नेपाल प्रहरीमा चार एआइजी रिक्त
१६ मंसिर २०७९
•
३ मिनेट पाठ
नेपाल प्रहरीमा चार एआइजी रिक्त
नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)का चार दरबन्दी रिक्त छन्। साउनको २० गतेयता चारजना एआइजी ‘उमेरहद’का कारण अवकाश गएसँगै उक्त दरबन्दीहरू रिक्त भएका हुन्।  




अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबहादुर धानुक र अरूणकुमार बिसी कात्तिक २४ गते उमेरहदकै कारण अवकास गएका छन्।  

धमाधम चारजना एआइजी रिक्त हुँदासम्म पनि सरकारले पदपूर्तिका लागि हालसम्म कुनै प्रक्रिया भने अगाडि बढाएको छैन। गृह मन्त्रालयले निर्वाचनका कारण एआइजी बढुवा प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको छ। प्रहरी नियमावलीअनुसार रिक्त भएको तीन महिनाभित्र दरबन्दी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।  

प्रहरी नियमावलीअनुसार एआइजीको बढुवाका हकमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले सिफारिस गर्ने व्यवस्था छ। जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र आइजिपी सदस्य रहन्छन्। बढुवा भने मन्त्रिपरिषद्ले गर्छ।  

अहिले हुनुपर्ने एआइजी बढुवालाई चैतपछि हुने प्रहरी महानिरीक्षक (आइजिपी)का रूपमा पनि हेरिएको छ। यसैले अहिले बहाल रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूले बढी चासोका साथ हेरिरहेका छन्। तर सरकारले नै बढुवा प्रक्रियामा ढिलाइ गरिदिँदा उनीहरू उकुसमुकुसको स्थितिमा छन्।  

अहिले बहाल रहेका एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, पूजा सिंह र दिवेश लोहनी आइजिपी सिंहकै ब्याचमेट हुन्। उनीहरू सबै चैतको ११ गतेसम्म अवकाश जानेछन्।  

उनीहरूमध्ये पूजा सिंह उमेरहदका कारण फागुनमै अवकाश जाँदा आइजिपी सिंहसँगै एआइजीहरू थापा, सुवेदी र लोहनी ३० वर्षे सेवा अवधिका कारण चैत ११ गते अवकाश जानेछन्। यो ब्याचले २०४९ साल चैत ११ गते सेवा प्रवेश गरेको थियो।  

यहीकारण अहिले रिक्त रहेका चार एआइजी दरबन्दीमा जुन डिआइजी बढुवा हुन्छ, त्यसको आगामी आइजिपी बन्ने सम्भावना प्रबल रहने भएकाले अहिलेको बढुवालाई निकै महŒवपूर्ण मानिएको छ। तर सरकारको सुस्तताले प्रतिस्पर्धामा रहेका डिआइजीहरूलाई तनाव दिइरहेको छ।

हाल प्रहरीमा २० जना डिआइजीहरू बहाल छन्। जसमध्ये पुुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ पनि आइजिपी सिंहकै ब्याचमेट हुन्। उनीहरू पनि चैत ११ गतेसम्म अवकाश जानेछन्।  

बाँकी १७ जना डिआइजीहरू आगामी आइजिपीका लागि प्रतिस्पर्धामा छन्। जसमा डिआइजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन्।

तत्काल रिक्त एआइजी दरबन्दीमा सरकारले बढुवा प्रक्रिया थाल्दा सिनियर तीनजना डिआइजीहरू कँडेल, उपाध्यक्ष र खाँको बढुवा भए पनि एकजना प्रतिस्पर्धी १७ जनाबाटै छान्नुपर्ने अवस्था हुन्छ। यसैका लागि अधिकांश प्रतिस्पर्धी डिआइजीहरू महिनौंदेखि शक्तिकेन्द्र रिझाउन लागिरहेका छन्।  

बढुवाका लागि डिआइजीको दौडधुपले निर्वाचनका कारण नतिजा भने दिनसकेको छैन। अब निर्वाचन सम्पन्न भएको अवस्थामा भने प्रक्रिया अगाडि बढ्नसक्ने स्रोतले बतायो। ‘आगामी बन्ने सरकार कांग्रेसकै नेतृत्वमा हुने र प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने भए एआइजी बढुवा पनि अर्को सरकारसम्म पुग्नसक्छ,’ स्रोतले भन्यो, ‘नभए यसै सरकारले केही दिनमा बढुवा टुंग्याउनसक्छ।’ नयाँ जनादेश आइसक्दा अर्को सरकार नबनेसम्म यही सरकारले प्रक्रिया थालेर पुरा गर्न कुनै किसिमको कानुनी अड्चन छैन। 
अर्को समाचार
सशस्त्र प्रहरीमा बिचौलियाको चलखेल
०८ जेष्ठ २०८२
•
२ मिनेट पाठ
सशस्त्र प्रहरीमा बिचौलियाको चलखेल
नेपाल प्रहरीमा एआइजी पद रिक्त भइनसक्दै सिफारिस हुँदा पनि सशस्त्र प्रहरीमा बिचौलियाको चलखेलका कारण रिक्त एआइजी पदमा एक महिनादेखि सिफारिस हुन सकेको छैन। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतम गत वैशाख ३ गते अनिवार्य अवकाशमा गएपछि उक्त पदमा बढुवाका लागि सिफारिस हुन सकेको छैन।




रिक्त एआइजीमा बढुवाका लागि १५ वैशाखमा सूचना प्रकाशन गरी एक साताभित्र आवेदन दिन भनिएको थियो। एआइजीमा बढुवाका लागि आठ डिआइजीले आवेदन भरेका थिए। एआइजी बनाइदिने भन्दै राजनीतिक बिचौलिया सक्रिय हुँदा गृह मन्त्रालयले बढुवा सिफारिस गर्न सकेको छैन। ‘अर्धसैन्य संरचनाको फौजमा बिचौलिया हाबी भए चेनअफ कमान्डमा समस्या उत्पन्न हुन्छ,’ गृह मन्त्रालयका एक कर्मचारीले भने।

एआइजीमा बढुवामा मुख्य दाबेदार कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी हुन्। उनीहरूमध्ये गिरी एक नम्बरमा र ठाडामगर दोस्रोमा छन्। वरीयतामा पछाडि भएकालाई बढुवा गराउन बिचौलिया लागेका छन्। तिनै बिचौलियको प्रभावमा परेर गृह मन्त्रालयले सिफारिस नगरेको हो कि भन्ने आशंका छ। ‘सशस्त्रमा पनि बिचौलियामार्फत बढुवामा अस्वस्थ चलखेल बढ्यो,’ मन्त्रालयका ती कर्मचारीले भने। एआइजीमा बढुवा रोकिँदा तल्लो तहसम्मको वृत्ति विकासमा समस्या परेको छ।

सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग नै रिक्त भएको एक महिना पुगिसकेको छ। प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमताका आधारमा बढुवा गर्ने सहमति भइसकेको भए पनि बढुवामा भने ढिलाइ भएको छ। बढुवामा ढिलाइ हुँदा आर्थिक चलखेल भएको आशंका बढेको छ। ‘बढुवामा बिचौलियाहरूको प्रवेश नहोस् भन्ने चाहना हो तर ढिलाइ हुँदा आशंका उत्पन्न भएको छ,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले भन्यो। अहिले बढुवा हुने तीन वर्षपछि संगठन प्रमुखको दाबेदार हुने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ।

अहिले एआइजीमा बढुवा भए २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार बन्छ। यसकारण पनि बढुवा निकै पेचिलो बनेको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार चारवर्षे कार्यकाल पूरा गरेर राजु अर्याल २०८३ वैशाख १७ गते अनिवार्य अवकाशमा जान्छन्। त्यसपछि अहिले एआइजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एक आइजिपी बन्नेछन्। त्यसपछि अब एआइजीमा बढुवा हुने संगठन प्रमुखको दाबेदार बन्न सक्छन्।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस