कालिकोटका स्थानीय तह कर्मचारी विहीन भएका छन्। पालिकामा लेखापाल र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ।
स्थानीय तहमा जनप्रतिनिधि आएको ८ महिना भन्दा बढी भइसक्दा समेत स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आएका छन्। जिल्लाको खाडाँचक्र नगरपालिका बाहेक अन्य पालिकामा कर्मचारीको अभाव रहेकाे छ।
स्थानीय तहका विषयगत शाखामा कर्मचारी नहुँदा स्थानीयले सेवा प्रवाहमा समस्या भोग्दै आइरहेका छन् भने साबिकका कार्यालयबाट पाउने सेवा समेत पाउन सकेका छैनन्।
शुभ कालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखापाल लगायतका शाखा कर्मचारी विहीन रहेका छन्। साथै जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका पनि लेखापाल विहीन भएको छ।
विषयगत शाखा पनि कर्मचारी विहीन छन्। यसै गरी गाउँपालिकाका अधिकांश विषयगत शाखामा कर्मचारीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको स्थानीयले बताउँछन्।
कर्मचारी हुँदाहुँदै फेरी विज्ञापन
कालिकोटको शुभ कालिका गाउँपालिकाले स्वास्थ्यका कर्मचारी हुँदाहुँदै फेरी विज्ञापन माग गरेको छ।
भाद्र ५ गते बसको गाउँपालिकाको निर्णय अनुसार नयाँ कर्मचारीको लागि विज्ञापन माग गरिएकाे हाे। गाउँपालिकामा फाजिलवाला कर्मचारी तलब भत्ता खाइरहेको बेला आफ्ना मान्छे राख्नलाई नियम विपरीत कर्मचारी राख्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
गाउँपालिकाले नयाँ कर्मचारी नियुक्ति गर्न गरेको विज्ञापनमा आवेदन दिएकालाई लिखित परीक्षा नलिई, सटलिष्टमा पारेर मौखिक परीक्षा लिन सुरु गरिएको छ। आफ्ना पार्टीका कार्यकर्तालाई राख्नलाई यस्तो गरेको भन्दै स्थानीयले भने आरोप लगाएका छन्।