हिंसापीडित भन्छन्: घोषणापत्र रित्तो छ, किन दिने भोट?
१९ फागुन २०८२
•
४ मिनेट पाठ
हिंसापीडित भन्छन्: घोषणापत्र रित्तो छ, किन दिने भोट?
तत्कालीन माओवादीका लडाकु ‘कमरेड १४’ यसपटक निर्वाचनमा मतदान गर्ने कि नगर्ने दोधारमा छिन्। द्वन्द्वका समयमा सेनाको हिरासत र कारागार गरी २३ महिना नारकीय जीवन बिताएकी उनले महिनौं यौन शोषण भोगेकी थिइन्। निर्वाचनमा होमिएका दलहरूको घोषणापत्रमा आफ्ना मुद्दा कतै नदेखेपछि उनलाई बिरक्त लागेको हो।




सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएको केही समयपछि निर्वाचन हुँदै गर्दा संक्रमणकालीन न्यायका सवाल आउला भन्ने उनको अपेक्षामा तुवाँलो लागेको छ। शान्तिप्रक्रियापछिका कुनै पनि निर्वाचनमा दलका घोषणापत्रमा नअटाएको सवाल यसपटक अटाउनेमा उनी ढुक्क थिइन्। ‘किन र कसलाई दिने भोट? आफू लुटिएकोमा न्याय दिँदैनन् भने केका लागि दिने?’ आफूहरूलाई ओझेलमा पारिएको उनको बुझाइ छ।

कान्छो छोरालाई गोली हानी जेठो छोराको आँखाअगाडि आफू बलात्कारमा परेकी ‘कमरेड १७’ पनि निर्वाचनसँग उत्साहित छैनन्। शारीरिक र मानसिक समस्यासँग लडिरहेकी उनलाई आउँदै गरेको चुनावमा भोट हाल्न पनि मन छैन। ‘आफ्नो भनेको दलका मान्छेले त हाम्रा मुद्दा समेटेनन् झन् अरूलाई किन मतलब हुँदो हो।’

राजनीतिक नेतृत्वलाई व्यंग्ग्य गर्दै उनले थपिन्, ‘त्यो बेलाका हाम्रा मन र तनका घाउ पाकिरहेका छन् तर उपचार अरूको भइरहेको छ।’

दुईजना कमरेडलाई बाहिर पेटीमा बसाएर भान्सामा खाना पकाउन आदेश दिन घरभित्र छिरेका माओवादी कमरेडबाट बलात्कारको सिकार बनेकी ‘जलजला ११’ लाई पनि घोषणापत्रसँग गुनासो छ। ‘यसपालिको चुनावमा भोट हाल्नै मन छैन। हाम्रा सवालसँग कसैलाई मतलब छैन भने किन हाल्ने भोट?’ उनी भन्छिन्, ‘यसपालि पनि घोषणापत्र रित्तो बन्यो। हाम्रा आवाज सुन्नसम्म छाडिएछन्।’

हुन पनि यसपटकको निर्वाचनमा कांग्रेसबाहेक अन्य दलहरूले संक्रमणकालीन न्यायका सवाललाई गतिलो गरी प्राथमिकतामा पारेका छैनन्। युद्ध लडेको पार्टी माओवादी नै नरहे पनि युद्ध सफलतापछि राज्यका महत्त्वपूर्ण र अर्थपूर्ण पदमा पुगेका नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहालदेखि दर्जनौं भूमिगत व्यक्ति निर्वाचनमा छन्।

अर्कातिर कांग्रेस–एमाले भएकै कारण हजारौंले पीडा खेपेको इतिहास पुरानो भएको छैन, तर उनीहरूका घोषणापत्र पनि उधारा छन्। सबै बुझेको युवाको जमात भनेर चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि मैदानमा छ तर उसले समेत द्वन्द्वका घाउमा मलम लगाउने गतिलो प्रतिबद्धता जनाएको छैन।

शान्तिसम्झौताको हस्ताक्षरकर्तामध्ये जीवित एक मात्र पात्र साथै पटकपटकका सत्तामा बसेका पुष्पकमल दाहाल नेतृत्वको नेकपाले मतदातामाझ ल्याएको घोषणापत्रमा बल्लतल्ल सानो रूपमा संक्रमणकालीन न्यायलाई स्थान दिएको छ। यद्यपि उसले यौनजन्य हिंसाका पीडितका बारेमा कहींकतै उल्लेख गर्ने हिम्मत गरेको छैन।

त्यसैगरी नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा अलिबढी संक्रमणकालीन न्याय समेटे पनि यौनजन्य हिंसापीडितका सवालमा उल्लेख गरेको छैन। नेकपा एमालेको घोषणापत्र द्वन्द्वकालीन सबालमा कहींकतै बोलेको देखिँदैन भने रास्वपाले जारी गरेको वाचापत्रमा संक्रमणकालीन न्यायका सवाल नौ शब्दमा सम्बोधन गरेको छ।

त्यसो त यी दलहरूलाई यही बेलामा द्वन्द्वका सवाल याद नभएको पनि हैन। संक्रमणकालीन न्यायका क्षेत्रमा काम गरिरहेका दिपु सुवेदीले मुख्य भनिएका दलका घोषणापत्र तयारी समितिका सदस्यहरूलाई पटकपटक फोन गरेर यौनजन्य हिंसापीडितका सवाल नछुटाउन अनुरोधसमेत गरेका थिए। ‘नेकपाका पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती र नेत्री जयपुरी घर्ती अनि कांग्रेसका प्रताप पौडेल र मनोजमणि आचार्यलाई फोनबाट यो मुद्दा सम्बोधनका लागि सम्झाएको थिए तर आएन।

उनी भन्छन्, ‘एमालेका प्रदीप ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका क्रान्ति शिखा धिताललाई पनि पटकपटक जानकारी गराइएको हो।’

उनले सबै दलका घोषणापत्र तयारी समितिका उल्लिखित सदस्यलाई पीडितका सवाल लेखेर समेत पठाएको र फोन गरेको रेकर्ड प्रमाणसमेत सुरक्षित रहेको दाबी गरे। ‘लामो कुराकानीमा उहाँहरू सकारात्मक देखिनुभएको थियो तर खै के बाध्यताले राख्नुभएन।’

दसबर्से माओवादी द्वन्द्वबाट रूपान्तरण हुँदै जारी गरिएको नयाँ संविधान र शान्तिसम्झौतासमेतले समेटेको संक्रमणकालीन न्याय आज पनि उधारोमा छ। मृतक, बेपत्ता, घाइते अपांग तथा पहँुच हुनेले विभिन्न नाममा राहत लिए पनि द्वन्द्वकालमा यौनजन्य हिंसा भोगेकाहरूको न तथ्यांक खोजियो न त उनीहरूका अवस्थाका बारेमा कोहीकसैलाई चासो भएको देखियो।

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पुराना तीन सय १४ र नयाँ तीन हजार नौ सय १२ उजुरी गरी चार हजार दुई सय ३६ उजुरी न्यायको पर्खाइमा छन् । तीन महिना उजुरी संकलनमा सकाएको आयोगले पछिल्लो समय आफ्नो गतिविधि सन्तोषजनक तरिकाले गर्न सकेको छैन।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४६ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस