मंगलबार विश्वासको मत लिन पुगेका मुख्यमन्त्री सतिशकुमार सिंहले रोष्टमबाटै राजीनामा घोषणा गरेका थिए । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले राजीनामा दिएको हुनाले मत विभाजनमा नगई प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिन सिंहलाई निर्देशन दिएका थिए । त्यसलगत्तै सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष लिखित राजीनामा दिएका थिए । प्रदेश प्रमुखले मंगलबार नै राजीनामा स्वीकृत गरेकी थिइन् । त्यसपछि कुनै दलको आवश्यक बहुमत नभएको कारण नयाँ सरकार गठन र नेतृत्वको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेका थिए ।
दलहरुलाई बुधबार दिउसो ४ बजेसम्म दावी पेश गर्न समय तोकिएको थियो । सोही आह्वान अनुसार बुधबार दिनभर दुई गठबन्धनको दौडधुप भयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा सरकार बनाउन पाँच दल दौडधुप गर्दै थिए भने नेकपा एमालेको सर्मथनमा नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका थिए ।
बिहान १० बजे जितेन्द्रलाल सोनलसहित पाँच दलका नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । ५६ सांसदको सर्मथनमा साढे १० बजे दावी पेश गरिएको थियो । उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले सर्मथन गरेका थिए । त्यसपछि कांग्रेस/एमालेका नेताहरुले पनि सरकार नेतृत्वको लागि दावी पेश गरेका थिए । दुबै दावी पत्र प्रदेश प्रमुखको कार्यालय दर्ता गरेपछि अन्यौल सिर्जना भएको थियो । किनभने दुबै दावीमा जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको हस्ताक्षर थियो । दुबै समुहका सांसद तथा नेताहरु प्रदेश प्रमुखको कार्यालयमा थिए । प्रदेश प्रमुखले कुनै निक्र्यौल नदिएपछि कांग्रेस/एमालेका नेताहरु सोनलको दावीलाई मान्यता नदिन अनुरोध गर्दै बाहिर निस्किएका थिए । दुबै दावीमा जनमत नेताको हस्ताक्षर रहेको र जनमत टुक्रिसकेको हुनाले दावीलाई मान्यता नदिन अनुरोध गरेका थिए ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार सोनलाई जनमतको १३ सहित सांसदको सर्मथनमा दावी पेश गरिएको थियो । तर, जनमत पार्टीको दुई प्रदेश सभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज रोजेका छन् । त्यसकारण त्यसलाई मान्यता नदिनु पर्ने जिकिर गरेका थिए । तर, प्रदेश प्रमुखको कार्यालयले निर्वाचन आयोगबाट पार्टी छुटिएको/रोजेको पत्र प्राप्त नभएको हुनाले दावीलाई मान्यता दिँदै सोनललाई नियुक्त गरेका थिए ।
पाँच दलका ५६ सांसदको सर्मथनमा उनलाई नियुक्त गरिएको छ । सपथ ग्रहण बिहीबार गराइने प्रदेश प्रमुखको कार्यालयको तयारी छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ । तर, नेकपा एमाले र नेपाली कांग्रेसले यो नियुक्तमा आपत्ति जनाएका छन् । आपत्ति जनाउँदै कांग्रेस/एमालेका नेताहरु प्रदेश प्रमुखको कार्यालय अगाडि सोनल नियुक्त भएपछि नाराबाजी समेत गरेका थिए ।