नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ को घटनालाई कम्युनिष्ट शक्तिविरुद्ध योजनाबद्ध रूपमा अघि बढाइएको ‘प्रतिक्रान्ति’ भएको दाबी गरेका छन्।
नेकपा गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पोखरामा बोल्दै उनले उक्त घटनालाई साम्राज्यवादी शक्तिहरूले रचेको राजनीतिक प्रपञ्चको रूपमा व्याख्या गरे। उनका अनुसार नेपालमा भएको राजनीतिक परिवर्तनलाई कमजोर पार्ने उद्देश्यले त्यसबेला परिस्थिति सिर्जना गरिएको थियो।
प्रचण्डले जनयुद्धकालदेखि नै बाह्य शक्तिहरूले कम्युनिष्ट आन्दोलनलाई रोक्ने प्रयास गरेको दाबी गर्दै अन्ततः आफूहरू शान्ति प्रक्रियामा प्रवेश गर्न सफल भएको बताए। तर पछिल्लो घटनाक्रमलाई उनले राजनीतिक रूपमा कम्युनिष्ट शक्तिलाई सीमित गर्ने रणनीतिक प्रयासका रूपमा चित्रण गरे।
उनले जेनजी आन्दोलनपछिको अवस्थालाई असामान्य राजनीतिक परिस्थिति भन्दै त्यसक्रममा देशलाई अर्को दुर्घटनातर्फ जान नदिन चुनावमा जानुपरेको उल्लेख गरे। फागुन २१ को निर्वाचनलाई समेत उनले भदौ २४ पछिको राजनीतिक प्रक्रियाको निरन्तरता भएको दाबी गर्दै चुनावी परिणामबारे विभिन्न प्रश्न उठेको बताए। यद्यपि उनले निर्वाचन परिणामलाई स्वीकार गरिएको स्पष्ट पारे।
प्रचण्डले वर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनता, जनअधिकार र लोकतान्त्रिक उपलब्धिमाथि चुनौती बढेको टिप्पणी गर्दै आगामी दिनमा विचार, संगठन र राजनीतिक दिशा स्पष्ट गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा उनले पार्टीभित्र नेतृत्वको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै आगामी महाधिवेशनमा नयाँ पुस्ताको नेतृत्व विकासका लागि आफू र माधव कुमार नेपाल लाई समेत प्रतिस्थापन गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। साथै, पार्टीलाई रणनीतिक रूपमा पुनर्गठन गर्दै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।