केन्द्रको एमाले-नेकपा सहमति गण्डकीमा प्रभावहीन: सरकार फेर्न सकस!
१० साउन २०८३
•
४ मिनेट पाठ
केन्द्रको एमाले-नेकपा सहमति गण्डकीमा प्रभावहीन: सरकार फेर्न सकस!
केन्द्रमा प्रदेश सरकार बदल्नेगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीबीच सहमति भएको छ । सहमति अनुसार ७ प्रदेशमध्य ५ प्रदेशमा सरकार बदल्ने प्रयास हुनेछ । बाँकी गण्डकी प्रदेश र बागमती प्रदेशबारे सहमति पत्र मौन छ ।




सरकार बदल्न सक्ने स्थिति भएर पनि नेकपा–एमालेबीच भएको सहमतिमा गण्डकी प्रदेश नछिराइएको होइन । बरु सरकार बदल्ने हैसियत नै नभएकाले सहमतिमा गण्डकी प्रदेश प्रवेश नगराइएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा राजिव गुरुङ (दीपक मनाङे) निलम्वनमा परेकाले ५९ सदस्यीय रहेको छ ।

५९ सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३० सदस्य चाहिन्छ । तर नेकपा एमालेको २२ र नेकपाको ७ सदस्य गरेर कुल २९ सदस्य मात्रै छन् । त्यसमध्य पनि सभामुख नेकपाको रहेकाले सरकार बनाउनका लागि गरिने हस्ताक्षरमा उनी समावेश हुन पाउने छैनन् । बाँकी रहने २० सदस्य सरकार बनाउन अपर्याप्त संख्या हो ।

अर्कोतर्फ वर्तमान सरकार चलाईरहेको नेपाली कांग्रेसको २८ सदस्य छन् । त्यसमा पहिलेदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दै आएको छ । उसो त जेनजी आन्दोलनलगत्तै सरकारबाट बाहिरिएका प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सांसद फडिन्द्र देवकोटाको समर्थन पनि यथावत छ ।

गण्डकीमा सरकार बदल्न नेकपा–एमालेलाई राप्रपाको साथ चाहिन्छ । तर राप्रपाले पहिलेदेखि नै गण्डकीमा कांग्रेसलाई साथ दिदै आएको छ । उसो त देवकोटालाई पनि कांग्रेसले च्याप्दै आएको छ । कांग्रेस–माओवादी गठबन्धन तोडिएपछि मुख्यमन्त्री पाण्डेले राप्रपासहित तत्कालीन स्वतन्त्र सांसद दीपक मनाङे र फडिन्द्र देवकोटाको साथ लिएर सरकार बचाएका थिए । पछि कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा एमालेले मनाङे र देवकोटालाई हटाएर सरकार बनाउन दवाब दिएको थियो । तर मुख्यमन्त्री पाण्डेले एमालेको निरन्तरको दवाबका बाबजुद दुबैलाई हटाएनन् भने राप्रपाको समर्थन यथावत राख्न सफल भए ।

जसले गर्दा अहिले पनि कांग्रेससँग राप्रपा र देवकोटाको सम्बन्ध निकट देखिन्छ । यसले तत्काल पाण्डे सरकार ढल्ने सम्भावना देखिदैन ।

यद्यपी कांग्रेस अहिले विभाजनको डिलमा छ । गगन थापा पक्ष कांग्रेसको नेतृत्वमा आएपछि देउवा पक्ष समानान्तर गतिविधिमा लागेको छ । केन्द्रमा समानान्तर गतिविधि भए पनि गण्डकीमा भने त्यसप्रकारको कुनै गुञ्जायस देखिदैन । उसो त देउवा पक्ष मानिने मुख्यमन्त्री पाण्डेले कांग्रेसको सक्रिय सदस्यता नवीकरण गरेर संस्थापन पक्षको पनि मन जित्ने प्रयास गरेकाले गण्डकीमा पाण्डे सरकार गिराउन गगन पक्ष नलाग्ने स्रोत बताउँछ । स्रोत भन्छ,‘एक हप्ता अगाडि कांग्रेस सभापती गगन थापा आएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे मञ्चमै बसेकाले पनि संस्थापनले सत्ता गिराउनचाहिं भूमिका नखेल्ला ।’ पार्टी नै फुटेको खण्डमा भने पाण्डेबिरुद्ध खेल खेलिनसक्ने उनको बुझाई छ ।

केही समयअघि केन्द्रको प्रभाव गण्डकीमा देखिन थालेको थियो । गगन पक्षले पाण्डेबिरुद्ध सरकार ढाल्ने प्रयासको थालनी पनि गरेको थियो । तर सत्ताका चतुर खेलाडी मुख्यमन्त्री पाण्डेले बेलैमा त्यसको समाधान गरेकाले ठूलो दुर्घटना टर्‍यो ।  

त्यसबेला मुख्यमन्त्री पाण्डेले एकातिर एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई बजेटपछि सत्ता हस्तान्तरण गर्ने भन्दै त्यतिञ्जेल मन्त्रीहरु फेर्न सफल भएभने अर्कोतर्फ गगन पक्षका एकजनालाई मन्त्री र अर्को एक जनालाई संसदीय दलको पदाधिकारी बनाएर थामथुम पारे ।

तर अहिले एमालेलाई सत्ता हस्तान्तरण गर्ने बेलामा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि मुख्यमन्त्री पाण्डेलाई हाईसञ्चो भएको छ । हस्तान्तरण नगर्ने सोंच बनाएका पाण्डेले समीकरण नै बदलिएपछि खगराजलाई सत्ता सुम्पिनु पनि परेन भने अर्कोतर्फ नया समीकरण बनाएको एमाले–नेकपाको बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पाण्डे गदगद छन् । उसो त एमाले–नेकपा गठबन्धनले देउवा पक्षसँग मिलेमतो गरेर अघि बढ्ने सम्भावना पनि भएकाले उनी सरकार नढल्नेमा निश्चिन्त देखिन्छन् ।

गण्डकीमा सरकार बनाउने हो भने केन्द्रले नै राप्रपासँग सहमति गर्नुपर्ने गण्डकी प्रदेश नेकपा संसदीय दलका नेता हरि चुमान बताउँछन् । हामीले कुरा गर्दा राप्रपाका साथीहरु हामी सकारात्मक नै छौं भन्नुहुन्छ,उनले भने,‘तर हामीले मात्रै भनेर हुँदैन, केन्द्रको निर्देशन आएपछि मात्रै अगाडि बढ्छौं पनि भन्नुहुन्छ । त्यसैले सरकार बनाउने हो भने केन्द्रले राप्रपा नेतृत्वसँग बसेर कुरा मिलाउनु पर्छ ।’ त्यसका लागि आफूले नेतृत्वलाई बताइसकेको उनले जानकारी दिए ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले पनि गण्डकीमा सरकार फेरबदलको प्रयास नभएको बताए । अंकगणितमा कमजोर भएपछिको सिनारियोलाई संकेत गर्दै उनले भने,‘ईगो साँधेर मात्रै राजनीति हुने होईन, त्यसैले सरकार फेरबदल गर्ने प्रयासमा हामी छैनौं र कसैसँग कुरा पनि गरेका छैनौं ।’ सरकार बदल्ने कुरा आवश्यक्ताले निर्धारण गर्ने भन्दै त्यस्तो अवस्था अहिल्यै नभएको उनको भनाई थियो ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
३० मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस