अस्थायी मतदाता नामावली संकलनको काम सुरु
१६ पौष २०८२
•
२ मिनेट पाठ
अस्थायी मतदाता नामावली संकलनको काम सुरु
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अस्थायी मतदाता (समानुपातिकतर्फ मात्र मत लगाउन पाउने) नामावली संकलनको प्रकृया सुरु गरेको छ ।  




जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार पुस १८ गतेसम्ममा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, तीन तहमध्ये कुनै एकको स्वीकृति लिई सञ्चालनमा रहेका बृदाश्रममा रहेका व्यक्तिहरु र संबैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्न प्रकृया सुरु भएको हो ।  

जिल्ला निर्वाचन कार्यालयले उल्लेखित निकायहरुमा रहेका व्यक्तिहरुको प्रमाणित नामावली पुस १८ गतेसम्ममा प्रमुख नाम दर्ता अधिकारी समक्ष पठाईसक्न सम्वन्धित निकायहरुमा पत्राचार गरिसक्ने छ ।  

पुस १९ गते देखि माघ १८ गते भित्रमा अन्तिम मतदाता नामावलीमा नाम कायम भएका व्यक्तिहरुको सम्वन्धित निकायका प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।  

अस्थायी मतदाता नामावलीका लागि निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी तोकेको छ । माघ २० गते निर्वाचन कार्यालयले नामावलीमा रहेको विवरणको त्रुटी सच्याउने कार्यका लागि अस्थायी मतदाताको प्रारम्भिक नामावली प्रकाशन गर्ने छ ।  

माघ २० देखि २४ गतेसम्ममा अस्थायी मतदाता नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न तथा त्रुटी सच्याउन सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा निबेदन दिनुपर्ने हुन्छ । निर्वाचन कार्यालयले माघ २५ गते अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न प्राप्त निबेदन उपर जाँचबुझ गरी संशोधित अस्थायी मतदाता नामावली संकलन गर्ने छ ।  

माघ २५ देखि २९ गतेसम्म प्रारम्भिक तथा संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्वन्धमा दावी बिरोधका लागि निबेदन पेश गर्ने कार्यसूची रहेको छ । प्रमुख नाम दर्ता अधिकारीको कार्यालयले फागुन १ र २ गते भित्रमा दावी बिरोधको निबेदन उपर जाँचबुझ गरी निर्णय गर्ने छ ।  

फागुन ३ र ४ गते भित्रमा प्रमुख नाम दर्ता अधिकारीको कार्यालयले प्रारम्भिक तथा संशोधित अस्थायी नामावली तयार गरी फागुन ५ गते अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  
अर्को समाचार
अस्थायी मतदाता नामावली संकलन सुरु, को-को समावेश छन् ?
२६ पौष २०८२
•
१ मिनेट पाठ
अस्थायी मतदाता नामावली संकलन सुरु,  को-को समावेश छन् ?
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको लागी  अस्थायी मतदाता नामावली संकलनको कार्य अगाडि बढाएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी विभिन्न तहको नागरिकलाई समेटेर अस्थायी मतदाता नामावली तयार हुँदैछ। 




जस अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्य, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई अस्थायी मतदाता नामावलीमा समावेश गर्ने आयोगले बताएको छ।  

त्यसैगरी सरकारको स्वीकृति लिएर सञ्चालन भएका वृद्धाश्रममा बसोबास गरिरहेका व्यक्तिहरूले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी नामावली संकलन गरिने छ।
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस