सोमवार साँझ जाजरकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बर को बोलेरो जिप छेडागाड नगरपालिका –५ भीरवाटी भन्ने स्थानमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ, भने २ जना गम्भीर घाइते भएका छन्।
जिप पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका ५ वडावनदेखि ४ नम्बर वडास्थित दंसेरा जाँदै गरेको थियो। जिप सडकदेखि करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दंसेरा दैलेखसँग जोडिएको गाउँ हो।
मृत्यु हुनेहरूमा छेडागाड नगरपालिका –५ जाजरकोटका २८ वर्षीय दिपक अधिकारी, नैनसरा अधिकारी, २६ वर्षीय जैकुवरा बुढा, उमेर नखुलेको रामबहादुर बुढा, ५ वर्षिया निषा अधिकारी, छेडागाड नगरपालिका –६ का विरबहादुर खत्री भगवतीमाई गाउँपालिका –३ का अमरबहादुर खड्का, विरेन्द्र केसी भगवतीमाई गाउँपालिका –२ का मानबहादुर रावतको घटनास्थलमै मृत्यु भएको छ। घाइते हुनेहरूमा छेडागाड नगरपालिका –५ का अमर बहादुर अधिकारी, जैमान अधिकारी रहेका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दैलेखबाट विवाहको लागि जाजरकोट जिप पुगेको थियो।घाईतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए।