भ्रमणमा निस्केका गरुडाका एक ब्यापारीलाइ सवारी साधनले ठक्कर दिँदा मृत्यु भएपछि दिनभर गरुडाको अवस्था तनावग्रस्त रहे पनि साँझदेखि यातायात तथा व्यवसाय संचालनमा आएका छन्।
रौतहटको आर्थिक नगरी गरुडा बजारका एक ब्यापारी प्रातः भ्रमणमा जाँदा मंगलवार बिहान अज्ञात सवारी साधनले ठक्कर दिई मृत्यु भएको थियो। गरुडा नगरपालिका ४ का ४८ वर्षीय गल्ला व्यवसायी राजनारायणको मृत्यु भएको हो।
एकाबिहानै अँध्यारो छँदै सधैँ प्रातः भ्रमणमा निस्कन साहलाई इलाका प्रहरी कार्यालय गरुडादेखि उत्तरतिर सडकमा अज्ञात सवारी साधनले ठक्कर दिएको थियो। बेहोस अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले ब्यापारी साहलाई मृत घोषणा गरेका थिए।
आफन्तलाई जानकारी नगराई ब्यापारी साहलाई गौर अस्पतालमा पु¥याएको तथा ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भनी आफन्तहरुको सहभागितामा गरुडा बजार व्यावसायीहरुले बन्द गराएका थिए। बिच सडकलाई नै अवरुद्ध पारी स्थानीय सबै पसल पनि बन्द गराएका व्यावसायीहरुले ठक्कर दिने सवारी साधन र चालकलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग राखेका थिए।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार समेतको रोहबारमा इलाका प्रहरी कार्यालय गरुडामा इलाका प्रहरी कार्यालय र पीडित परिवारबिच भएको छलफलपछि अवरुद्ध सडक र पसलहरु संचालनमा आएका छन्। ४८ घन्टाभित्र प्रहरीले ठक्कर दिने सवारी साधन तथा सवारी चालकको बारेमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउने सहमति भएको नगर प्रमुख कलवारले जानकारी गराएका छन्।
सडक अवरुद्ध पारी स्थानीयवासी प्रदर्शनमा उत्रेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको थियो।