बागमती प्रदेशमा सरकार गठनमा नेकपा एमाले, नेकपा र राप्रपा बिच ६ बुँदे समझदारी भएको छ।
संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणको साझा उद्देश्यसहित मंगलबार तीन दलले समझदारी गरेका हुन्।
राप्रपा संसदीय दलका नेता उद्धव थापा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जम्कट्टेल र मुख्यमन्त्री किरण थापामगरले हस्ताक्षर गरेका समझदारी अनुसार प्रदेश सभाको रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गरिनेछ र सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ।
त्यस्तै, प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी आगामी सात दिनभित्र सार्वजनिक गर्ने सहमति भएको छ। यसका लागि नेपाली कांग्रेसबाट तीन, नेकपा (एमाले)बाट दुई र राप्रपाबाट दुई सदस्य रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ।
सुरुमा नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिने र उक्त संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव र समन्वय गर्ने समझदारीपत्रमा छ।
यस्तै, मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने र मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था गरिने उल्लेख छ।