वन कर्मचारी र काठ तस्करको मिलोमतोमा रौतहटको वनमा व्यापक तस्करी हुने गरेको पाइएको छ।
रौतहटको वनबाट काँचो रुख कटान भएको अवस्थामा दर्जनौँ ठुटो देखिएको छ। एकै ठाउँमा दर्जनौँ रुख कटान गरिएको देखिएको छ।
रौतहटको बृन्दावन नगरपालिका १ मा रहेको रामलाल बृन्दावन साझेदारी वन अन्तर्गत बलेरीखोरको जंगलमा व्यापक रुख कटान गरिएको देखिएको हो। गत दुई हप्तामा २७ भन्दा बढी रुख कटान गरिएको रुखको ठुटोले पुष्टि गरेको छ।
रातिको समयमा रुख कटान गरी ट्रयाक्टर, जिप तथा मोटरसाइकल र टायर गाडामा लोड गरी तस्करहरुले लाने गरेको स्थानीयको भनाइ छ। सर्लाहीका काठ तस्करहरुले पनि रौतहटको बनबाट तस्करी गरी लाने गरेको पनि देखिएको छ। तस्करहरुले मुख्य गरी सालको काँचो र पातलो तथा मझौला किसिमको रुखलाई निसाना बनाउने गरेको देखिन्छ।
रौतहटको रंगपुर तथा गैँडाटार, पौराई, लमाहा लगायतको क्षेत्रको जंगलबाट पनि काठ तस्करी हुने गरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको समय पारेर वृन्दावन क्षेत्रमा व्यापक काठ चोरी भएको देखिएको छ।
जिल्ला वन कार्यालय रौतहटका डिएफओ सुनिल कुमार कर्णले वृन्दावन क्षेत्रमा तिन ओटा काँचो र एउटा सुकेको सालको रुख कटान भएको आफूहरुले थाहा पाएको बताउँदै नियन्त्रणको लागि सबै उपाय अपनाइएको बताए। बागमती नदीको पानी सुकेको कारण सर्लाहीतिरबाट काठ तस्करहरु रातिको समय पारेर आउने गरेको बुझिन आएको र नियन्त्रणको लागि रात्री गस्तीमा व्यापक वृद्धि गरिएको दाबी डिएफओ कर्णको छ।
यसै क्रममा दुई दिन पहिले बागमती नदी हुँदै सर्लाहीको कर्मैयाबाट काठ चोरी गरेको अवस्थामा ३५ वर्षीय ईश्वर चौलागाईँलाई नियन्त्रणमा लिइएको बताएका छन्। साथै करिब दुई सय फिट काठ पनि बरामद भएको डिएफओ कर्णको दाबी छ।
हरेक वर्ष काठ दाउराको नाउँमा जंगल मासिँदै गएको वृन्दावनका समाजसेवी रामप्रसाद पटेलले बताए। एक दशकको वन हेरी अहिलेको वन करिब सखाप भइसकेको पटेलको दाबी छ।