धनुषाको विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ। फरकफरक ठाउँबाट चोरी भएको ५ वटा मोटरसाईकलसहित ७ जनालाई धनुषा प्रहरीले पक्राउ गरिएको छ।
मोटरसाईकल चोरी गरेको आरोप पक्राउ परेका सातैजनाई धनुषा प्रहरीले शुक्रबार सर्बजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा मिथिला बिहारी नगरपालिका-६ का ३० वर्षीय मनोहरकुमार यादव, महोत्तरको बलवा नगरपालिका-५ का बिक्कीकुमार यादव सोही नगरपालिका-४ का २६ वर्षीय विवेककुमार झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका-१४ का २१ वर्षीय रूपेश यादव र सिरहाको कल्यानपुर नगरपालिका-५ हाल जनकपुरधाममा वस्ने १९ वर्षीय को नितेश यादव, जनकपुरधाम उपमहानगरपालिका-१६ का १९वर्षीय गुलशन नदाफ र सोही नगरपालिका- १५ का २२ वर्षीय भरत साह रहेका छन्।
गत मंसिर ५ गते राति ९ बजेको समयमा मिथिला बिहारी नगरपालिका(६ स्थित घर अगाडी पार्किङ गरि राखिएको प्रदेश २-०२-००३ प.०९६५ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
त्यस्तै मंसिर ११ गते राति साढे नौ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका-१९ बेङगासिवपुर स्थित महराजा पार्टी प्यालेशको कम्पाउण्ड भित्रबाट बा.९४ प. ५७९४ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
मंसिर १४ गते दिउँसो २ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पार्किङमा राखिएको ज.९प. ४८७८ नम्बरको , मंसिर १५ गते राति साढे दस बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका- १ पुलचोकस्थित घर अगाडी पार्किङमा राखिएको प्रदेश २-०२-२ प. ९३९४ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
मंसिर १४ गते राति दश बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका- ७ स्थित अनपूर्णा होटल अगाडी पार्किङमा राखिएको ९७२० नम्बरको मोटरसाइकल चोरी भएको थियो। पक्राउ परेको सबैजनामाथि चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको धनुषा प्रहरीले जनाएको छ।