रवि–बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता
१३ पौष २०८२
•
३ मिनेट पाठ
रवि–बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) बिच आइतबार बिहान ७ बुँदे सहमति भयो।




सहमतिपछि रास्वपा सभापति लामिछानेले ‘सहमति भनेको नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने’ भन्दै प्रतिक्रिया दिएका छन्। उनको भनाई र त्यो सहमतिबारे अहिले राजनीतिक बजारमा व्यापक चर्चा–परिचर्चा भइरहेका छन्। 

यस्तोमा राजनीतिक विश्लेषक र केही जेन–जी अभियन्ता भने यसलाई उक्त सहमतिलाई ‘देशलाई चाहिएको जस्तो’ नभई पुरानै शक्तिले गरेजस्तो सत्ता स्वार्थको सौदाबाजी मात्रै भएको टिप्पणी गरिरहेका छन्। 

सहमतिले वैकल्पिक भनिएका शक्तिहरू एक ठाउँमा आउनु सकारात्मक नै भए पनि  सहमतिको एजेन्डा अस्पष्ट हुनु र भविष्यका लागि पदको बाँडफाँट मात्रै देखिनुले निराशा पैदा गरेको टिप्पणी भइरहेको छ। 

जेन–जी अभियन्ता माजिद अन्सारी उक्त सहमतिमा देशलाई निकास दिने कुनै एजेन्डा बोक्न नसकेको बताउँछन्। ‘चुनाव हुनै बाँकी छ, चुनावबाट जित्ने–नजित्ने अर्को विषय छ,’ उनी भन्छन्, ‘तर अहिले नै पद बाँडफाँटमा नयाँ भनिएकाहरू नै सीमित देखिए। सहमति पत्रका देशले आस गर्न सक्ने कुनै एजेन्डा नै देखिएन।’ रवि–बालेनको सहमति विगतमा प्रचण्ड–ओली, प्रचण्ड–बाबुराम, देउवा–कोइराला कै निरन्तरताजस्तो देखिएको उनले टिप्पणी गरे।

सहमतिले देशका मूल मुद्दा संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र र भ्रष्टाचारमुक्त समाज, जेन–जीका मूल मुद्दा कुनै पनि विषयलाई गम्भीर रूपमा नछोएको पनि उनले बताए। ‘यहाँ दुई भाइरल व्यक्तिहरूले पदको बाँडफाँट गरेर मिलन मात्रै देखाए। देशको मूल मुद्दा देखाएनन्,’अन्सारीले भने। 

केही जेन–जीले भने यसलाई आलोचनात्मक समर्थन पनि गरिरहेका छन्। जस्तो अभियन्ता रक्षा बम निर्वाचनका ६७ दिन मात्रै बाँकी रहँदा संविधान स्विकारेर नयाँ शक्तिबिच सम्झौता हुनुलाई सकारात्मक लिनुपर्ने उनको तर्क छ। 

अभियन्ता भावना राउत  पनि वैकल्पिक शक्तिहरू एक हुनु समयको माग भएको बताउँदै पुराना दललाई विस्थापित गर्नुपर्ने बताइन्। यद्यपि नयाँ भनिनेहरूलाई आफूले अन्ध समर्थन भने नगर्ने दाबी गरिन्। जेन–जी आन्दोलनको म्यान्डेट सहमति पत्रमा नसमेटिएको विषयमा भने जेन–जीहरू असन्तुष्ट छन्। 

अर्का अभियन्ता आदित्य कर्णले नयाँ दल वा व्यक्तिहरू आफ्नो स्वार्थका लागि मात्र नभई देश र आन्दोलनका माग–मुद्दासँग सचेत हुनुपर्ने बताए।

उता राजनीतिक विश्लेषक नवीन तिवारी भने रवि र बालेनको यो सहमति पुरानै दल र नेताबिच हुने सहमति शैलीको फोटोकपी मात्रै भएको बताउँछन्। सँगै सहमतिमा जोडिएका व्यक्तिको पात्र चरित्र हेर्दा पनि धेरै आशा गर्न नसकिने उनको टिप्पणी छ। 

‘काठमाडौंका मेयर बालेन जनप्रतिनिधि भए पनि जनतासँग प्रत्यक्ष संवाद कम रुचाउने व्यक्ति हुन्। उनको राज्य संस्थासँग पटक पटक टकराब भइरह्यो,’ तिवारीले भने, ‘अर्कातिर रवि लामिछाने स्वयं पनि विभिन्न विवादमा तानिएका छन्। दुवै नेताको यो सहमतिले रातारात रूपान्तरण सम्भव छैन। आशा गर्नु नि हुँदैन।’ रवि र बालेन दुवैमा  एजेन्डा, विचार र दीर्घकालीन लक्ष्य स्पष्ट नभएकाले उनीहरूले मुलुकलाई विकल्प दिने आधार नै नभएको उनको तर्क छ। 

अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल बालेन–रवि सहमतिमा पदको बाँडफाँट मात्रै देखिएको बताउँछन्। ‘उनीहरूको सहमतिमा सुरुमा प्रधानमन्त्री को बन्ने? पार्टी सभापति को हुने? भन्ने मात्रै छ,’ खनाल भन्छन्, ‘त्यहाँ देशका मूल एजेन्डा आएकै छैनन्। त्यसैले पद बाँडफाँटले मात्रै मुलुकलाई नयाँ उत्साह दिन सक्दैन।’ कुनै दिन यही कुरा पहिले जस्तै घोर निराशाको कारक बन्ने उनले दाबी गरे। 
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
४० मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस