स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय
१५ मंसिर २०७९
•
४ मिनेट पाठ
स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय
मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जान्छन्। इतिहासका कुरा थाहा पाउन उनि त्यहाँका पत्रपत्रिका अध्ययन गर्छन्।




'यहाँ निःशुल्क पढ्न पाइन्छ। समय मिलेमा म त्यहाँ पुगिहाल्छु”, उनले भने, फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ। वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैँ खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु।'

बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैँ सो पुस्तकालयमा जाने गर्छन्। “बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु। छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ”, बाह्र कक्षा अध्ययनरत कार्की भन्छन् “घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ।'

पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ। लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन्।

पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन्। आफूले खोजेका किताब÷पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ। मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ।  पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ।

विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गरेका थिए।  पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन।

चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन। एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन्। कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ।

राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो। यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन्। लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गर्दै गरेका ब्रज पटेल भन्छन्, 'म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ। कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन। त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु।'

विसं २०६० मा वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काबाट १० लाख योगदान भई स्थापित पुस्तकालयले अहिले सरकारबाट वार्षिक ५० लाख अनुदान पाउने गरेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराए पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो।

ब्रिटिस स्कुल र ब्रिटिस काउन्सिलले आठ हजारभन्दा बढी पुस्तक उपलब्ध गराएपछि यसले अझै धेरै पाठकलाई तान्न सक्यो। पुस्तक बढेसँगै पुस्तकालयले ज्ञानको विस्तार पनि गर्न पायो। त्यस्तै एसिया फाउन्डेसनले पनि सुरुआती अवस्थादेखि नै किताब उपलब्ध गराई सहयोग गरेको थियो।

प्रविधिको विकाससँगै हाल पुस्तकालयलाई कम्युटराइज्ड पनि गरिएको छ। विसं २०६४ मा पुस्तकालयको सदस्यता दिने निर्णय भएको थियो। अहिले एक हजार धरौटी राखेर सदस्य बन्ने नियम बनाइएको छ। हाल दुई हजार दुई सय जनाले यसको सदस्यता लिएका छन्। वार्षिक ३०० शुल्क तिरेपछि घरमा लगेर किताब पढ्न पाइने सुविधाले धेरैलाई आकर्षित पनि गरेको छ। सो अभियान सुरु गरिएपछि सदस्यता लिनेहरू बढ्दै गएको पुस्तकालयका व्यस्थापक जुजुभाइ डङ्गोल बताउछन्।

साठी जना साधारण सदस्य रहेको उक्त पुस्तकालयमा दुई–दुई वर्षमा कार्यसमितिको चुनाव गरेर नेतृत्व छनोट गरिन्छ।  हालको आठ सदस्यीय कार्यकारी समितिका अध्यक्षमा मन्त्री डा खड्का, उपाध्यक्षमा पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, महासचिवमा मोहनकुमार इङ्नाम र कोषाध्यक्षमा महेशकुमार अग्रवाल रहेका छन्।

दैनिक पाठकको भिड लाग्न थालेपछि अहिले यहाँ ठाउँ अभाव भई नयाँ पाठकलाई राख्न समस्या भएको व्यवस्थापक डङ्गोलको गुनासो छ। सुरुमा भवनको भाडामा ७५ प्रतिशत छुट भएकामा अहिले १०० प्रतिशत भाडा तिर्दा आर्थिक चुनौती थपिएको छ।

यहाँ शनिबार सबैभन्दा धेरै भिड हुन्छ। आइतबार भने बन्द हुन्छ। व्यवस्थापक डङ्गोल भन्छन्, “हामी विद्यार्थीलाई चिसो मौसमा तातोपानीसमेत उपलब्ध गराउँछौँ। सकेसम्म धेरै पढ्न सहज वातावरण बनाएका छौँ। चिसो मौसममा मिलेसम्म चिया पनि दिन्छौँ, तातोपानी छुटाउँदैनौँ, 'सकेसम्म धेरै पढ्ने वातावरण मिलाएका छौँ तर हामीसँग जनशक्तिको अभावले समस्या भएको छ।'

'कोरोनाको महामारीभन्दा अगाडि हरेक महिनाको १५ गते यहाँ डा सनतकुमार बस्ती सम्मिलित ‘सिर्जना संवाद’ कार्यक्रम हुने गरेको थियो तर अहिले स्थान अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनौँ', उनले भने।
अर्को समाचार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
८ मिनेट अघि
•
१ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
पाँचथर। दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण गर्दै लगेको छ।
सोही सिलसिलामा च्याङथापू  र ओयाममा भरखरै निर्माण सम्पन्न स्वास्थ्य चौकी पछिल्लो नमूनाका रूपमा रहेका छन्।  गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले वडा १ स्थित च्याङथापू स्वास्थ्य चौकी र वडा नं ३ स्थित ओयाम स्वास्थ्य चौकीको नवनिर्मित दुईतले भवनको केही दिनअघि मात्रै उद्घाटन गरेका हुन्।
रु तीन करोड ६ लाख ९० हजार ५०० को लागतमा दुवै स्थानमा नौनौकोठे भवन निर्माण भएका हुन।  निर्माणको ठेक्का लिएको कम्पनीले दुवै भौतिक पूर्वाधार तोकिएकै समयसीमाभित्र पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको याङवरक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले बताए।




यसअघि  स्वास्थ्य चौकी च्याङथापू पुरानो र साँघुरो भवनबाट सञ्चालन हुँदा एकै ठाउँबाट प्रसुति केन्द्र र बहिरङ्ग सेवामा कठिनाइ परेको  थियो।  नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए।
यस्तै २४सै घण्टा सेवा दिने स्वास्थ्यकर्मीलाई आवासको प्रबन्ध पनि हुँदा सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा स्थानीयवासीको छ। 

याङवरक–३ को ओयाम स्वास्थ्य चौकीमा दुई वर्षअघि मात्रै दुईतले १० कोठे भवन निर्माण भई सेवा प्रवाह भइरहेको थियो तर बहिरङ्ग र प्रसुति सेवा सञ्चालन गर्नुपर्ने, कर्मचारी आवास पनि अत्यावाश्यक भएपछि नयाँ भवन निर्माण थालिएको थियो।  अहिले स्वास्थ्य चौकीले प्रवाह गर्न सक्ने सबै सेवा दिन पर्याप्त संरचना निर्माण हुँदा सेवाको गुणस्तरमा वृद्धि हुने र दूरदराजका नागरिकले सामान्य उपचारका लागि सदरमुकाम फिदिम र तराईसम्म झर्नुपर्ने बाध्यता हट्ने याङवरक–३ का वडाध्यक्ष बिमल राईको अपेक्षा छ। दुवै स्वास्थ्य चौकीमा चारचार जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कार्यरत छन्।

याङवरक–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज राई स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेको लगानीले पूर्वाधार निर्माण र सेवाको गुणस्तर सुधारमा धेरै मद्दत मिलेको बताउँछन्।  “यहाँ नाजुक अवस्थामा रहेका स्वास्थ्य संस्थालाई स्थानीय तह बनेपछि द्रूत गतिमा व्यवस्थित संरचनासहित स्तरोन्नति गरिएको छ,” राईले भने, “घरघरमा गएर गर्भ परीक्षण, खोपलगायत अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाले असाध्यै मेहनत गर्नुभएको छ  तर अझै  निजी संस्थामै आकर्षित हुने कुराप्रति चासो दिएर नागरिकको विश्वास जित्नुपर्छ। ”
गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले स्थानीय तहको भूमिकाको परिकल्पनाबमोजिम याङवरक गाउँपालिकाका हरेक वडामा प्रसूति सेवासहितको स्वास्थ्य चौकी स्थापना गरिएको बताए।  “गत वर्ष मात्रै वडा नं २ को बेतेनीमा नयाँ भवन निर्माण भई स्वास्थ्य सेवा सुरुआत भएको छ।  यस वर्ष वडा नं १ र ३ का स्वास्थ्य चौकीलाई आवश्यक संरचना बनाइसकेका छौँ”, अध्यक्ष योङ्याले भने, “वडा नं ६ को परेवाडाँडा स्वास्थ्य चौकीमा पनि यसै वर्ष नयाँ भवन निर्माण भइसक्छ। ”

यसैबीच, याङवरक–४ स्थित थर्पूमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य चाँडै पूरा गरी सेवा प्रवाह सुरुआत गर्ने लक्ष्यमा गाउँपालिका रहेको छ। यस्तै, गत वर्ष वडा नं २ को सेरेजामा प्राथमिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको र वडा नं ३ को चोथ्रोकमा समेत स्वास्थ्य इकाइ निर्माण प्रक्रिया अगाडि बढाइएको छ। पालिकाले स्वास्थ्य पूर्वाधार निर्माणसँगै यन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सक्दो लगानी गरिरहेको जनाएका छन्।
याङवरक–२ का स्थानीय चन्द्रमान बेघा नयाँ भवन निर्माणपछि स्वास्थ्य सेवा झनै प्रभावकारी हुनेमा आशावादी छन्।  “अहिलेसम्म पनि ठीकै सेवा पाइएको छ,” बेघाले भने, “अब त झनै राम्रो होला भन्ने लागेको छ। ” –रासस
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो  दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस