सर्लाहीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका तथा एक ज्येष्ठ नागरिक रहेका छन्।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ६ नौकिलवाका देवशरण रायको करिब १० वर्षकी छोरी उषा कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ।
घरबाट हराएकी बालिकालाई खोजतलास गर्ने क्रममा मंगलवार साँझ स्थानीय रत्नेश्वर रायको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी विजय श्रेष्ठले जानकारी दिए।
यसै गरी मंगलवार राति घरको बरन्डाबाट लडेर सर्लाहीको नवलपुरमा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। धनुषाको गणेशमान चारनाथ ४ बिरेन्द्र बजार घर भई लालबन्दी नगरपालिका १ नवलपुरमा डेरा गरी बस्दै आएका अन्दाजी वर्ष ५० का भरतलाल लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
तीन तले घरको बरन्डाबाट तल खसेका लामाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी बताएको छ।