मेलम्ची खानेपानी आयोजनाले सोमबारदेखि हेलम्बुको अम्बाथानस्थित हेडवक्र्स (मुहानस्थल) बाट सोमबारदेखि सुरुङमा पानी पठाउन थालेको छ।
तर यो दिगो र स्थायी थालनी भने होइन। अस्थायी संरचनाबाट पानी पठाउने काम सुरु भएको छ। र, बर्खायाममा विगतको नियती नदोहोरिएला भन्न सकिने अवस्था छैन।
अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रुपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पु¥याउन सक्ने आँकलन गर्दै गत जेठ अन्तिम सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छोडिएको थियो।
वर्षा सकिएको लामो समयपछि सुरुङको मुखमा थुप्रिएका गेग्रान पन्छाएर साढे २६ किलोमिटर लामो सुरुङमार्गमा पानी भर्न थालिएको आयोजना साइड डिभिजिनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। ‘गत वर्षामा बाढीले बिगारेका पहूँच सडक मर्मत र हेडवक्र्समा थुप्रिएका गेग्रान हटाउन १०–१२ दिन लाग्यो। त्यो काम सकिँना साथ सुरुमा पानी भर्ने काम सुरु गरेका हौँ,’ उनले नागरिकसँग भने।
उनका अनुसार गत असार–साउनको वर्षाले सामान्य गेग्रान थुपार्नेबाहेक हेडवक्र्स र सुरुङमा कुनै क्षति पुर्याएन। हेडवक्र्समा अघिल्लो वर्षाले धेरै क्षति पुर्याइसकेको थियो। सम्भावित क्षति रोक्न वर्षा सुरु हुनु अघि नै हेडवक्र्सस्थित सुरुङको मुखमा पलामे पाता ठोकिएको उनले जानकारी दिए।
डिभिजिनल इन्जिनियर कुँवरले प्रतिसेकेण्ड २–३ सय लिटरको दरले मेलम्ची पानी सुरुङ छोडिएको बताए। उनका अनुसार साढे २६ किमी सुरुङ भरिने १२–१५ दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङमा पानी भरिँना साथ उपत्यकामा मेलम्ची पानी वितरण सुरु हुने बताए। ‘अहिलेलाई अस्थायी संरचनाबाटै पानी पठाइएको हो,’ उनले भने।
२०७८ असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बिनासकारी बाढीले आयोजनाको मुहानस्थल पुरेको थियो। बाढीले मुहानस्थलमा ठूल्ठुला ढुंगा र बालुवाको लेदोसहित एक लाख ३० हजार घनमिटर गेग्रान थुपारेको थियो। त्यही गेग्रान तीन महिना लगाएर पन्छाएपछि चैत २९ गते सुरुङमा पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
अस्थायी संरचना काम लाग्ने भएकैले त्यहीँबाट पानी पथान्तरण गरिएको त्यतिबेला आयोजनाले जनाएको थियो। मेलम्ची सुरुङमा पानी हालिएको यो तेस्रो पटक थियो। यसअघि दोस्रो पटक २०७७ फागुन १० गते मेलम्ची पानी सुरुङमा प्रवेश गराइएको थियो।
सुरुङ भरिएछ चैत १७ गतेबाट उपत्यकावासीले मेलम्ची पानी उपभोग गर्न थालेका थिए। साढे दुई महिना पानी नपिँउँदै २०७८ बर्खाको बाढीले आयोजनामा क्षति पुर्यायो। त्यसअघि सुरुङमा पानी हालेर परीक्षण भइरहेका बेला मुख्य सुरुङ अडिटको गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा चार कर्मचारीले ज्यान गुमाएका थिए।
२०७८ को बाढीको अघिल्लो दिन मात्र सुरुङ परीक्षण गर्न मुहानस्थलको गेट बन्द गरेर पानी मेलम्चीमै छोडिएको थियो। बाढीले थुपारेको गेग्रान हटाउन र हेडवक्र्स सामान्य मर्मत गर्न मात्रै आयोजनाले त्यतिबेला ३६ करोड रुपैयाँ खर्चेको थियो। मेलम्ची बाढी आउँदा स्थायी हेडवक्र्स संरचना निर्माणाधीन नै थियो। छुट्टै अस्थायी संरचनामार्फत पानी पठाइएको थियो।
स्थायी हेडवक्र्स संरचना नबनेकाले यो वर्ष पनि मेलम्ची पानी वर्षा अघिसम्म मात्र वितरण हुन सक्ने अवस्था छ। आयोजनाले अहिलेसम्म हेडवक्र्स संरक्षणको काम थालेको छैन। ‘मुहानस्थलमा पहिरै पहिरो छ,’ मुहानस्थलमा रहेका साइड डिभिजनल इन्जिनियर कुँवरले भने। उनका अनुसार आयोजनाले गत जेठदेखि भदौमा सुरुङभित्रको मर्मत, सम्भारको का मभने गरेको छ। हरेक वर्ष यस्तो मर्मत, सम्भारको काम गर्नु पर्ने हुन्छ।
स्थायी हेडवक्र्स बनाउनेबारे आयोजना अझै निक्र्यौलमा पुग्न सकेको छैन। आयोजनाले स्थायी हेडवक्र्सबारे अध्ययन गर्ने जिम्मेवारी एशियाली विकास वैंक (एडिबी) लाई दिएको छ। एडिबी आयोजनाको मुख्य दाता हो। बर्सेनी बाढी पहिरोले अम्बाथानस्थित हालको हेडवक्र्स जोखिमयूक्त देखिएकाले यसको पुनसंरचना गर्नुपर्ने बहस नीति निर्माण तहमा उठिरहेको छ।
आयोजनाका प्रवक्ता पन्तले एडिबी टोलीले संरक्षणका उपायद्धारा अम्बाथानस्थित हेडवक्र्स नै सञ्चालनमा ल्याउन सकिने वा अन्यत्रै सार्नुपर्ने लगायत विषयमा अध्ययन गरिएको बताए।
'टोलीले गत जुनमा प्रारम्भिक प्रतिवेदन आयोजनालाई पेश गरे पनि बिस्तृत प्रतिवेदन दिइसकेको छैन। आयोजनाले एडिबी टोलीबाट डिसेम्बरभित्र अन्तिम प्रतिवेदन प्राप्त गर्ने डेट लाइन पाएको छ,’ उनले भने, ‘प्रतिवेदनको सुझावका आधारमा स्थायी हेडवक्र्सबारे निर्णय लिन्छौँ।’
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...