कहाँ छन् सभामुख ?
०१ असोज २०८२
•
४ मिनेट पाठ
कहाँ छन् सभामुख ?
प्रतिनिधिसभा विघटन भएपछि सभामुख देवराज घिमिरे पनि गुमनाम बनेका छन् । गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शनमा १९ युवाको मृत्यु भएको र पाँच सय बढी घाइते भएपछि आक्रोशित समूहले अर्को दिन संसद् भवनमा आगजनी गरेका थिए ।




भदौ १९ गते बसेको प्रतिनिधिसभा बैठक भदौ २५ गतेलाई सारिएको थियो । तर संसद् भवन नै आगजनीबाट ध्वस्त भएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो। सोही अवस्थामा प्रतिनिधिसभा विघटन हुन पुग्यो।

भदौ २७ गते सभामुख र राष्ट्रिय सभा अध्यक्षले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ ।’ 

जेनजी समूहले उठाएका माग सम्बोधन गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको अधिकार खोस्दै अन्तरिम सरकार गठन गरेका थिए। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा उनले गत शुक्रबार राति ११ बजेदेखि लागु हुने गरी प्रतिनिधिसभा विघटन गरे र फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति तोके। त्यसपछि रुष्ट बनेका सभामुख घिमिरे आजको मितिसम्म गुमनाम छन्।

जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र यसका संवैधानिक आधारबारे छलफल जारी रहँदा राष्ट्रपति पौडेलले सभामुख घिमिरेलाई शीतल निवास डाकेका थिए। शुक्रबार बिहान शीतल निवास प्रवेशमा घिमिरेले राष्ट्रपतिसँग खुलेरै प्रतिनिधिसभा विघटन मुलुकका लागि घातक हुने दृष्टान्त प्रस्तुत गरेका थिए।

विगतमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा संवैधानिक संकट चुलिएको उदाहरण दिँदै उनले प्रतिनिधिसभा विघटनले जनताको अधिकार खोसिने तर्क गरेको शीतल निवास स्रोतको भनाइ छ। 

जनताको अधिकार जनतामा नै कायम राख्न जन निर्वाचित प्रतिनिधिसभा आवश्यक हुने तर्क गर्दै सभामुख घिमिरेले संविधानको दायरामा रहेर प्रतिनिधिसभा विघटन बाहेकको विकल्पमा छलफल केन्द्रित गर्न राष्ट्रपति पौडेललाई सुझाएका थिए।

प्रतिनिधिसभा अनिश्चित कालका लागि स्थगित भएका समय उनले राष्ट्रपतिलाई बैठक बोलाउने वातावरण बनाइदिन सुझाएका थिए । राष्ट्रपति पौडेलको छलफल र जेनजी आन्दोलनको म्यान्डेटअनुसार प्रतिनिधिसभा विघटनको सँघारमा पुगेको महसुस गरेका उनले शीतल निवासबाट बाहिरिएपछि पनि राष्ट्रपतिलाई करिब आधा घण्टा टेलिफोन गरी यो कदम नचाल्न सुझाएका थिए । 

स्रोत भन्छ, ‘बारम्बारको आग्रह नसुनिएपछि र शुक्रबार राति ११ बजेदेखि लागु हुने गरी प्रतिनिधिसभा विघटन भएपछि सभामुखज्यू गुमनाम जस्तै बन्नुभयो ।’ देशको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि आउने सभामुख प्रधानमन्त्रीको शपथ समारोहमा समेत देखिएनन् ।

हुन त उक्त समारोहमा एकै मर्यादाक्रममा रहेका राष्ट्रिय सभाका अध्यक्ष पनि उपस्थित भएनन् तर उनी सोमबार मन्त्रीहरूको शपथ समारोहमा भने शीतल निवासमा देखिए । प्रधानमन्त्रीको शपथमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीश मात्र उपस्थित थिए । सभामुख र राष्ट्रिय सभा अध्यक्षका लागि कुर्सी नै राखिएको थिएन । मन्त्रीहरूको शपथमा सभामुखका लागि कुर्सी थिएन।

शीतल निवास स्रोतका अनुसार, दुवै शपथ कार्यक्रममा बिरामी भएकाले सभामुख उपस्थित हुन नसक्ने जानकारी सभामुखको सचिवालयले गराएको थियो। 

आखिर कहाँ गए त सभामुख घिमिरे ? सभामुख पद त्यस्तो पद हो जुन प्रतिनिधिसभा विघटन भए पनि कायम रहन्छ। यसको अर्थ प्रतिनिधि सभाका सम्पूर्ण सांसदको पद खोसिए पनि देवराज घिमिरे सभामुखमा र इन्दिरा राना मगर उपसभामुखमा कायम छन्।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म उनीहरूको पद कायम रहने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री र मन्त्रीहरूको शपथमा सहभागी नभएर सभामुख घिमिरेले आफ्नो पदीय उत्तरदायित्व पूरा नगरेको भन्दै अहिले आलोचना भइरहेको छ।

मुलुक परिवर्तनका लागि सभामुखको भूमिका पनि अपरिहार्य रहने भए पनि गुमनाम बन्नु शोभनीय नहुने बताउँदै संविधानका जानकारहरू उनलाई राजीनामा दिन सुझाइरहेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री ओलीका निकट मानिने सभामुख घिमिरे उनको सरकार पतन भएपछि बाहिर नदेखिएको तर्क पनि राजनीतिक जानकारहरूको छ। सभामुख एकाएक सम्पर्कविहीन हुनुको कारणबारे उनको सचिवालयले बिरामी भएकाले सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेको जवाफ दिएको छ।

काठमाडौंमा आराम गरिरहेका सभामुख घिमिरे केही दिनभित्रै सार्वजनिक कार्यक्रममा देखिने सचिवालयले बताएको छ।
अर्को समाचार
संसद् भवन जलेको ९ दिनपछि अवलोकनमा निस्किए सभामुख
०२ असोज २०८२
•
१ मिनेट पाठ
संसद् भवन जलेको ९ दिनपछि अवलोकनमा निस्किए सभामुख
 जेन-जी प्रदर्शनपछि गुमनाम बनेका विघठित प्रतिनिधि सभाका सभामुख बिहीबार देखिएका छन् ।




बुधबारमात्रै नागरिक दैनिकले गुमनाम भएका सभामुखको खोजी गर्दै ‘कहाँ छन् सभामुख ?’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यो समाचारका विषयमा दर्शक स्रोताले धेरै कमेन्ट गर्दै सभामुखको खोजी गरेका छन् ।  

बिहीबार भने सभामुख एकाएक जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गर्न निस्किए ।  

उनी संसद् भवन जलेको नवौँ दिनमा मात्र जलेको संसद् भवन हेर्न आइपुगेका हुन् । अर्थात आन्दोलनपछि एक राष्ट्रिय सभाका अध्यक्ष र सभामुखको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्नुबाहेक विगठित प्रतिनिधि सभाका सभामुख सार्वजनिक भएकै आज हो भन्दा हुन्छ ।

अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायतका सांसदहरु पनि सहभागि थिए । 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस