रौतहटको विभिन्न ठाउँमा धानमा आगलागीको घटनामा वृद्धि भएको छ। किसानले उब्जाएर धानको दाइँ गर्न एकै ठाउँमा जम्मा पारेर राखेको ठाउँमा नै आगलागी हुने घटनामा वृद्धि भएको देखिएको छ।
आगोले धानलाई खरानी बनाउँदा कम्तीमा साढे चार लाख रुपैयाँ बराबरको क्षति भएको शेखले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गर्नु पर्ने र अपराधीलाई हदैसम्मको सजाय दिलाउनु पर्ने शेखको माग छ।
गत बिहीबार फतुवा विजयपुर नपा २ शीतलपुरका रामानन्द यादवले २ बिगाहा जमिनमा उब्जाएको सबै धान खरानी भयो। वर्षभरि परिश्रम र लगानी गरेर उब्जाएको धानलाई दाइँ गर्ने बेलामा नै कसैले रिसइबीले आगो लगाएर खरानी बनाएपछि यादवको बिजोग भएको स्थानीय विजय यादव निर्बिजले बताए।
आगलागीबाट यादवलाई करिब दुई लाखभन्दा बढीको क्षति भएको बताइएको छ। यादवले पनि घटनाबारे छानबिन हुनुपर्ने र आगो लगाउने दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्। रौतहटमा धानमा आगलागीका अन्य साना घटनाहरू भएको पनि सार्वजनिक भएका छन्।
गत तीन दिनमा सात बिगाहा खेतको धानमा आगलागी भएको र लाखाैँको क्षति भएकोले रौतहटमा उब्जाएको धानमा आगो लागेर किसानलाई बर्बाद पार्ने घटनामा वृद्धि भएको पुष्टि भएको छ।शनिवार बिहान अँध्यारोमै गढीमाई नगरपालिका ३ गम्हरियाका शेख ग्यासुदीनको पाँच बिगाहा खेतको धान खरानी भएको छ। गाउँका प्रतिष्ठित किसान शेख ग्यासुदीनको उब्जनी राम्रो भएको खेतको धान दाइँ गर्नलाई ठिक्क पारिएको अवस्थामा आगोले खरानी बनाउँदा वर्षभरिको लगानी र परिश्रम डढेर खरानी भएको छ।