दाङ-दाङमा वुधबार विहान स्कुल बस र किया गाडी एकआपसमा ठोक्किदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा परि सख्त घाईतेमध्ये थप दुईजनाको बाँके कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो।यसअघि ५ जनाको दाङमै मृत्यु भएको थियो। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी हवल्दार रणबहादुर बोगटीका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा दुई महिलाको मृत्यु भएको हो। बोगटीका अनुसार मृत्यु हुनेमा तुलसीपुर राणगाउँकी किमीनी खड्का र ठेगाना नखुलेकी बिष्णु बिष्ट छन्। कोहलपुर मेडिकल कलेजमा उपचाररत १० घाईतेको अवस्था गम्भीर रहेको बोगटीले जानकारी दिए।
'२ जनाको उपचारका क्रममा मृत्यु भएको छ', उनले नागरिकन्युजसँग भने 'उपचार भैरहेका बाँकी १० जनाको अवस्था गम्भीर छ।' दाङ प्रहरीका अनुसार दाङमा मृत्यु हुनेमा काभ्रा ६ सल्यानका डेढ बर्षिय बालक हेमन्त बिष्ट, दाङ त्रिपुर १ की ३६ बर्षिया सबनम अन्सारी, र किया चालक मानपुर ७ का २० बर्षिय धनवहादुर थापा रहेका छन्। मृतक अन्य दुई महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुर घोराही सडक खण्डको सौडिकुलामा रा १ क १९१ नम्बरको स्कुल बस र रा १ ज ३७२ नम्बरको किया गाडी जुधेका हुन्।
दुर्घटनामा परि घाईते २२ जनालाई उपचारका लागि बाँके रिफर गरिएको छ।
किया गाडीको अधिक तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। कोचाकोच यात्रु लिएर तुलसीपुर बाट घोराही तर्फ आउँदै गरेको उक्त किया घोराहीबाट विद्यार्थी लिन नारायणपुर जाँदै गरेको बसमा ठोक्किएको थियो। कियाले अर्को गाडीलाई उछिन्ने क्रममा बससंग ठोकिन पुगेको प्रहरीले जनाएको छ।