जुम्ला कारागारमा मतदान सुरु हुन सकेको छैन। कारागारका कैदीबन्दी सबैले मतदान गर्न पाउनु पर्छ भन्दै माग गरेपछि मतदान सुरु नभएको हो।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार त्यहाँ १ सय ८ जना कैदीमा जम्मा १४ जना मात्र मतदाता छन्। तर सबैजनाले मतदान गर्न पाउनुपर्ने माग गरेकाले मतदान सुरू हुन ढिला भएको छ। मतदाता नामावलीमा नाम भएकाले आयोगको निर्धारित समयमै मतदान गर्न पाउने व्यवस्था छ। तर विवादका कारण मतदान सुरु हुनसकेको छैन। जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार त्यहाँ अस्थायी मतदान केन्द्र छ।