अर्घाखाँचीको मालारानी गाउँपालिका–३, खनदहको आदर्श मावी केन्द्रमा राती १० बजेसम्म मतदान हुने भएको छ। मतदानका क्रममा विवाद भएर पाँच घण्टा मतदान रोकिएपछी समय थप्नेगरी पुनः सुचारु गरिएको हो।
आदर्श मावीको ‘ग’ मतदान केन्द्रमा विवाद भएपछी झन्डै पाँच घण्टा मतदान प्रक्रिया रोकिएको थियो। मतदान केन्द्रका कर्मचारीले प्रत्यक्ष तर्फ प्रतिनिधीसभाको मतपत्र दिने ठाउँमा प्रदेशसभाको र प्रदेशसभाको ठाउँमा प्रतिनिधीसभाको मतपत्र दिएपछी उत्पन्न विवाद साम्य नहुँदा मतदान प्रक्रिया अवरुद्ध भएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले जानकारी दिए।
जिल्लाबाट मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराई, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे लगायतको टोली गएर विवाद सुल्झीएको छ। ‘ग’ मतदान केन्द्रको सबै प्रक्रिया पुनः सुचारु गर्नेगरी सहमती भएको निर्वाचन अधिकृत भण्डारीले बताए।
बेलुका ५ बजेबाट पुनः मतदात सुरू भएको हो। यो केन्द्रमा ९ सय २५ मतदाता रहेका छन्। यो बाहेक जिल्लाका ९६ मतदानस्थलमा ५ बजे मतदान सकिएको छ।