विराटनगर– सप्तरीमा भएको सवारी दुर्घटनामा दुई प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।सप्तरीको मधुपट्टी–९ बलान खोला छेउ राजमार्गमा शुक्रबार राति १ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाइकल ट्रक भित्र पस्दा दुर्घटना भएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी–८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला–१ घर भएका प्रहरी जवान सिताराम खड्का गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई लहानस्थित फ्रेन्च अस्पतालबाट थप उपचारको लागि बिराटनगर न्युरो अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतक दुवै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय रानी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागि खटिएका थिए। यस्तै, सप्तरीको भारदह–१ राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार भारदह–१ बस्ने १९ वर्षीय पप्पु माझी छन्।