प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागिता जनाएर आज स्वदेश फर्केका छन्।
सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले उक्त सम्मेलनमा गरिबीले पछाडि परेका मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ? आइरहेका चुनौती कसरी समाधान गर्न सकिन्छ? शासनसत्ता सञ्चालनमा विधि कसरी बनाउन सकिन्छ? सरकार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।
उनले भने, ‘अहिले डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभाव, यसलाई सरकारले लिनुपर्ने नीति, यसलाई प्रभावकारी ढङ्गबाट कसरी लैजान सकिन्छ? विश्व राजनीतिक क्षेत्रमा देखा परिरहेका द्वन्द्व र असमानतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो।’
साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भुटानलगायत मुलुकका सभामुखसँग द्विपक्षीय भेटघाट गरेको जनाइएको छ। रासस