चुनावमा महिला उम्मेदवार किन कम?
०८ माघ २०८२
•
४ मिनेट पाठ
चुनावमा महिला उम्मेदवार किन कम?
माघ महिनाको चिसोमा चुनावी चर्चाले देश गर्माएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार उत्साहपूर्वक उम्मेदवारी दर्ता भइसकेको छ। तर उम्मेदवारी दर्ता संख्या हेदा महिला निकै कम छन्।




निर्वाचन अयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार यस पटकको निर्वाचनमा लैंगिक समावेशीता कायम गर्न नयाँ र पुराना दलहरु चुकेका छन्। त्यसै पनि राष्ट्रिय राजनीतिमा महिलाको उपस्थिति कमजोर छ। त्यसमाथि दलमा आबद्ध महिलाको पकड मजबुत नभएकाले यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले महिलालाई कम आँकेका हुन्। उम्मेदवारी दर्ता हेर्दा महिला उम्मेदवार ११.३५ प्रतिशत मात्र छन्। २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महिला उम्मेदवार ९.३ प्रतिशत थिए। यस आधारमा अहिले करिब दुई प्रतिशत बढेको देखिन्छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार ४८६ जनाको उम्मेदवारी परेको छ। जसमा पुरुष तीन हजार ८९, महिला तीन सय ९६ र अन्य एकजना छन्।

निर्वाचन जित्न जुनसुकै उपाय अपनाउन पुरुष माहिर हुने भएको र समाज पनि पुरुषवादी सोचले ग्रस्त भएकै कारण प्रतिनिधिसभा सदस्य निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको विश्लेषण विज्ञहरुको छ।

समाजमा कायम पितृसत्तात्मक सोच र संरक्षणवादी सिद्धान्तले पनि राजनीतिमा महिलालाई स्थापित हुन र अघि बढ्न अनेक छेकबार लगाएको सहायक प्रवक्ता जिसीको अनुभव छ। ‘दलहरुमा पुरुषहरुकै दबदबा छ। दलमा आबद्ध महिलालाई पनि पुरुष नेतृत्वले नपत्ताएको र सशक्त बनाउन नसकेको यस पटकको उम्मेदवारी दर्ताबाट प्रस्ट भएको छ। संरक्षणवादी सोचले महिलालाई कहिल्यै अघि बढ्न दिँदैन’, जिसीले भने, ‘कानुनले ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति भनेको छ। कानुनको यो सर्त पूरा गर्न अब दलहरुले समानुपातिकतर्फबाटै प्रतिनिधिसभामा महिला प्रतिनिधित्व बढाउनुपर्छ।’

नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएकोमा ११ जना मात्र महिला छन्। त्यस्तै १६५ क्षेत्रमा उम्मेदवारी दिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) ले १० जना महिलालाई मात्र उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६३ क्षेत्रमा उम्मेदवारी दिएकोमा १५ जना महिला उम्मेदवार छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ क्षेत्रमा उम्मेदवारी दिएकोमा १२ जना मात्र महिला छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। उसले ९ क्षेत्रमा मात्र महिलालाई उम्मेदवार बनाएको छ। यसले के देखाउँछ भने नयाँ या पुराना दल सबैले महिलालाई कम प्राथमितामा राखेका छन्। यसबाट दलभित्र महिला नेत्रीको पकड पनि कमजोर रहेको स्पष्ट भएको छ।

अधिवक्ता राधिका खतिवडाका अनुसार दलहरुले महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउन नचाहेकै कारण यस्तो भएको हो। ‘एकातिर निर्वाचन प्रचारका लागि लाग्ने खर्च र कार्यकर्ता पाल्ने आर्थिक हैसियतमा नभएकाले महिला स्वयं पनि प्रत्यक्ष निर्वाचनमा उठ्न चाहँदैनन’, खतिवडाले भनिन्, ‘अर्कातिर दलहरुले महिलालाई समानुपातिकमै सीमित गर्न खोज्दा उम्मेदवारी कम परेको जस्तो लाग्छ। अब महिलालाई समानुपतिक कोटामा मात्र सीमित नगरी सक्षम र सशक्त राजनीतिकर्मी बनाउनेतर्फ दलहरु लाग्नुपर्छ।’

प्रगतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराईले आर्थिक मामिलामा महिलाको पहुँच कम भएको र निर्वाचन खर्च जुटाउन पनि नसक्ने भएकाले दलहरू प्रत्यक्ष निर्वाचनमा महिलालाई अघि सार्न हिचकिचाएको बताउँछिन्। महिलालाई दलहरुले समानुपातिकतर्फ मात्र सीमित गर्न खोजकाले पनि प्रत्यक्ष निर्वाचनमा कमजोर सहभागिता भएको उनको अनुभव छ। ‘नयाँ या पुराना सबै दलले प्रत्यक्षमा महिलालाई स्थान नदिँदा ११ उम्मेदवारी प्रतिशतमा सीमित भएको हो’, नेत्री भट्टराईले भनिन्, ‘उम्मेदवारी दिएका महिलामध्ये पनि जित्ने सम्भावना धेरैको कम छ। किनभने निर्वाचन खर्च धान्न सक्दैनन् महिला उम्मेदवारले। कानुनतः प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदको हैसियत समान हो। तर व्यवहारमा समानुपातिकलाई दोस्रो दर्जाको मानिँदो रहेछ। यसकारण प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता बढाउन स्थानीय तह निर्वाचनमा जस्तै महिला उपस्थिति अनिवार्य हुनुपर्छ।’

नेपाली कांग्रेसकी नेत्री सिर्जना मल्ललाई यस पटक समानुपातिकतर्फ पार्टीले ८ नम्बरमा सिफारिस गरे पनि उनले नाम फिर्ता लिइन्। यसरी फिर्ता लिनुको मुख्य कारण उनको प्रत्यक्ष निर्वाचनमा लड्ने चाहना हो। ‘मलाई पार्टीले समानुपातिकमा सिफारिस गरे पनि मेरो इच्छा प्रत्यक्षबाटै निर्वाचन लड्नु हो,’ उनले भनिन्, ‘बरु यसपटक नमिले अर्को पटक प्रत्यक्षबाट मलाई उम्मेदवार बनाउनु भनेर मैले समानुपातिकबाट नाम फिर्ता लिएँ। कानुनले कुनै पनि तहमा ३३ प्रतिशत महिला अनिवार्य भनेको छ तर दलहरुले महिलालाई विश्वास नगर्दा कम उम्मेदवारी परेको हो।’

उमेरगत रुपमा हेर्दा सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहबाट उम्मेदवारी परेको छ। यो उमेर समूहबाट एक हजार ६ सय १० जना अर्थात् ४६.१८ प्रतिशत उम्मेदवारी परेको छ। यसले राजनीतिमा युवाभन्दा पनि परिपक्व र अनुभवी हुनुपर्छ भन्ने देखाएको छ। ५१ देखि ६५ वर्ष उमेर समूहबाट एक हजार ९० जना अर्थात् ३१.२६ प्रतिशत उम्मेदवारी परेको छ। २५ देखि ३५ वर्ष उमेर समूहबाट १६.७ प्रतिशत अर्थात् पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ६५ वर्ष उमेरमाथिका २०१ अर्थात् ५.७६ प्रतिशत उम्मेदवार छन्।
अर्को समाचार
१५,९७२ उम्मेदवार ३० वर्षमुनिका
२२ वैशाख २०७९
•
३ मिनेट पाठ
१५,९७२ उम्मेदवार ३० वर्षमुनिका
राजनीतिक दलहरूप्रति आम नागरिकमा वितृष्णा बढिरहेका बेला युवा पुस्ता भने यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमार्फत नेतृत्व लिन सक्रिय देखिएको छ।




आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व लिन २१ देखि ९४ वर्षसम्मका व्यक्तिहरू चुनावी प्रतिस्पर्धाको तयारीमा छन्। २१ वर्ष उमेर समूहका ४ सय १२ युवा स्थानीय तहका विभिन्न पद हासिल गर्न चुनावी मैदानमा होमिएका छन्। तीमध्ये २ सय ९ जना महिला छन् भने प्रमुख÷अध्यक्षमा उम्मेदवारी दिनेको संख्या २६ छ।

स्थानीय चुनावमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ३० वर्षमुनिका १५ हजार ९ सय ७२ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले तयार पारेको अन्तिम उम्मेदवारी सूचीमा कायम रहेका १ लाख ४५ हजार ८३ उम्मेदवारमध्ये ३० वर्ष मुनिका महिला उम्मेदवारको संख्या ७ हजार ४ सय ९७ र पुरुषको संख्या ८ हजार ४ सय ७५ रहेको छ।

कुल उम्मेदवारमध्ये ५५ हजार ७ सय १९ जना महिला र ८९ हजार ३ सय ६४ जना पुरुष छन्। सबैभन्दा बढी ३१ देखि ५० उमेर समूहका विभिन्न व्यक्तिले मनोनयन दर्ता गरेका छन्। ३० वर्षमुनिका मध्ये सबैभन्दा बढी नेकपा एमालेबाट उम्मेदवारी परेको छ, जसको संख्या ३ हजार २ सय ८८ छ । त्यसैगरी नेपाली कांग्रेसबाट ३ हजार २२ जना, नेकपा माओवादी केन्द्रका तर्फबाट २ हजार २ सय ८४ जना युवा उम्मेदवार छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १ हजार ५ सय १३ जना, स्वतन्त्रबाट १ हजार ४ सय १४ जना ३० वर्षभन्दा कम उमेरका छन्। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का तर्फबाट १ हजार १ सय जना, जनता समाजवादी पार्टी (जसपा) बाट ८ सय ४३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ३ सय ४५ उम्मेदवार ३० वर्षमुनिका छन्।

अन्य पार्टीबाट २ हजार १ सय ६३ जना कम उमेरका उम्मेदवार छन्। स्थानीय चुनावमा ७९ राजनीतिक दलले भाग लिएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एस, जसपा, राप्रपा, लोसपालगायत स्वतन्त्रबाट गरी ३१ देखि ५० वर्ष उमेर समूहका ८९ हजार २ सय ३२ जनाले उम्मेदवारी दिएका छन्। ५१ देखि ७० वर्षसम्मका ४० हजार ७ सय ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन्। ७१ देखि ९४ वर्ष उमेर समूहका १ हजार ८ सय ५१ जना चुनावमा भिड्दैछन्। यसबाट राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दो देखिन्छ तर पुरानै पुस्ता पनि निकै सक्रिय रहेको विश्लेषण गर्न सकिन्छ।

९० माथिका उम्मेदवार सातजना

यसपटकको स्थानीय सरकारमा कम उमेरका मात्रै होइन ९४ वर्षसम्मकाले उम्मेदवारी दिएका छन्। प्रमुख राजनीतिक दलबाटै सबैभन्दा बढी उमेरका ९४ वर्षका दुईजनाले उम्मेदवारी दिएका हुन्। उनीहरू मोरङका जहदा गाउँपालिकाक–७ मा कांगे्रसका तर्फबाट सदस्य पदमा सूर्यनारायण मण्डल र कांग्रेसकै तर्फबाट महोत्तरीको बलवा नगरपालिका–१ का वडा सदस्य उम्मेदवार जीवछ नदाफले हुन्। मेचीनगर नगरपालिका–१३ का वडा सदस्य उम्मेदवारमा राप्रपाका तर्फबाट ९१ वर्षीय नेत्रप्रसाद न्यौपाने पनि चुनावी प्रतिस्पर्धामा छन्।

रौतहटको ईशनाथ नगरपालिका–६ मा एमालेका तर्फबाट सदस्य पदमा ९१ वर्षीय लक्ष्मण राउत कर्मीले उम्मेदवारी दिएका छन्। स्थानीय सरकारमा काम गर्न लालायित ९० वर्षमाथिका अन्य उम्मेदवारमा एमालेबाट दलित महिला सदस्यमा धादिङको थाक्रे गाउँपालिका–५ की चन्द्रमाया विक, राप्रपाबाट सदस्य उम्मेदवार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देउचुली नगरपालिका–१० का रत्नबहादुर थापा क्षेत्री र कांग्रेसबाट धनुषको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ महिला सदस्यमा नेपाली मोदनी देवी सुडिन रहेका छन्।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस