कपिलवस्तुमा धान उत्पादन ४ प्रतिशतले वृद्धि
२६ मंसिर २०७९
•
२ मिनेट पाठ
कपिलवस्तुमा धान उत्पादन ४ प्रतिशतले वृद्धि
पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस बर्ष धान उत्पादन वृद्धि भएको छ।




मौसम अनुकूलताका कारण यस बर्ष कपिलवस्तुमा ४ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो। यो बर्ष मनसुन ढिलो गरी आएको र प्रशस्त पानी परेकाले खाद्यान्न भकारीकारुपमा चिनिएको कपिलवस्तुमा धान उत्पादन ४ प्रतिशतले बढको कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्रनाथ चौबेले बताए।

यस बर्ष जिल्लामा यस बर्ष ७० हजार ७० हेक्टरमा धान खेती गरिएकोमा २ लाख ६९ हजार ६६९ मेट्रिक टन धान उत्पादन भएको छ। गत बर्ष ७१ हजार ५ सय हेक्टरमा खेती गरिएकोमा  २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो। तर बेमौसमी वर्षाले धान बालीमा क्षति गरेको थियो। जसले गर्दा उत्पादनमा ह्रास आएको थियो र २ लाख ११ हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो।

‘चाहिने जति पानी परेको, रासायनिक मलको उपलब्धता पनि ठिकै रहेको तथा रोग र कीराको प्रकोप पनि देखिएको छैन ’ प्रमुख चौबेले भने ‘त्यसैले कपिलवस्तुमा धान उत्पादनमा वृद्धि भएको हो’। 
कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले समयमै वर्षा र मलखादको उपलब्धताले यस कपिलवस्तुमा धान उत्पादन राम्रो भएको बताए। जिल्लाको कुल खेतीयोग्य जमिन करिब ८३ हजार हेक्टर रहेको छ, जिल्लामा करिब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५ प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ। खेती गरिने उन्नत जातमा मुख्यरुपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली, रहेका छन् भने हाइब्रिड धानमा ६४४४, सम्पूर्ण, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ।

यसको अलावा कपिलवस्तु जिल्लाको पहिचानको रुपमा रहेको मसिना तथा वासनादार धानको रुपमा कालानमक तथा बासमतीको खेती हुने गरेको कुरा कृषि ज्ञान केन्द्र, कपिलवस्तुले जनाएको छ। उत्पादन राम्रो भए पनि सरकारले तोके अनुसारको मुल्य भने नपाएको कृषकहरूको गुनासो छ।
अर्को समाचार
कपिलवस्तुमा ७ प्रतिशत धानको उत्पादन बढ्ने
०१ कार्तिक २०७८
•
२ मिनेट पाठ
कपिलवस्तुमा ७ प्रतिशत धानको उत्पादन बढ्ने
पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। मौसम अनुकूलताका कारण यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो।




यो वर्ष मनसुन समयमै आएको र प्रशस्त पानी परेकाले खाद्यान्न भकारीका रूपमा चिनिएको कपिलवस्तुमा धान उत्पादन ५ देखि ७ प्रतिशतले बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले बताए। यस वर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरिएको छ। 

जसबाट २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष ७१ हजार २ सय हेक्टरमा गरिएको धान खेतीबाट २ लाख ७१ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो। ‘चाहिने जति पानी परेको, रसायनिक मलको उपलब्धता पनि ठीकै रहेको तथा रोग र कीराको प्रकोप पनि देखिएको छैन’ प्रमुख चौबेले भने, ‘त्यसैले कपिलवस्तुमा धान उत्पादनमा वृद्धि हुने देखिएको हो।’ 

चाँडै पाक्ने धान काटने चटारोमा रहेका कृषकहरूलाई आइताबार परेको बेमौसमी वर्षाले भने समस्या परेको बताउँछन्। बैमौसमी र त्यससंग आएको हावाहुरीले चाँडै पाक्ने जातको धान खेतमै ढलाउँदा केही क्षति भएको कृषकहरू बताउँछन।‘अहिलेसम्म कृषकहरू धान उत्पादन राम्रो भएकोमा खुशी देखिन्थे तर आइतबारको बेमौसमी वर्षाले कृषकहरू समस्यामा परेका छन् ’ कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले भने। समममै वर्षा र मलखादको उपलब्धताले यस कपिलवस्तुमा धान उत्पादन राम्रो भएको उनले बताए। 

जिल्लाको कुल खेतीयोग्य जमीन करीब ८३ हजार हेक्टर रहेको छ, जसमध्ये यो वर्ष ७१, हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। जिल्लामा करीब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५ प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ। 

खेती गरिने उन्नत जातमा मुख्य रूपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली रहेका छन् भने हाइब्रिड धानमा ६४४४, सम्पूर्णा, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ। यसबाहेक कपिलवस्तु जिल्लाको पहिचानको रूपमा रहेको मसिना तथा वासनादार धानको रूपमा कालानमक तथा बासमतीको खेती हुने गरेको कुरा कृषि ज्ञान केन्द्र, कपिलवस्तुले जनाएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस