सिडिओ निरीह हुँदा प्राकृतिक स्रोतको जथाभाबी दोहन
२५ मंसिर २०७९
•
४ मिनेट पाठ
सिडिओ निरीह हुँदा प्राकृतिक स्रोतको जथाभाबी दोहन
सर्लाहीको बरहथवा ८ स्थित बुढी बागमती नदीको खेतीयोग्य जमिन मासेर बनाइएको पोखरी र नदी किनारमै सञ्चालनमा रहेको क्रसर उद्योग।
स्थानीय निकाय आफैँ धामी र आफैँ झाँक्री बन्दा प्राकृतिक स्रोतको जथाभाबी दोहन हुने गरेको पाइएको छ।




प्रारम्भिक वातावरण परीक्षण (आई ई) गर्ने, टेन्डर गर्ने, अनुगमन गर्ने तथा कारबाही समेत गर्ने अधिकार स्थानीय निकायकाे नै हुँदा प्राकृतिक स्रोतको दोहन अनियन्त्रित बाहिर गएको देखिएको छ।

सर्लाहीको बरहथवा नगरपालिका ८ टाँडीस्थित बुढी बागमती नदीको किनारमा राहुल गिटी बालुवा वासिङ सेन्टर र रोयल ढुङ्गा गिटी बालुवा प्रशोधन सञ्चालनमा रहेका छन्। यसै गरी सर्लाहीकै बसबरिया गाउँपालिकाको भैँसासुरघाटको बागमती नदीमा जमिन खनेर नै गिटी बालुवा निकालिएको छ। भैँसासुरमा पाँच ओटा अवैध मोबाइल क्रसर रुपमा सञ्चालनमा रहेका छन्।

बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कटुवालले नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि प्रारम्भिक वातावरण परीक्षण नभएकोले ठेक्का लगाउने काम हुन नसकेको बताएकी छन् तर बरहथवा ८ टाँडीमा सञ्चालनमा रहेका दुवै क्रसर उद्योगका सञ्चालकले भने नियम कानुन अनुसार नै क्रसर उद्योग सञ्चालनमा रहेको बताएका छन्।

बरहथवा ८ टाँडीस्थित बुढी बागमती खोला किनारमै रहेको रोयल ढुङ्गा, गिटी, बालुवा सप्लायर्सका संचालक राजा सिंहले कानुनसम्मत क्रसर उद्योग सञ्चालनमा रहेको बताएका छन्। 

नपाले प्रारम्भिक वातावरण परीक्षण नगराएको तथा नियमानुसार क्रसर उद्योग बस्ती, खोलाको किनार, विद्यालय र सहायक राजमार्गसँग जोडिएर संचालन गर्न नपाउने भए पनि सिंहको उद्योग निर्बाध सञ्चालनमा रहेको छ।
यसै गरी राहुल गिटी बालुवा वासिङ सेन्टर पनि पूर्ण रुपमा अवैध दोहन गरेको पाइएको छ। नपाले (आई ई) नगरेका र खोला किनारमा क्रसर संचालन भएको देखिएको छ। उद्योगका संचालक रामबली महतोले आफ्नो क्रसर उद्योग दर्तामा रहेको र बागमतीको राजघाटबाट ग्राभेल ल्याएर प्रशोधन गर्ने गरेको बताएका छन्।

बरहथवा ८ टाँडी, पुरैनिया र हिरापुर क्षेत्रको खेतीयोग्य जमिन मासेर सयौँ बिगाहामा अवैध उत्खनन गरिरहेको पाइएको छ। जमिनको सतहको चालिसदेखि पचास फिटसम्म खन्दा नदीजन्य पदार्थ भेटिने गरेको हुदाँ तस्करहरूको नजरमा त्यस्मै गडेको देखिन्छ।

बसबरिया गाउँपालिका १ बागमती नदीमा खेतीयोग्य जमिन मासेर पचासदेखि साठी फिट गहिरो खनेर अवैधानिक तरिकाले मोबाइल क्रसर संचालन गरी ढुङ्गा, गिटी, बालुवा र ग्राभेल निकालिरहेको देखिएको छ। 

पचासौँ वर्ष पहिले बागमती नदी बगेको ठाउँ भएकोले जमिनमुनि व्यापक मात्रामा ढुङ्गा, गिटी, बोल्डर पाइने हुन्छ त्यस्काे फाइदा उठाउँदै आधा दर्जनभन्दा बढी मोबाइल क्रसर उद्योगले सयौँ बिगाहा खेती योग्य जमिन खनेर पोखरी बनाइसकिएका छन्।

गाउँपालिका अध्यक्ष राम सिंहान राय यादवले आफ्नै भतिजो पर्ने मुकेश कुमार यादवलाई गिटी बालुवाको निकासी ठेक्का दिएका छन्। (आई ई) नगरी तत्कालीन जिविस मलंगवा सर्लाहीले गरेको (आई ई) को आधारमा भतिजको तुलसी निर्माण सेवा बसबरिया गापा १ लाई निकासी ठेक्का दिएका छन्।

सर्लाहीको विभिन्न ठाउँमा अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगबाट दैनिक सयदेखि डेढ सय ट्र्याक्टरसम्म गिटी, बालुवा, ग्राभेल र ढुङ्गा अवैध उत्खनन भइरहेका छन्। 
स्थानीय निकाय नै सबै नियम हेर्ने निकाय भएकोले जथाभाबी उत्खनन, प्रशोधन तथा विक्री वितरण भइरहँदा स्थानीय प्रशासनले केही पनि गर्न नसकेको देखिएको छ। गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयले अवैध उत्खनन, निकासी, प्रशोधन तथा विक्री वितरण नियन्त्रण गर्न पक्राउ गर्दा कारबाहीको लागि फेरि स्थानीय निकायलाई नै बुझाउनु पर्ने बाध्यता रहेको छ।

क्रसर व्यवसायीको पहुँच पालिकादेखि जिल्ला समन्वय समितिसम्म हुने तथा स्थानीय प्रशासनले कारबाहीमूलक कुनै पनि कदम चाल्न नसक्ने भएकोले खोला माफियाहरू उत्साहित भएका छन्। 
पहिले कानुनमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला अनुगमन समिति रहँदा जिल्लाको खोला तथा खोलाजन्य पदार्थको अनुगमन हुने गरेको र समितिमा जिल्ला विकास समिति, जिल्ला भू-संरक्षण समिति, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय समेत रहँदा नदीजन्य पदार्थको दोहनमा नियन्त्रण गर्न सजिलो भएको कानुन व्यवसायी अधिवक्ता भाग्यनारायण झाको भनाइ छ।

 

मधेशको उर्वर भूमि जोगाउन, नदीनाला, वन, चुरे संरक्षण गर्न वर्तमान कानुनमै परिवर्तनको आवश्यकता रहेको अधिवक्ता झाको भनाइ छ। आँखै अगाडि अवैध उत्खनन हुँदा पनि स्थानीय प्रशासन निरीह हुनुको विकल्प नरहेको नागरिक समाजको पनि भनाइ रहेको छ। 

नागरिक अगुवा तेजनारायण झा भन्छन् – सिडिओ निरीह भयो, प्राकृतिक स्रोतको दोहन गर्ने बलियो भयो।
सर्लाहीको दर्जनौँ खोलामा अवैध क्रसर सञ्चालनमा रहेको र नदीजन्य पदार्थको अवैध दोहन भइरहेको झाको भनाइ छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अवैध उत्खनन भइरहेको ठाउँमा खबर पाउनासाथ तत्काल प्रहरी परिचालन गर्ने गरिएको बताएका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस