रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्न आदेश दिँदै उनको रिहाइको माग अस्वीकार गरेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको बैंक जमानत बुझाएर तारेखमा रही मुद्दा लड्न पाऊँ भनी दिएको निवेदनलाई अदालतले अस्वीकृत गरेको हो।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै मुद्दाको अनुसन्धान जारी रहेको र प्रमाण बुझ्ने कार्य बाँकी रहेकाले तत्काल थुनामुक्त गर्न नमिल्ने स्पष्ट पारेको हो।
लामिछानेले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार को बैंक जमानत पेस गरी तारेखमा रहन पाऊँ भनी दिएको निवेदन दिएका थिए।
अदालतले आफ्नो आदेशमा लामिछानेमाथि सहकारी ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गत गम्भीर प्रकृतिको अभियोग लागेको, उनीमाथि लगाइएको बिगोको रकमसमेत यकिन भइनसकेको र मुद्दामा साक्षी बुझ्नेलगायतका थप प्रमाण संकलन गर्ने कार्य बाँकी रहेकाले अहिले नै थुनामुक्त गर्न नमिल्ने उल्लेख गरेको छ।
‘यी सबै अवस्थालाई हेर्दा निवेदकले माग गरेबमोजिमको बैंक ग्यारेन्टी लिई तारेखमा राख्न मिल्ने देखिएन,’ आदेशमा भनिएको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ को व्यवस्थाअनुसार अभियुक्त कसूरदार होइन भन्ने प्रमाणित हुने कुनै नयाँ आधार प्राप्त नभएकोले थुनाबाट छाड्न नमिल्ने ठहर गरेको छ।
साथै, अदालतले लामिछानेको मुद्दाको कारबाहीलाई यथाशीघ्र अघि बढाउन भने आदेश दिएको छ।
यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गरे पनि उच्च अदालतले उक्त आदेश बदर गरी उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो, जसलाई सर्वोच्च अदालतले समेत सदर गरेको थियो। लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...