झुटो सावित भयो खानेपानीमन्त्रीको आश्वासन
२९ असार २०८२
•
३ मिनेट पाठ
झुटो सावित भयो खानेपानीमन्त्रीको आश्वासन
फाइल तस्विर
गत वैशाख ७ गते संघीय खानेपानीमन्त्री प्रदीप यादव जुम्लाको हिमा गाउँपालिकामा भएको खानेपानी सम्मेलनमा भाग लिन आएका थिए। त्यतिबेला उनले मञ्चमा उभिएर मन्त्री यादवले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कुनै पनि हालतमा खारेज नहुने बताएका थिए। उनले भनेका थिए, ‘जुम्लाबाट खानेपानी कार्यालय खारेज हुँदैन। तपाईंहरू ढुक्क हुनुस्। नयाँ बन्दै गरेको कार्यालय म आफैं उद्घाटन गर्दै छु।’




उनले प्रतिबद्धता जाहेर गरेपछि जुम्लीवासी उत्साहित बने। उनले त्यो वाक्य तीन पटक दोहोर्‍याएका थिए। उनले अझ विश्वस्त तुल्याउँदै भनेका थिए, ‘बरु आयोजना थपिन्छ। डीपीआर पठाउनुहोस्। यो मेरो प्रतिबद्धता हो।’

उसो त जुम्लामा सुरु भएको गौरवको आयोजना धौलिगाडका लागि भए पनि कार्यालय रहनेमा स्थानीय ढुक्क भए, तर उनले बोलेको तीन महिना पुग्न नपाउँदै संघीय खानेपानी कार्यालय खारेज भयो। नयाँ आयोजना पठाउनु त परै जाओस्, अलपत्र परेको धौलिगाड खानेपानी आयोजनामा समेत बजेट थपिएन। न मन्त्रीले वाचा पूरा गरे न त कर्णालीवासीको आवश्यकता नै सरकारले महसुस गर्‍यो। बरु सबै संरचना बनिसकेको कार्यालय खोसेर लग्यो।

यो कार्यालयले जुम्ला, हुम्ला, कालिकोट र मुगुमा कार्य क्षेत्र बनाएर काम गरिरहेको थियो। २०७५ सालमा स्थापना भएको यो कार्यालयले खानेपानी क्षेत्रमा साविकका कर्णालीका जिल्लामा काम गरिरहेको थियो।

हिमाली जिल्लामा निर्माण भइरहेको अहिलेसम्मकै ठूलो एक अर्ब २६ करोड लागत बढीको धौलिघाड खानेपानी आयोजना अलपत्र पर्ने भएको छ। पूर्वमन्त्री नरेश भण्डारीले खानेपानी कार्यालय खारेज गरेर सरकारले राम्रो काम नगरेको प्रतिक्रिया दिए। मन्त्री भण्डारीले भने, ‘म यो प्रतिगामी निर्णयप्रति कडा आपत्ति जनाउँछु। मन्त्रीपरिषद्लाई यो गलत निर्णय तत्काल  फिर्ता लिन माग गर्दछु।’

खानेपानी मन्त्री यादवले जुम्ली जनतालाई बाँडेको आश्वासन आशामा सीमित रह्यो।विभाग अन्तर्गत साविकमा २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा रहेकोमा नयाँ स्वीकृत संगठन संरचनाअनुसार १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मात्र रहने र २० वटा अस्थायी संरचनामध्ये १४ वटा संरचना साविककै स्थानमा स्थायी  कार्यालयमा रूपान्तरण हुने उल्लेख छ।

यही असार २३ गते भएको मन्त्रीस्तरको निर्णयले ६ वटा संघीय खानेपानी आयोजना तथा ढल व्यवस्थापन कार्यालय खारेज भएका छन्, जसमा इलाम, जुम्ला, हेटौंडा, म्याग्दी, अर्घाखाँची र धनगढीका कार्यालय खारेज भएका हुन्। कार्यालय पूर्ण रूपमा खारेजी भए पनि एकाइ कार्यालय रहन सक्ने खानेपानी कार्यालयका प्रमुख जोतिष मिश्रले बताए।

कार्यालय प्रमुख मिश्रले थपे, ‘मन्त्रीज्यू, आफैं आएर कार्यालय खारेज नहुने भन्दै हुनुहुन्थ्यो। उद्घाटन गर्न आफैं आउने वचन दिनुभयो, तर एक्कासि कार्यालय खारेजीको निर्णय सुन्दा छक्क परियो।’

कार्यालयका सबै खातापाता, जिन्सी सामान, आर्थिक कारोबार लगायतका सबै विवरण सुर्खेत हस्तान्तरण गर्ने प्रक्रिया चलेको छ। खानेपानी कार्यालयको दुई करोड ५० लाख रूपैयाँ बराबरको चारतले पक्की भवन बनेको छ। एक्कासि कार्यालय हटाउँदा करोडौंको भवन प्रयोगविहीन छ।

प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालले जनताको भावनाविपरीत खानेपानी कार्यालय  खारेज भएको बताइन्। ‘२/३ पटकको छलफलमा मन्त्रीज्यूले कार्यालय सर्दैन भन्नुभएको थियो’, सांसद सेजुवालले भनिन्, ‘तर एकाएक कार्यालय खारेज भएछ।’

यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायले मन्त्री आफैं जुम्ला आएर कार्यालय हट्दैन भनेर गरेको वाचा झुटो सावित भएको प्रतिक्रिया दिए।

उनले भने, ‘असार २३ गतेको निर्णयनुसार जुम्लाबाट कार्यालय खारेज हुने निश्चित भइसक्यो। अब मन्त्रीज्यूले जुम्ला आएर गरेको चिप्ला कुराको अर्थै रहेन। अब दलहरू र नागरिक अगुवाले सशक्त खालको आन्दोलन गर्न आवश्यक छ।’  
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस