पछि हट्यो भारत
२१ मंसिर २०७९
•
२ मिनेट पाठ
पछि हट्यो भारत
भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालसँग कुनै समन्वय नगरी महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको छ। भारतले बलमिच्याइँ ढंगले गरिरहेको तटबन्ध निर्माणको स्थानीयले विरोध गरेपछि तनाव उत्पन्न भएको र भारतीय पक्षले तटबन्धको निर्माण कार्य रोकेको हो।




महाकाली नदीको धार नेपालतर्फ फर्कंदा दार्चुला सदरमुकाम खलंगालगायत बस्ती नै बगाउने उच्च जोखिम भएकाले स्थानीय तटबन्ध निर्माणको विरोधमा उत्रिएका थिए। व्यापक विरोध भएपछि भारत पक्षले तटबन्ध निर्माण कार्य रोकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। स्थानीयको विरोधपछि विवाद उत्पन्न भएसँगै सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पिथौरागढका एडिएमसहित अधिकारी र दार्चुलाका प्रजिअबीच छलफलसमेत भएको थियो। छलफलमा विवादित ठाउँमा तत्कालका लागि निर्माण कार्य रोक्ने सहमति भएको प्रजिअ उपाध्यायले बताए। ‘अहिले निर्माण कार्य रोकिएको छ, भारतीय अधिकारीहरू तटबन्ध निर्माण कार्य अहिलेलाई रोक्न सहमत भएका छन्,’ प्रजिअ उपाध्यायले भने।

स्थानीय बासिन्दासँग छलफल गरेर सहमति नहुँदासम्म तटबन्ध निर्माण नगरिने उनको भनाइ छ। महाकाली नदीको नेपालतर्फ पनि तटबन्ध निर्माण गर्नुपर्ने भए पनि निर्माण कार्य सुरु भएको छैन। अब विवादित क्षेत्रमा स्थानीयसँगको छलफलपछि सहमति जुटाएर नेपालतर्फ र भारततर्फ सँगसँगै तटबन्ध निर्माण गरिने उनी बताउँछन्। महाकाली किनारबाट वर नेपालतर्फको भूभागमा बनाइएको संरचना हटाउन भारतका अधिकारीलाई आग्रह गरेको उनले बताए।  

छलफलमा सहमति जुटाउन दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्रसमेत बनाउने सहमति भएको प्रजिअ उपाध्यायले बताए। प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर सहमति खोजिने भनिएको छ।  स्थानीयको विरोधले विवाद उत्पन्न भएको र राष्ट्रिय रूपमै व्यापक आलोचना सुरु भएकाले भारतले तत्काल तटबन्द निर्माण रोक्ने बताए पनि लिखित रूपमा भने कुनै सहमति भएको छैन। छलफलमा मौखिक सहमति मात्र भएको छ। ‘विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौं। मौखिक सहमति मात्र भएको हो। अन्य क्षेत्रमा उहाँहरूको काम जारी छ,’ प्रजिअ उपाध्यायले भने। भारतीय पक्षले तटबन्धभन्दा यता नेपाली भूभागमा ७ देखि १० मिटर क्षेत्रफलसम्म ग्याविन जाली लगाएको छ। सीमा विवाद बढेपछि भारतीय सुरक्षाकर्मी एसएसबीले सीमामा परिचयपत्र खोजेर नेपाली नागरिकलाई दुःख दिन थालेको स्थानीयले बताएका छन्। रोजगारीका लागि, दैनिक मजदुरी गर्न र उपभोग्य सामान खरिद गर्न यहाँका स्थानीयलाई धार्चुला बजार जानुपर्ने बाध्यता छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक भूभाग अतिक्रमणको गहिरो पीडा खपेको दार्चुला जिल्लाका सीमा क्षेत्रका बासिन्दा भारतीय पक्षको ज्यादतीले सबैभन्दा बढी प्रताडित बन्दै आइरहेका छन्। कुटपिट, दुव्र्यवहार मात्र नभई ज्यान नै गुमाउने पीडा सहन बाध्य छन्।
अर्को समाचार
हट्यो तुइन, बन्यो झोलुङ्गे पुल
१३ जेष्ठ २०७९
•
४ मिनेट पाठ
हट्यो तुइन, बन्यो झोलुङ्गे पुल
दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। तुइन विस्थापनअन्तर्गत  ती नदीमाथि पुल निर्माण गरिएको हो। व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो। पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन्।




महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ।  मालिकार्जुन–६ का तेजबहादुर चन्दले भने, 'बल्ल अहिले आएर पुल निर्माण भयो।' स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकुस्थित पुलको शुभारम्भ गरे भने व्याँस–६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गरेका हुन्।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका हुन्। व्याँस–६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउँछन्। वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आउनुएका उहाँ बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिए।

उनले भने, 'कयौँ बर्खा यो महाकाली नदीमा अकालमै ज्यान गुमाउन बाध्य थिए। अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन।' व्याँस–६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे। नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो। अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ। मालिकार्जुन–६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउँछन्। 'अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ। बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ', उनले भने।

नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए। दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो। झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उनले बताए।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताए। उनले भने, 'अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन। दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ।'

व्यास –४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ। मडगाउँमा माघ तेस्रो साता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ। व्याँस गाउँपालिका–२ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ।  

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माण गरिरहेको छ। यी दुवै पुलका लागि कूल रु दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको हो। यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो। पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो।

सो कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष  धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो। महाकाली नदीमाथि नेपाल–भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ। यअसघि ब्याँस–६ को तिगरम र लेकम गाउँपालिका–३ को लाली, मालिकार्जुन–७ को जौलजीविमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन्। 

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताए। उनले भने, 'अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ। नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नुपर्ने छैन।'

भारत पिथौरागढका डिएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताउनुभयो। उनले भने, 'नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो। सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ।' पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो। रासस
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस