दल र उम्मेदवारका ‘एजेन्डा’ माथि मतादाताको चासो
१२ माघ २०८२
•
६ मिनेट पाठ
दल र उम्मेदवारका ‘एजेन्डा’ माथि मतादाताको चासो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्।




मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन्।

अघिल्ला निर्वाचनको तुलनामा यसपटक पुराना दल र नयाँ दल, पुराना उम्मेदवार र नयाँ उम्मेदवारका विषयमा सहर र गाउँमा मात्रै होइन, चोक र चिया पसलमा समेत आ-आफ्नो कोणबाट चर्चापरिचर्चा गरिरहेको पाइन्छ। कसिलो बन्दै गएको निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाउन थालिएको छ।

जसले गर्दा विगतमा आमसभामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने र उठेका विषयवस्तुबारे स्पष्ट पार्ने कार्य अहिले सामाजिक सञ्जाल दह्रिलो माध्यम बनेको छ। उम्मेदवारहरूले भौतिक रूपमा सम्भव नभएको अवस्थामा सामाजिक सञ्जाललाई नै चुनाव प्रचारको माध्यम बनाएका छन्।

औपचारिक रूपमा आगमी फागुन ३ देखि १८ गतेसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ। उम्मेदवारी दर्ता भएका दिनदेखि नै उम्मेदवारहरू आ-आफ्नो ढङ्गले मतदातासँगको साक्षात्कारमा पुगेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं-२ का उम्मेदवार माधव सापकोटा उम्मेदवारलाई मतदातालाई कसरी खुसी पार्ने भन्ने दबाबका बीच विधायिकाको भूमिका पनि बुझाउने प्रयासमा रहेको बताउँछन्।

‘सहरी क्षेत्रका मतदाता परिवर्तन, सुशासनलगायत मुद्दामा केन्द्रित हुनुन्छ भने ग्रामीण क्षेत्रमा त्यहाँको पूर्वाधार र विकास निर्माणमा जोड छ। कानुन निर्माणको विषयमा कम चासो व्यक्त भएको छ’, मतदातासँगको साक्षात्कारमा रहेका नेता सापकोटाले सुनाए।

उनका अनुसार नवपुस्ताले विभिन्न समृद्ध मुलुकसँग तुलना गरेर उम्मेदवारसँग प्रश्न गर्ने गरेका छन्। नयाँ पुस्ताको तीव्र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्छ। सो क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका गरी १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

‘अघिल्लो र अहिलेको निर्वाचन नितान्त नयाँ पृष्ठभूमिमा हुन लागेकाले यो निरन्रता मात्रै नभई विशेष प्रकृतिको निर्वाचन हो, अघिल्ला निर्वाचन निरन्ततामा नियमितता थियो। यो आकस्मिकता र विशेष परिस्थितिमा भएको हुन लागेको छ’, उनले भने।

मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको ‘मुड’मा रहेको आफूले पाएको नेता सापकोटाले बताए ‘वर्षौंदेखि कुनै पार्टीमा आबद्धता भएका मतदाता पनि उम्मेदवारलाई हेरेर मतदान गर्छौं भन्ने विचारमा हुनुहुन्छ’, उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नं-२ का उम्मेदवार महेश बर्तौलाले मतदातासँगको अन्तरक्रियामा पाँच वर्षका लागि निर्वाचित गरेर पठाएकामा ३२ महिना पुग्दा नपुग्दै पुनः निर्वाचनमा फर्कने स्थिति कसका कारण बन्यो भनेर जिज्ञासा राख्ने गरेको बताए।

उनका अनुसार विगतका तुलनामा पछिल्लो समय निर्वाचित जनप्रतिनिधिहरू बेलाबखत गाउँ फर्केर जनताका माझमा पुग्ने अवस्थालाई मतदाताले सकारात्मक रूपमा लिएका छन्।

‘सैद्धान्तिक हिसाबले जनप्रतिनिधि कानुन र विधि निर्माता हुन्। तर सांसदलाई नै विकास निर्माणको अगुवामा मानेर खेलमैदान, धारा, पानी, सिँचाइ, मन्दिर, गुम्बा, अस्पताल, बाटो, विद्यालयलगायतको माग सम्बोधन गर्नुपर्छ भन्ने कतिपय मतदाताको भावना रहेको छ’, नेता बर्तौलाले भने।

मतदातासँगको अन्तर्क्रियामा नवपुस्तालाई राष्ट्रिय मामिला, स्वाधीनता, भौगोलिक अखण्डताका विषयमा अझ बढी साक्षात्कार गर्नुपर्ने महसुस भएको जनाउँदै उनले शासकीय प्रबन्ध, संवैधानिक व्यवस्था, दलीय व्यवस्थाका विशेषता, कार्यप्रकृति, लोकतान्त्रिक मूल्य मान्यता, संसद्, संसदीय मामिला र सांसदको भूमिकाका बारेमा बुझाउन ठूलो मेनहत गर्नुपर्नेमा जोड दिए।

नेता बर्तौलाले भने, ‘सहिष्णुता र हार्दिकताभन्दा कुनै दल विशेषको छाताभित्र रहेर नै पनि कतिपय दल र उम्मेदवारप्रति आलोचना, आवेग, उत्तेजना, भड्काउजस्ता दृष्टिकोण समाजमा प्रकट गर्न खोजिनु अव्यावहारिक छ। त्यसमा सुधारको खाँचो छ।’

संसद्ले बजेट बनाउने हुँदा मतदाताले उठाएका विकास निर्माणसम्बन्धी माग सम्बोधन गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उनले संसद्‌मा रहँदा गुणस्तरीय कानुन निर्माणमा जनप्रतिनधिले कति ध्यान दियो  भन्ने प्रश्न भने अत्यन्त कमजोर रहेको छ भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं-३ उम्मेदवार मनिष झा निर्वाचनप्रतिको उत्साह र परिवर्तनको माहोल राम्रो देखिएको प्रतिक्रिया दिन्छन्।

‘अधिकारको लडाईं लडिरहेको मधेसले कार्यकारी भूमिकामा मधेस पुत्र पुग्दै गर्दा त्यो अवसरलाई गुमाउन हुँदैन भन्ने आमबुझाइ छ’, उनले भने, ‘हामीले ‘डेलिभरी’ दिन तयार छौं, त्यही कुरा मात्रै उनीहरूको माग छ।’

मतदाताको ठूलो माग नभएकाले विमानस्थल होइन, सडकमा किन खाल्डो छ भन्ने कुरा सोधिरहेको उल्लेख गर्दै नेता झाले विकास निर्माणको लागतअनुसारको गुणस्तर कामय नहुनुले भ्रष्टाचार भइरहेको छ भन्ने जनताको बुझाइ गलत नभएको बताए।

भ्रष्टाचार न्यूनीकरण, सुशासनसँगै सार्वजनिक यातायात र सेवा प्रवाहमा सहजीकरण होस् भन्ने जनताको माग रहेको उल्लेख गर्दै उनले मुलुक सङ्घीयतामा गइसकेपछि केन्द्रीकृत रहेको सेवा प्रवाहलाई पनि विकेन्द्रीत गर्नुपर्छ भन्ने जनआवाज अझै आफूले पाइरहेको जानकारी दिए।

सो निर्वाचन क्षेत्रमा पाँच पालिका र ३८ वटा वडा रहेको छ।

नेपाली कांग्रेसका नेता एवं रौतहट निर्वाचन क्षेत्र नं-४ का उम्मेदवार देवप्रसाद तिमिल्सिनाले आर्थिक अवस्था कमजोर रहेको देशमा खर्चिलो चुनाव पटकपटक हुँदा विकास निर्माणका लागि प्रयोग गर्नुपर्ने बजेट प्रभावित हुने विषयमा मतदाताबाट चासो र चिन्ता प्रकट भएको बताए।

उनले भने, ‘त्यो रकम विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी गर्न पाए हुन्थ्यो भन्ने जनभावना छ, पाँच वर्षका लागि चुनेर पठाएका थियौं, बीचैमा फर्केर फेरि मत माग्न आउनुभयो। देश र जनताको पक्षमा समयमै जेजस्तो काम गर्नुपथ्र्यो, त्यो समयमै नहुँदा यो अवस्था आएको हो कि भन्ने मतदाताको जिज्ञासा छ।’

निर्वाचनमा सफलता प्राप्त भएमा जनताको भावनालाई आगामी दिनमा पनि सदनमा उठाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता तिमिल्सिनाले पछिल्लो समय उम्मेदवारभन्दा पनि मतदाता हरेक हिसाबले सजग र सचेत बन्दै गएको आफूले पाएको बताए।

‘शिक्षा, स्वास्थ्य, खानेपानी, आवास जिल्लाको मुख्य प्राथमिकता हुन्। निर्वाचनमा जनतामा निर्णायक भएकाले उहाँहरू रोजाइका आधारमा निर्वाचित हुने हो। नयाँ नेतृत्वसहित नयाँ एजेन्डा लिएर कांग्रेस अघि बढेको छ। यसपटक जनताको अपेक्षा पूरा गर्न सक्छौँ भन्ने विश्वास छ’, उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री एवं सल्यान निर्वाचन क्षेत्र नं-१ का उम्मेदवार अनिशा नेपाली गाउँमा गएर मतदातासँग भेटघाटको क्रम चलिरहेको बताए।

‘आफूहरूले उठाएका विकास पूर्वाधारका काम पूरा नभएको भन्ने जनगुनासो छ। भौतिक पूर्वाधार, जनजीविकाका सबाल सम्बोधन भएनन् भन्ने भागलाई आफू विजयी भएको खण्डमा पूरा गर्नेछु’, उनले भने।

नारायण न्यौपाने/अशोक घिमिरे (रासस)
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
५ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




शनिबार, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको जानकारी गराएका हुन्।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको उनले बताए। 

उनका अनुसार विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको पनि उनले स्मरण गराए। 

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको उनको भनाइ छ।

महामन्त्री पौडेलले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा शाहले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेका हुन्।

उनले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताए।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने माग समेत महामन्त्री पौडेलले गरेका छन्। 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस