इटहरी–'चराको स्वर्ग' मानिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष हिउँदे पाहुना चरा प्रसस्त देखिने गरेपनि पर्यटकको संख्या भने पट्यारलाग्दो छ। आरक्ष क्षेत्रमा पाहुना चरासँगै स्थानीय रैथाने चरा बग्रेल्ती देखिने गरेपनि एक महिनायता विदेशी पर्यटक कोही आएको रेकर्ड छैन।एक महिनाअघि भने दुःख गरेरै भएपनि १२ जनाजति विदेशी पर्यटक आएका थिए। चरा हेर्नका लागि शनिबार र शैक्षिक संस्था विदा परेको दिन स्कुले विद्यार्थी तथा शिक्षक आउँने गरेका छन्। तर, चरा हेर्नकै लागि विदेशी पर्यटक नआएको आरक्षका वार्डेन श्याम साहले बताए। उनका अनुसार आरक्ष क्षेत्रमा अहिले चखेवा, जलकौवा, पानी हाँस, इगे्रट, कम्रोरेन्टलगायतका प्रजाति र स्थानीय प्रजातिको चरा ठूलो ठूलो झुन्ड हेर्न सकिन्छ। ठूल्ठूला चिल, महाचिल र गरूड प्रजातिका चरा पनि यो वर्ष देखिएका छन्।
'पहिला पहिला हामीले सुने अनुसार हजारौको संख्याको झुन्ड नदेखिएपनि नदीको भङ्गालोमा समूह समूहमा रहर लाग्दै चरा देख्न सकिन्छ,' साहले भने, 'चरा हेर्न आउनेको संख्या चै पुरै पट्यारलाग्दो छ।' उनका अनुसार कोशी टप्पुमा अहिले पनि चरा बाक्लिने क्रम बढ्दो छ। यसले गर्दा चरा अझै थपिने संकेत छ। 'चरा बढीरहे पनि पर्यटक नआउँदा सुनसान छ,' उनले भने, 'विगतका वर्षको रेकर्ड हेर्दा चरा अवलोकनकै लागि बेलायतबाट मात्र आधाभन्दा बढी पर्यटक आएको रेकर्ड छ।' शैक्षिक संस्थाबाट आउने विद्यार्थी–शिक्षकको संख्या पनि सीमित छ।
२०६५ भदौ २ गते पश्चिम कुसाहा–४ पानी चराहरूको मुख्य बासस्थान मानिएको तित्रीगाछी ताल नजिकै सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोसी टप्पुमा आगन्तुक चराहरुको बासस्थान बिथोलिएको थियो । तटबन्ध भत्किएसँगै कोसी टप्पुको सुनसरी तर्फ पर्ने ठूलो भूभाग मरुभूमिकरण भएपछि चराको संख्यामा कमी आएसँगै पर्यटक घटदै आएपनि यो बर्ष संयुक्त मधेसी मोर्चाले आन्दोलनले चार महिनायता तराई–मधेसमा बन्द गर्नाले पर्यटक आउन सकेका छैनन्। पर्यटक असुरक्षा कारण चरा अवलोकन गर्नका लागि आउन नसकेका हुन्।
मधेसी मोर्चाको आन्दोलनले गर्दा लामो रुटका सवारी साधन स्कर्टिङ्मा चल्दै आएका छन् । पूर्वको इटहरीबाट हरेक दिन राति नौ बजेदेखि १२ बजेभित्र अनुकुल समय मिलाएर काठमाडौंसहित पश्चिम नेपालका चल्ने सवारी साधन स्कर्टिङ् हुने गर्छन् । पूर्वतर्फ आउने सवारी साधन पनि स्कर्टिङ् गर्ने गरिएको छ।
नेपालमा पाइने आठ सय ७२ प्रजातिमध्ये पाँच सय बढी प्रजातिका चरा पाइने गरेका छन् । यहाँ विश्वमै संकटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् । कोशी टप्पुमा आउने चराको यकिन संख्या जनवरी महिनामा गरिने हिउँदे चरा गणनाबाट पत्ता लाग्नेछ ।