कालिकोटको तिलागुफा नगरपालिका भित्रका बाडिपहिरो पीडित परिवारहरूलाई राहत वितरण गरिएको छ। गत असोज १९ गते देखि २५ गते सम्म परेको अविरल वर्षासंगै बाडिपहिरोबाट प्रभावित भएका तिलागुफा नगरपालिका भित्रका २ सय घरपरिवारलाई १३ हजार ५ सय रुपैयाँ बरावरको खाद्यान्न सामाग्री वितरण गरिएको हो।
सहयोगी संथा किर्डाक नेपालको कर्णाली प्रदेश आपतकालिन पहिरो खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री वितरण परियोजना अन्तर्गतको कार्यक्रमको आर्थिक सहयोग तथा तिलागुफा नगरपालिकाको समन्वयमा राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि बाढीपहिरो पीडित परिवारहरूलाई यो भन्दा पहिलेनै राहत वितरण गरेको छ।
गत असोज १९ गतेदेखि २५ सम्म भएको वर्षाका कारण बाढी र पहिरामा परी ज्यान गुमाएका मृतकका परिवारलाई जनही २ लाख र किरिया खर्च बापत २५ हजारका दरले राहत वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।
उनका अनुसार तिलागुफामा पहिरामा परी ज्यान गुमाएका एकै परिवारका चार जना मृतकका आफन्तलाई एकमुष्ट ९ लाखको चेक हस्तान्तरण गरिसकेको बताईएको छ। ३ जनाको राहत वितरण गर्न बाँकी छ। पहिरोले घर पुरिँदा तिलागुफा नगरपालिका ७ बालीका तिलबहादुर बिष्टका छोरा धुर्बराज बिष्ट,बुहारी ममता,नाती कृर्पेससिंह,नातिनी जेनीसिंह गरी एकै परिवारका पाँच जनाले ज्यान गुमाएका थिए।
राहत स्वरूप तिलबहादुर बिष्टलाई ९ लाख दिइएको छ। धुर्बराज पत्नी ममता अझै बेपत्ता छिन्। उनीसहित बाढी र पहिरो परेर १६ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।
तिलबहादुर बिष्टले भने ‘यस्तो पहिरो आउला सोचेकै थिइन्। म ६१ वर्षको भए। यति धेरै पानी परेको र पहिरोको जोखिमअन ुभूति पनि गरेका थिएनौँ। मेरो सबै परिवार र चार वटा घरहरू पहिरामा पुरिए। अहिले पहिराबाट जोखिएको खेतमा प्रशासनले दिएको पाल हालेर ओत लाग्ने बनाएका छौँ।’
जिल्लाका ९ वटै स्थानीय तहमा बाढी र पहिराले ठूलो क्षति पु¥याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार जिल्लामा बाढी र पहिरोबाट ६ सय ३२ घर पूर्ण क्षति भएका छन्। ७ सय २३ घरमा आंशिक रूपमा क्षति भएको छ। ७ सय ३८ घरहरू पहिराको उच्च जोखिममा छन् भने ४ सय २९ घरहरू बाढी र पहिराको जोखिममा छन्। जिल्लामा हाल १ हजार ३ सय ५५ परिवार घरविहीन छन्।