काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले नेपाली राजनीतिमा गालीगलौज, असहिष्णुता र उखानटुक्काको प्रयोग बढ्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको बताएका छन्।
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
अर्यालले ओलीले विगतमा माधवकुमार नेपालको नाम लिँदा कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै अहिले नयाँ राजनीतिक शक्तिले पनि अग्रजहरूबाट त्यस्तै संस्कार सिकेको टिप्पणी गरेका हुन्।
'नेपालको राजनीतिमा सबैभन्दा पहिला छुच्चाई, असहिष्णुता, उखानटुक्का र गाली गलाैज प्रवेश गराउने महान व्यक्ति महामहिम केपी ओली नै हुन्। उनले माधव नेपालकाे नाम लिँदा कुल्ला गर्नुपर्छ भनेका हाेइनन् र?' उनले भनेका छन्, 'आज त्यो प्रवृत्ति रास्वपाले सिकेकाे छ। सिक्ने मात्र होइन, सबैलाई जितेको छ। अग्रजहरूले सिकाएकै कुरा नयाँहरूले सिक्ने हो नि! नौलो कुरा के भयो र?'