विद्यार्थी नेता अयडीको हत्याको आरोपमा अनेरास्ववियु आन्दोलित, बाजुरामा सुरक्षा चुनौति
०५ मंसिर २०७९
•
५ मिनेट पाठ
विद्यार्थी नेता अयडीको हत्याको आरोपमा अनेरास्ववियु आन्दोलित, बाजुरामा सुरक्षा चुनौति
बन्द गरिएको सुनसान मार्तडी बजार। फोटो: नागरिक
मतदान स्थलबाट घर फर्किसकेपछि घरबाट तानेर विद्यार्थी नेता चेतन अयडीको हत्या गरेको आरोप सहित अनेरास्ववियु बाजुरा आन्दोलित बनेको छ।




हत्यामा संलग्नलाई नियन्त्रणमा लिइ तत्काल घटनाको छानबिन गरी दोषिलाई कारबाहीको माग सहीत अनेरास्ववियुले आन्दोलन सुरु गरेको हो। अयडी अनेरास्ववियुका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कमिटीका अध्यक्ष र बाजुरा क्याम्पसका स्ववियु सभापति हुन्।

सामुहीक आक्रमण गरि हत्या गर्ने कार्यमा संलग्नलाई नियन्त्रण नलिएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु बाजुराले बताएको छ। मार्तडी लगायतका बाजुराका अधिकांश बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अनेरास्ववियुले बाजुराको प्रहरी प्रशासनको चरम लापरवाहीले घटना भएको आरोप लगाएको छ।

त्रिवेणी नगरपालिका ७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रमा फर्जिमत खसाउन अवरोध गरेको आक्रोशमा अनेरास्ववियुका नेता चेतन अयडी लगायतलाई नेपाली काँग्रेसका कार्यकर्ताले मतदान स्थलबाट कुटपीट सहीत लखेटेका थिए। एमाले कार्यकर्तालाई लखेटेर बुथ कब्जा गर्ने प्रयास गरेपछि पुनः प्रहरीले अवरोध गरेको थियो।

प्रहरीले अवरोध गरेको विरोधमा मतपेटीका नै कब्जा गर्ने गरि आक्रमण प्रयास गरिएको र हतियार समेत खोसेर काँग्रेसका कार्यकर्ताले प्रहरी माथि नै ढुंगा मुडा गरेको प्रत्यक्ष दर्सीले बताएका छन्। सोही भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता सन्दीप अयडीको मृत्यु भएको थियो। छातीमा गोली लागेपछि अयडीको घटना स्थलमै मृत्यु भएको हो।

प्रहरी माथि नै आक्रमण भएपछि एक जना हवल्दार गम्भीर घाइते नै भएका छन्। आपसी विवादपछि एमाले नेता कार्यकर्ता मतदान स्थल छोडेर भागेको र पछि सिंगो बुथ कब्जाको रणनीतिमा काँग्रेस सफल भएको स्थानीयको दाबी छ। त्यही भीड मतदान स्थलबाट करिब १० मिनेटको दुरीमा पर्ने आफन्तको घरमा बसेका अयडीलाई काँग्रेस कार्यकर्ताले घरभित्रबाट तानेर आक्रमण गरेका थिए। 

घाइते अवस्थामा घरभित्र सुतिरहेका अयडीलाई घर बाहिर निकालेर लाठी र ढुंगाले हानेको आफन्तले बताएका छन्। मरिसक्यो भनेर काँग्रेस कार्यकर्ता भागेर गएपछि बचाउने प्रयास सहीत आफन्तले गाडीको प्रबन्धको माग गरेका थिए। तर स्थानीयको अवरोधको बाहनामा स्थानीय प्रहरी प्रशासनले ४ घण्टा ढिलो गरि राती १० बजेपछि मात्रै गाडीबाट बोकेर बयलगडा अस्पताल लएको थियो। तर त्योसम्म सम्म अयडीको मृत्यु भइसकेको आफन्तले बताएका छन्।

अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बेवास्ताका कारण उद्दारमा ढिलाई भएको र २ जनाको ज्यान जाने अवस्था आएको स्थानीय आफन्त समेत रहेका गगन अयडीले बताएका छन्।

अयडीको हत्याको विरोधमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विरोध गरेकी छन्। विज्ञप्ती जारी गर्दै सत्ता र शक्तिको बलमा काँग्रेस कार्यकर्ताको अमानवीय व्यवहारको भत्र्सना सहीत हत्यामा संलग्न सबैलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेकी छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले समेत घटनाको निन्दा गर्दै दोषी माथि कारवाहीको माग गरेको छ।

अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउन ढिलाई गर्ने हो, भने अनेरास्ववियुले नै उपचार गर्ने सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्। यता प्रहरी प्रशासनले नहुनु पर्ने घटना भएको बताएको छ।

सहज बनाउन प्रयास गरिएपनि सफल नभएको र दुखत घटना घटेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्। सुरक्षाकर्मी मतपेटीका सुरक्षा गर्दा काँग्रेस कार्यकर्ताले अयडी माथि निर्घात आक्रमण गरेको आरोप छ। आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

कुटपीटबाट मृत्यु भएका चेतन अयडीको शव पोष्टममार्टमका लागि बाजुरा जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी छ। प्रहरीको गोली लागेर मृत्यु भएका सन्जीव अयडीको शव पनि मार्तडी नै ल्याउने तयारी छ। बाजुराका १२ बढी मतदान केन्द्रमा काँग्रेसले प्रहरी प्रशासनसँग मिलेर बुथ कब्जा गरेको आरोप सहीत नेकपा एमालेले पुन मतदानको माग गरेको छ।

मतगणना स्थल मा नै पुगिसकेका मतपेटीमा नै खुला अवस्थामा आइपुगेको, बुढीगंगा नगरपालिका ४ मा एमालेको सूर्य चिन्हमा मनदान गरिएका मत पत्र मतपेटीका बाहिर नै फालिएको अवस्था देखिएको छ।

धाँदली भएको केन्द्रमा पुन मतदान गरिनु पर्ने अडानमा एमाले प्रष्ट देखिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रदेश ख का उम्मेदवार लालबहादुर थापाले बताएका छन्। काँग्रेसले भने दोहोरो झडपमा कुटाकुटा हुँदा दुबै पक्षमा क्षति भएको र चुतन अयडीले ज्यान गुमाउनु परेको बताएका छन्।

बाजुरामा चुनावी झडपको श्रखला नौलो होइन्। बहुदल आएपछिका सबै निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको झडप र विवाद नियमिच चलिरहेको परम्परा जस्तै देखिन्छ। त्यसको निरन्तरता मंसिर ४ मा भएको संघ र प्रदेश सभाको निर्वाचनमा समेत देखिएको छ।

७० वटा मतदान स्थल छन्। ती मध्ये ३० बढीमा मतदान केन्द्र नियन्त्रणमा लिने प्रयास गरिएको छ। भने करिब २० वटामा प्रत्यक्ष रुपमा कब्जा नै गरिएको अवस्था छ। नेपाली काँग्रेस र एमालेले एक अर्कालाई विवाद र झगडाको सुरुवाद गर्ने गरेको आरोप लगाउने गरेका छन्।

२०४८ साल देखि हालसम्म विवाद रहीत कुनै निर्वाचन बाजुरामा भएका छैनन्। २०५४ सालको स्थानीय निकाय, २०७४ को स्थानीय तह र २०७९ को संघ प्रदेशको निर्वाचनमा मान्छेको ज्यान समेत गएको छ। यो पटक मात्र २ जनाले ज्यान गुमाएका छन्। भने सुरक्षाकर्मी सहीत दुई दर्जन बढी घाइते भएका छन्।

बाजुरामा यो पटक बुढीगंगा ४ र ७, स्वामिकात्र्तिक ३ र ५ हिमाली ४, ५ र ६, त्रिवेणी २, ३, र ७, खप्तड छेडेदह गाउँपालिका २ र ४ बुढीनन्दा नगरपालिका ७ र ९ जगन्नाथ गाउँपालिका २ नेपाली काँग्रेस सहीत गठबन्धनले बुथ नै कब्जा गरेको आरोप सहीत पुन मतदानको माग एमालेले गरेको छ।

यता बुढीगंगा १, २ र ९, गौमुल १, बुढीनन्दा ४ मा नेकपा एमालेले कब्जा गरेको आरोप गठबन्धनको छ। विचार, एजेण्डा र नीति सिद्धान्तभन्दा पनि बलपूर्वक मतदाता प्रभावमा राख्ने नियत दलका नेता तथा उम्मेदवारको हुने गरेको सर्वसाधारकै आरोप छ। जसरी पनि जित्नु पर्ने दाउमा उम्मेदवार हुने र त्यसमा मारमा प्रत्यक्ष रुपमा मतदाता नै पर्ने गरेका छन्।

बुढीनन्दा ७ मा ५० कटेका नन्दाराम जेठारा सहीतलाई आक्रमण गरिएको छ। नेपाल प्रहरीका जवान नै गम्भीर घाइते छन्। त्रिवेणी ३ र ७ मा आधा दर्जन बढी एमाले राप्रपाका कार्यकर्ता घाइते छन्। बुढीगंगा १ मा काँग्रेस कार्यकर्ता माथि आक्रमण गरिएको छ। यतबिेला घटना स्थल त्रिवेणी ७ त्रसित बनेको छ। मार्तडी बजार नै तनावपूर्ण देखिन्छ। यो घटना किनारा नलागेसम्म बाजुरामा पुन मतदान र मतगणना हुने अवस्था नै छैन्। 
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३३ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस