धरान- पाँच महिना लामो मधेस आन्दोलनले पुर्वपश्चिम राष्ट्रिय राजमार्गसँगै जनजीवन ठप्प बनेपछि सरकारले वैकल्पिक राजमार्ग निर्माणलाई प्राथमिकता दिएको छ।
भविष्यमा कुनै एक क्षेत्रमा हुने बन्द, हडतालले पुरै राष्ट्रिय राजमार्ग ठप्प नहोस् भनेर सरकार र सडक विभागले धरानदेखि उदयपुरको गाईघाट,कटारी हुदै हेटौडा पुग्ने वैकल्पिक बाटोलाई प्राथमिकता दिएको हो। विभागले ३ सय १८ किलोमिटर लामो यो रुटलाई आगामी ३ बर्षभित्र कालोपत्रे गर्ने गरी योजना तयार गरेर मन्त्रालयमा पेश गरिसकेको छ। पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरी सापकोटाका अनुसार यो सडक तत्काल २ लेनको हुनेछ। 'धरानको भोटेपुललाई जिरो माइल मानेर चतराको कोशीपुल हदै गाईघाट, कटारीबाट हेटौडा निस्कने सडक ३ बर्षभित्र कालोपत्रे गरिसक्ने भनेर विभागले योजना बनाइसकेको छ'–क्षेत्रीय निर्देशक सापकोटाले भने–'यो वैकल्पिक सडक सरकार र विभागको उच्च प्राथमिकतामा छ।'
पहिलो मधेस आन्दोलन हुँदा नै सरकारले यो वैकल्पिक सडकको सोच ल्याएको थियो। त्यसैअनुरुप आधा दशकअघिदेखि हेटौडामा कार्यलय स्थापना गरि ट्रयाक खोल्न शुरु गरिए पनि सुस्त गतिमा छ। राजमार्ग सुचारु भएपछि सरकारले ध्यान नदिदा बजेट अभावले सिन्धुली जिल्लामा पनि ट्रयाक खुलिनसकेको जानकारहरु बताउछन्। तर, नयाँ संविधान जारी भएसँगै शुरु मधेस आन्दोलनले झण्डै ६ महिना राष्ट्रिय राजमार्ग ठप्प बनेपछि भने सरकार र सडक विभाग वैकल्पिक राजमार्ग सञ्चालनमा ल्याउन तातिएको हो। गत साउन १८ देखि कोशी ब्यारेजको विकल्पमा चतरास्थित सप्तकोशी नदीमाथि नयाँ पुल सञ्चालनमा आएपछि सरकारको ध्यान यो सडकमा केन्द्रीत छ।
सडक कार्यालयका अनुसार यो सडक खण्ड खण्ड गरेर कालोपत्रे काम हुनेछ । धरानदेखि चतरासम्मको बाटो कालोपत्रे गर्न विराटनगर डिभिजनले ठेक्का लगाएको छ भने चतरादेखि बसाहासम्मको सडक एडिबिमार्फत ठेक्का भई कालोपत्रे हुनेछ । बसाहादेखि गाईघाई हुदै कटारी निस्कने बाटोलाई तत्काल स्तरोन्नति गरिने र केन्द्रीय योजनाअन्र्तगत हेटौडासम्म नै तीन बर्षभित्र कालोपत्रे हुनेछ । 'पहिला सिन्धुलीमा मात्रै काम केन्द्रीत थियो, अहिले पुर्वतिर पनि काम शुरु हुन थालेको छ'–क्षेत्रीय निर्देशक सापकोटाले भने।
लामो मधेस बन्दले उद्योग, व्यावसाय र जनजीवन सकसपुर्ण बनेपछि पूर्वका यातायात व्यावसायी, उद्योगी, व्यावसायीहरुले वैकल्पिक मार्ग निर्माण, स्तरोन्नति गर्न सरोकारवाला निकायलाई निरन्तर दबाब र लविङ गरेका थिए। व्यावसायीहरुको आग्रह पछि क्षेत्रीय निर्देशक सापकोटा पटक पटक वैकल्पिक सडक खण्डको निरीक्षण र स्तरोन्नति गर्न धरान, चतरा हुदै उदयपुरसम्म गएका थिए । मधेस बन्द हुदा यो धरान हुदै कटरीसम्म यात्रु बाहक बस र साना सवारी यो रुटबाट चलेको थियो । 'मधेस आन्दोलनले बन्द हुदा भएको क्षतिको मुल्यांकन गर्नै सक्दैनौं । फरि यस्तो अवस्था सृर्जना हुनसक्छ । प्रदेश प्रदेशबीचमा द्धन्द हुने अवस्था पनि छ'–सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले भने–'त्यसको विकल्पमा यो सडक हुन्छ । काठमाण्डौंसँग पूर्वको सडक सञ्जाल कहिल्यै बन्द हुदैन र यो कोसेढुंगा सावित हुन्छ।'
सरकारको ध्यान वैकल्पिक बाटोमा केन्द्रीत भएपछि कालोपत्रे हुनेमा उदयपुरबासीहरु पनि आशावादी छन् । विगत १७ बर्षदेखि गाईघाट–रामपुर रुटको कच्ची बाटोमा गाडी सञ्चालनमा ल्याएका उदयपुर गाईघाटका यातायात व्यावसायी ओमभक्त मैनाली सरकार,सडक विभागले यो बाटोलाई वास्तै नगर्दा जनताले धेरै दुःख पाएको बताउछन् । 'सत्र बर्ष भयो, यो बाटोमा गाडी चलाएको । कसैले पनि बाटो कालोपत्रे गर्न ध्यान दिएन'–उनले भने–'बल्ल सरकारको ध्यान परेको छ, चाडै पक्की सडक बन्छ भन्नेमा हामी आशावादी छौं।'