हुँदैन।’
थापाको अभिव्यक्तिले पार्टीको आधिकारिक नेतृत्व र संगठनात्मक निर्णयलाई स्वीकार नगर्ने जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीभित्र स्थान नदिने उनको संकेत देखिन्छ। पार्टीभित्रको विवाद र नेतृत्वको वैधानिकताबारे फरक धारणा राखिरहेका नेताहरूका बीच यस्तो अभिव्यक्तिले कांग्रेसको आन्तरिक एकताको विषयलाई थप चर्चामा ल्याएको छ।
यद्यपि, सभापति थापाले पार्टीभित्र नयाँ नेता तथा कार्यकर्तालाई जोड्ने प्रयास पनि भइरहेको बताएका छन्। अन्य पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउन उपसभापति मधु आचार्यको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए।
त्यस्तै, निर्वाचनमा अन्यत्र मत दिएको भन्दै असन्तुष्ट रहेका कांग्रेस कार्यकर्तालाई पार्टीमा समेट्न उपसभापति चन्द्र भण्डारीको नेतृत्वमा अर्को समिति बनाइएको उनले बताए।
पार्टीमा नयाँ सदस्य तथा नेता भित्र्याउने प्रयाससँगै असन्तुष्ट कार्यकर्तालाई समेट्ने र संगठनलाई एकताबद्ध बनाउने चुनौती पनि कांग्रेससामु रहेको देखिन्छ। एकातिर अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी र अर्कोतिर नयाँ तथा असन्तुष्ट पक्षलाई पार्टीमा जोड्ने प्रयासले कांग्रेस नेतृत्वले संगठन व्यवस्थापनलाई प्राथमिकतामा राखेको संकेत गर्छ।
सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको आधिकारिकताबारे कुनै भ्रममा नपर्न आग्रह गरे। असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै उनले अब अर्को महाधिवेशन नहुने बताए।
‘कांग्रेस दुईवटा हुँदैन। अब कांग्रेसको अर्को अधिवेशन हुँदैन। चुनाव चिह्न र झण्डाबारे उहाँहरूलाई थाहा छ। यस विषयमा पाँच पटक अदालतबाट मुद्दा फैसला भइसकेको छ,’ उनले भने।
विगतमा कांग्रेस विभाजन भएर पुनः एकीकरण भएको घटनालाई अहिलेको परिस्थितिसँग जोडेर हेर्न नहुने पनि थापाको भनाइ थियो। राजनीतिक परिस्थिति परिवर्तन भइसकेकाले विगतकै शैलीमा पार्टी विभाजन र एकीकरण दोहोरिने सोचाइ गलत भएको उनले बताए।
‘कसैलाई के लागेको छ भने विगतमा कांग्रेस फुट्यो। दुईवटा भयो। फेरि मिल्यो। सभापति भएको मानिस सहसभापति हुन्छु भन्ने लागेको भए त्यो साथीलाई भनिदिनू— एमाले फुट्यो, माधव नेपाल कता हुनुहुन्छ? सधैँभरि फुटेको कुरा एकै तरिकाले जाँदैन। राजनीतिक परिस्थिति बदलिसक्यो,’ उनले भने।
सभापति थापाले कांग्रेसमा प्रवेश गर्न चाहने नेताहरूको संख्या बढिरहेको दाबीसमेत गरे। बहालवाला मेयरदेखि पूर्वमुख्यमन्त्रीसम्म कांग्रेसमा आउन इच्छुक रहेको उल्लेख गर्दै उनले अहिले पार्टीमा नयाँ आउने नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको बताए।
पार्टीभित्रको अनुशासन कायम गर्ने र बाहिरबाट नयाँ नेतृत्व तथा कार्यकर्तालाई आकर्षित गर्ने दुवै प्रयासलाई सँगसँगै अघि बढाउनुपर्ने अवस्था कांग्रेससामु देखिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...