वैदेशिक रोजगारीमा ठगी: लाखको आसमा लाखौं बुझाउँदा सडकको बास
०२ पौष २०७९
•
५ मिनेट पाठ
वैदेशिक रोजगारीमा ठगी: लाखको आसमा लाखौं बुझाउँदा सडकको बास
बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे। थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए। नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक राइडिङ’को अनुमति पत्र (लाइसेन्स) प्राप्त हुने र त्यसपछि नियमित काम सुरु हुने बताएको थियो। तर युएई पुगेको महिनौं बित्दा पनि उनीहरूले लाइसेन्स प्राप्त गर्न सकेनन्।




‘हामी म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थियौं। म्यानपावर कम्पनीले त्यहाँ गएको एक सातामा लाइसेन्स पाइने, त्यसपछि नियमित काम सुरु हुने र मासिक १ लाख कमाउन सकिने भनेको थियो तर भनेअनुसार केही पनि भएन,’ थारूले भने। युएईमा ओर्लिएको पाँच घन्टापछि थारूलाई प्रस्तुति म्यानपावरकै सञ्चालक नवराज थापा नाम गरेका व्यक्ति लिन आए। उनले थारूलाई एउटा कोठामा लिएर गए। त्यहाँ जाँदा थप १८–२० जना नेपाली निन्याउरो अनुहार लगाएर बसिरहेका थिए। उनीहरूले थारूलाई हेर्दै थिए। तीमध्ये एक जनाले भने, ‘तिमी पनि फस्यौ ।’ त्यसपछि भने थारू झसंग भए। त्यहाँ उनीहरूलाई एउटा कोठामा भेडाबाख्रा कोचेजस्तै गरी राखिएको थियो।

नेपालबाट राम्रो कमाइको आसमा ऋण खोजेर युएई पुगेका थारू के गर्ने के नगर्ने भनेर अन्योलमा परे। ‘म त झन् ऋण खोजेर त्यहाँ गएको थिएँ। अब डुबियो भन्ने लाग्यो। त्यो दिन कोठामा रहेका सबैले कसरी फसियो भनेर आपसमा अनुभव साटासाट गर्‍यौं। राति निद्रा पनि लागेन,’ उनले भने, ‘परिवार सम्झें, ऋण सम्झें। त्यसपछि त झन् बेहोसै होलाजस्तो भयो।’ केही दिन  बसेपछि उनीहरूलाई सो कोठाबाट निकालियो। त्यसपछि थप दुःखका दिन सुरु भए। उनले त्यहाँ बस्न नेपालबाटै खर्च मगाउनुपर्ने भयो। राम्रो आम्दानी हुने आसमा महँगो शुल्क तिरेर वैदेशिक रोजगारीमा गएका थारू गत नोभेम्बर २५ मा भारतको बाटो हुँदै नेपाल फर्किए। हाल उनी आफू म्यानपावर कम्पनीबाट ठगिएको उजुरीसहित वैदेशिक रोजगार विभाग धाइरहेका छन्। थारूले युएईमा दुःख पाइरहेको समयमा पनि नेपालबाट बाइक राइडरको जागिरमा भन्दै प्रस्तुति म्यानपावर कम्पनीले नेपाली युवालाई युएई पठाउन छाडेको थिएन।

थारूजस्तै इलामका आकाश लिम्बू पनि बाइक राइडिङकै काम पाउने आसमा गत मे १ मा प्रस्तुति म्यानपावरबाटै युएई उडेका थिए। उनले पनि युएई उड्नुअघि म्यानपावर कम्पनीका कर्मचारी विनोद कार्कीकी पत्नी मुनादेवी कार्कीको बैंक खातामा ५ लाख रूपैयाँ जम्मा गरिदिएका थिए। उनी पनि करिब सात महिना युएई बसेर गत अक्टोबर २३ मा नेपाल फर्किए। उनको पनि कथा थारूकै जस्तो छ। उनलाई पनि सुरुमा नेपाली युवालाई राखेको कोठामा लगियो। पछि उक्त कोठाबाट उनी निकालिए। बाइक राइडिङको काम पाउने आसमा सात महिना बित्यो। त्यस अवधिमा उनले म्यानपावरलाई बुझाएको बाहेक युएईमा बस्नखान नेपालबाट थप ६ लाख रूपैयाँ मगाए।

ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्‍यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्‍यो। त्यो सम्झिँदा मन थाम्नै गाह्रो हुन्छ।’ बेसरी दुःख गरेर कमाउने र घरपरिवारलाई सुख दिने आशा बोकेका उनी उल्टै पैसा झिकाएर स्वदेश फर्किनुपर्‍यो। वैदेशिक रोजगारीमा यसरी ठगीमा परिन्छ भन्ने थाहा भएको भए बरु स्वदेशमै लगानी गरेको भए हुने भन्ने लागेको लिम्बू बताउँछन्। लिम्बूले पनि म्यानपावर कम्पनीलाई बुझाएको पैसाको रसिदसहित वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

नुवाकोटका रामचन्द्र तिवारी पनि थारू र लिम्बूजस्तै वैदेशिक रोजगारीको सपना देखेर प्रस्तुति म्यानपावरलाई पैसा बुझाउनेमध्येका एक हुन्। उनी त अझ थारू र लिम्बूले भन्दा १५ हजार अतिरिक्त रकम बुझाएर युएई उडेका थिए। तर युएई पुगेपछि मात्र उनले आफू ठगिएको थाहा पाए। म्यानपावर कम्पनीले तत्काल काम उपलब्ध गराउने भने पनि सात महिना बस्दासमेत काम नपाएपछि उनी पनि नेपाल फर्किएका छन्।

‘त्यहाँ सात महिना बस्दा हाम्रो धेरै पैसा खर्च भएको छ। पैसा कमाएर परिवार सुखले पाल्ने आशा थियो। त्यहाँ पुगेपछि सडकको बास भयो,’ उनले भने। तिवारी काहरू सबैको अवस्था बिजोग भएको तिवारी बताउँछन्। उनी आफूले नेपाल फर्केर विभागमा उजुरी दिए पनि विभागबाट कुनै सुनुवाइ नभएको भन्दै आक्रोश पोख्छन्।

पहिले वैदेशिक रोजगारीका सिलसिलामा ठगिएका उनी अहिले गुनासो सुनुवाइका लागि विभाग धाउँदाधाउँदै वाक्क भइसकेका छन्। प्रत्येकपटक काठमाडौं आएर विभागमा धाउँदा धेरै पैसा खर्च भइसके पनि आफ्नो गुनासोको सुनुवाइ नभएको उनी बताउँछन्। ‘पटकपटक काठमाडौं आउँदा धेरै पैसा सकिइसक्यो। यसरी कहिलेसम्म विभाग धाइराख्नुपर्ने हो ?’ तिवारीले प्रश्न गरे।  

उनी पीडित र दुःखीका पक्षमा बोलिदिने कोही नभएको भन्दै गुनासो गर्छन्। उनी आफूजस्तै वैदेशिक रोजगारीका सिलसिलामा ठगिएका सयौं पीडितले विभागमा पुगेर उजुरी दिँदा पनि न्याय नपाएको बताउँछन्।

पीडितको ठगीको उजुरीपछि म्यानपावर कम्पनीका कर्मचारी विनोद कार्कीकी पत्नी मुनादेवी कार्की र छोरी आयुषा कार्की पक्राउ परेका थिए। तर उनीहरूलाई २५ दिनमै ३ लाख ५० हजार धरौटीमा रिहा गरियो। प्रत्येक पीडितसँग ५ लाखभन्दा बढी असुलेर करोडौं ठगी गरेका पीडकहरूलाई त्यति थोरै रकम धरौटी राखेर छाडिदिएको भनेर पीडितले सम्बन्धित निकायसँग प्रश्न गरिरहेका छन्। उक्त म्यानपावरका सञ्चालक नवराज थापा र कर्मचारी विनोद कार्की कानुनी दायरामा नपरेको भन्दै पीडितहरूको गुनासो छ। तिवारीले पैसा कसरी बुझाउने हो भनेर म्यानपावर सञ्चालक थापालाई फोन गरेका थिए। उक्त म्यानपावर सञ्चालकले भने, ‘म पैसाको लेनदेन गर्दिनँ, पैसाको कारोबार मुनादेवी कार्कीले गर्छिन्।’ पीडितहरूले म्यानपावर कम्पनीका सञ्चालक थापालाई कानुनी दायरामा ल्याउन नसकिएको बताएका छन्। यसरी सोही कम्पनीमार्फत बाइक राइडरमा युएई गएर टन्न पैसा कमाउने सपना बोकेका सयौं कामदारहरूको सपना दुर्घटनामा परेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार बाइक राइडिङका लागि युएई पुगेका करिब ५० जनाले ठगीको उजुरी दर्ता गराएका छन्। विभागका शाखा अभिकृत सुशील पकुवालले उजुरी परेका कतिपय मुद्दा न्यायाधीकरणमा गएको र म्यानपावर कम्पनीको धरौटी रकम तत्कालीन रूपमा रोक्का गराउन लगाइएको जानकारी दिए। अदालतबाट पीडितको सुनुवाइ भएपछि सोही धरौटीमार्फत पीडितलाई क्षतिपूर्ति दिइने उनले जानकारी दिए। बाइक राइडरको जागिरको आशामा ठगिएका ३८ जनाले मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा पनि उजुरी दिएको संस्थाका निर्देशक सुदीप देवकोटाले जानकारी दिए।
अर्को समाचार
वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्
०२ माघ २०७७
•
४ मिनेट पाठ
वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्
कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।  




रोजगारीका लागि कुवेत पठाउने आश्वासन दिए पनि चौधरीको उद्देश्य दिल्लीमै ती महिलालाई बेचबिखन गर्ने रहेको खुलेपछि सहयोगी संस्थाको पहलमा उनीहरूको उद्धार गरिएको थियो। उद्धार गरेर काठमाडौं ल्याइएपछि ती महिलाले चौधरीविरुद्ध २०७२ माघ २९ मा प्रहरीमा निवेदन दिएका थिए।  

सोही निवेदनको आधारमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले चौधरीलाई काठमाडौंबाट पक्राउ गरेको हो। ‘निकै मेहनतका साथ अभियुक्त पक्रन सफल भए पनि जाहेरवालालाई सम्पर्कमा ल्याउन सकेका छैनौं,’ ब्युरोका प्रहरी निरीक्षक सुवास केसीले भने, ‘दरखास्तमा उल्लेख गरिएका मोबाइलमा सम्पर्क हुन सक्दैन। घर ठेगानामा खोजी गर्न लगाउँदा भेटिँदैनन्।’

उजुरीकर्ता सम्पर्कमा नआएपछि प्रहरीलाई अभियुक्तविरुद्ध मुद्दा अघि बढाउन अन्योल भएको छ। अभियुक्तविरुद्ध मुद्दाको प्रक्रिया अघि बढाउँदा पीडितले सनाखत गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रहरी अधिकृतका अनुसार पीडितको बयान नलिई अघि बढाइएको मुद्दालाई अदालतले राम्रोसँग हेर्दैन। ‘पीडित सम्पर्कमा नआउँदा वर्षौंको मेहनतपछि फेला परेका आरोपीले उन्मुक्ति पाउने खतराले चिन्तित छौं,’ ती अधिकृतले भने।  

दाङ, ढिकरपोखरी–५ का ४५ वर्षीय सविन साहविरुद्ध रोजगारीका लागि कुवेत र दुबई लैजाने बहानामा दिल्ली पुर्‍याएर महिलालाई शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोपमा १० जाहेरी परेका छन्।  

२०७३ जेठ २८ देखि साउन २२ सम्म गुल्मी, झापा, खोटाङ र सुनसरी घर भएका ती महिलालाई शोषण गरेको आरोप साहमाथि छ। उद्धारपछि फर्केका ती महिलाले दिएको जाहेरीको आधारमा केही दिनअघि ब्युरोले साहलाई पक्राउ गरेको हो। अहिले साहविरुद्ध उजुरी दिने महिला सम्पर्कमा छैनन्।  

पीडित भनिएका महिलाले प्रहरीमा दिएको उजुरीमा साहले दिल्लीमा १८ दिन राखेर शारीरिक र मानसिक शोषण गरी १० महिलासँग प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले असुल समेत गरेको आरोप छ।  

स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेश जान खोजेका महिला दलालको फन्दामा पर्ने क्रम जारी रहे पनि उजुरीकर्ता सम्पर्कमा नआउँदा अभियुक्तलाई कानुनी दायरामा ल्याउन कठिन भइरहेको प्रहरी अधिकारीहरूको गुनासो छ।

‘उजुरी दिने तर सम्पर्कमा नआउने कारण अभियुक्तलाई थप अपराध गर्न प्रोत्साहन मिलेको छ भन्ने उदाहरण १० वटा अभियोग लागेका सविन साह हुन्,’ केसीले भने, ‘किनकि उनीविरुद्ध मानव बेचबिखनको आरोपमा १० वटा उजुरी परिसकेको छ। उजुरी परेकै बेला कारबाही गर्न सकेको भए एकातिर अपराध कार्यमा संलग्न व्यक्ति कानुनी दायरामा आउन सक्ने र अर्कोतर्फ मानव बेचबेखिनजस्ता जघन्य अपराधका घटनामा कमी आउने आउन सक्थ्यो।’

विज्ञहरू मानव बेचबिखनजस्ता गम्भीर अपराध गरेका व्यक्तिविरुद्ध सुरुमा उजुरी पर्ने तर पछि सम्पर्कमा नआउनुको मुख्य कारणमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन र वैदेशिक रोजगार ऐनबीच तारतम्य नमिल्नुलाई लिन्छन्।  

श्रमविज्ञ तथा अधिवक्ता सोम लुइँटेल मानव बेचबिखन र वैदेशिक रोजगार ऐनबीचको अन्तरलाई समाधान गर्न सकियो भने अहिलेको समस्या अन्त्य हुने बताउँछन्। मानव बेचबिखन ऐनमा दोषीलाई २० वर्षसम्म सजाय हुने प्रावधान छ। तर वैदेशिक रोजगार ऐनमा पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था छ। मानव बेचबिखन ऐन आकर्षित हुँदा पीडितले क्षतिपूर्ति नपाउने र वैदेशिक रोजगार ऐन आकर्षित हुँदा पीडकलाई कम सजाय हुने अहिलेको कानुनी व्यवस्थाले वैदेशिक रोजगारीको नाममा हुने ठगीलाई सम्बोधन गर्न नसेको सम्बद्ध अधिकारीको भनाइ छ। ‘पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा हुने ठगीको रूपमा पनि परिवर्तन भएकाले विद्यमान यी दुई ऐन (मानव बेचबिखन र वैदेशिक रोजगार) बीच तारतम्य मिलाउन जरूरी छ,’ लुइँटेलले भने।  

छुट्टाछुट्टै रूपमा हेर्दा विद्यमान दुई ऐन पीडितमैत्री देखिन्छन्। तर वैदेशिक रोजगारीको नाममा ठगीका रूप बदलिएकोले यी दुवै ऐनलाई मिलाएर अर्को बनाउनुपर्ने आवश्यकता देखिएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमा अभियोग ठहरे पीडकलाई २० वर्षसम्म सजाय हुने व्यवस्था छ। वैदेशिक रोजगारीको नाममा ठगी प्रमाणित भए बिगोको डेढ गुनासम्म क्षतिपूर्ति दिनुपर्ने प्रवधान वैदेशिक रोजगार ऐनमा छ।  

ब्युरोका अनुसार हालसम्म मानव बेचबिखन आरोपमा एक सय ३८ उजुरी दर्ता भएकोमा १९ उजुरीकर्ता भेटिएका छैनन्। ती उजुरीकर्ता नभेटिए पनि आरोपीलाई भने पक्राउ गरेको प्रहरीले जनाएको छ । 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस