वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल
०४ पौष २०७९
•
४ मिनेट पाठ
वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ।  




वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ।  

पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र हिलो नआउने गरी पानी राजधानी ल्याउने विषयमा सरोकारवाला निकायसँग छलफल चलिरहेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिए। यस्तो संरचनाले सामान्य अवस्थामा आउने बाढी रोक्नेछ। विसं २०७८ असार १ मा आएजस्तो करिब एक शताब्दीमा आउने बाढी भने यो संरचनाले नधान्ने आयोजनाले जनाएको छ। सामान्य बाढी धान्ने भएकाले ‘हेडवक्र्स’ नबनेसम्मका लागि यो संरचना बनाउन लागिएको हो।

जेठ अगावै संरचना बनाइने

वर्षामा पनि पानी राजधानी ल्याउन सकिने गरी अस्थायी संरचना बनाउने प्रस्ताव तयार भएको उनले बताए। यस्तो संरचना आगामी जेठ अगावै बनाइने छ।  

वर्षामा पनि पानी ल्याउन बनाइने अस्थायी संरचनाका लागि खर्च पनि धेरै नलाग्ने आयोजनाले जनाएको छ। कम खर्चिलो र थोरै समय लगाएर वर्षाका पाँच महिनामा पनि मेलम्चीको पानी राजधानीवासीका धारामा झार्न आयोजनाले पहल थालेको हो।  

आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जेठसम्म वर्षामा पनि पानी आउने संरचना बनाउन अहिले काम गरिरहेको निर्माण व्यवसायीलाई नै काम दिने गरी मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए।  

निर्माण व्यवसायीको छनोटको प्रक्रियाबाट अघि बढ्दा असारदेखि मेलम्चीको पानी राजधानी ल्याउन निरन्तरता दिन नभ्याइने आयोजनाले जनाएको छ। हाल मेलम्ची खोलाको दैनिक १७ करोड ५० लाख लिटर पानी राजधानीमा आइरहेको छ। तर राजधानीमा माग भने ४३ करोड लिटर पानीको छ।  

बागमती स्रोतबाट हाल दैनिक नौ करोड लिटरसम्म पानी पूर्ति भइरहेको छ। खानेपानी मन्त्रालयले राजधानीका काठ क्षेत्र र सीमा जोडिएका जिल्लाका स्रोतबाट पनि छिटो राजधानीमा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जनाएको छ।

विसं २०७७ चैत तेस्रो साता पहिलोपटक राजधानी आइपुगेको मेलम्चीको पानी २०७८ जेठ अन्तिम साता वर्षाको बाढी सुरुङमा छिर्न सक्ने भन्दै बन्द गरिएको थियो।  

त्यसबेला ‘हेडवक्र्स’को काम भइरहेको भनिएको थियो। २०७८ असार १ मा मेलम्ची खोलाको मुहानमाथि भ्रेमाथानबाट झरेको लेदोसहितको बाढीले खानेपानी आयोजनाको संरचनामा क्षति गरेको थियो। बाढीले संरचनासँगै ‘हेडवक्र्स’मा पनि क्षति भएको थियो।

क्षतिपछि हेलम्बु गाउँपालिकाको समेत सहयोगमा संरचना निर्माण गरेर २०७८ चैतमा दोस्रोपटक राजधानीमा मेलम्चीको पानी वितरण गरिएको थियो। त्यसपछि जल तथा मौसम विज्ञान विभागलगायत सरोकार भएका निकायको अनुमान अनुसार बाढी आउने सम्भावना बढेपछि २०७९ असारदेखि फेरि बन्द गरिएको थियो। दोस्रोपटक बन्द गरिएको मेलम्चीको पानी २०७९ मङ्सिर तेस्रो साता तेस्रो पटक राजधानी ल्याइएको हो।

‘हेडवक्र्स’ निर्माण अध्ययन जारी

हेडवक्र्समा पनि क्षति भएपछि हाल खानेपानी मन्त्रालय र एसियाली विकास बैंक ९एडिबी०ले यस विषयमा अध्ययन गरिरहेका छन्।  

विज्ञसहितको टोलीले पहिलेकै ठाउँमा हेडवक्र्स बनाउन सकिन्छ कि सकिन्न भनेर भौगोलिक अध्ययन भइरहेको आयोजनाका प्रवक्ता पन्तले बताउनुभयो। अध्ययन प्रतिवेदन बनाएर हेडवक्र्स निर्माण गर्दा असार अगावै नसकिने भएकाले वर्षामा पनि पानी ल्याउन अस्थायी संरचना बनाउने प्रस्ताव आयोजनाले अघि सारेको हो।

अहिले हेडवक्र्स निर्माण नभएकैले वर्षामा पनि मेलम्चीको पानी राजधानी ल्याउन नसकिएको आयोजनाले जनाएको छ। हालसम्म मेलम्ची खानेपानी आयोजनामा रु ३१ अर्ब ११ करोड खर्च भइसकेको छ।  

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गरेका कारण पनि आयोजनाका काममा असर गरेको छ। समिति खारेजीको निर्णयले अहिलेसम्म कर्मचारी तलब पनि पाएका छैनन्।  

समितिलाई निरन्तरता दिने सैद्धान्तिक सहमति सरकारले जनाए पनि निर्णय भने नहुँदा काममा असर गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ। समिति खारेजीको अवस्थामा रहँदा मेलम्चीको दोस्रो चरणमा राजधानी ल्याइने याङ्री र लार्केको काम पनि प्रभावित भएको छ।  

मेलम्ची खानेपानी आयोजनाले स्थानीयवासीले उठाएका सवालमा ध्यान नदिँदा जुनसुकै बेला समस्या आउने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।  आयोजनाले मेलम्ची बाढीले भत्काएको सडक, पुललगायत संरचना निर्माणमा पहल नगरेको, पानीको महसुल स्थानीय सरकारलाई दिनुपर्ने शुल्कको निर्णय नगरेको उनको गुनासो छ। रासस
अर्को समाचार
सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित
१४ भदौ २०७७
•
४ मिनेट पाठ
सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित
मुख्य संरचना सुरुङमार्गमा नयाँ डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्ची पानी नपाउने निश्चित भएको छ । योसँगै बहुप्रतिक्षित तथा बहुचर्चित मेलम्ची खानेपानी आयोजना अझै कम्तिमा तीन महिना पछाडि धकेलिने पक्कापक्की जस्तै छ ।  




डिजाइन र जडानमा नै त्रुटी भेटिएको हालको गेट झिकेर नयाँ स्वरुपमा राख्नु पर्ने भएकाले मेलम्ची पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए । ‘नयाँ डिजाइन अनुसार गेट राख्न तीन महिना लाग्छ,’ उनले नागरिकसँग भने, ‘दसैंसम्म मेलम्ची पानी राजधानी ल्याउन अब सम्भव रहेन ।’ पटक–पटक भाखा सार्दै आएको सरकारले पछिल्लो पल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।  

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटी भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो । घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शव फेला पारे पनि एक कर्मचारी अझै बेपत्ता छन् ।

घटनापछि खानेपानी मन्त्रालयद्धारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित बिज्ञ सम्मिलित छानविन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटी औँल्याएको हो । १५ दिनभन्दा बढी गेटको अध्ययन गरेर ६ सदस्यीय समितिले साउन दोस्रो साता सुझावसहित छानविन प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । समितिको सुझावअनुसार नै गेटमा भएको त्रुटी सच्याउँने काम थालिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।  

उनका अनुसार अहिले गेट निकाल्ने काम भइरहेको छ । साढे २६ किलोमिटर लामो सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा चार गेट छन् । सुझावअनुसार चारै गेट निकालेर नयाँ स्वरुपमा जडान गरिने श्रेष्ठले जानकारी दिए । खुलेको अम्बाथानस्थित १७ नम्बर गेट र ग्याल्थुम अडिटको गेट निकाली सकिएको छ । ‘गेट फुकाल्न विष्फोट नै गर्नुपर्ने हुन्छ । यसले गेट अडिने ढलान फ्रेम नै बिगार्छ,’ उनले भने ।

आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । ‘जसरी हामी बाहिरबाट भित्रतिर ढोका खोलेर घरमा पस्छौँ । अब राखिने गेटको नयाँ स्वरुप भनेको घरको ढोका जस्तै हो,’ उनले भने ।  

पूरानो गेट बाहिरबाटै बाहिरै खोलेर नटबोल्ट कसिने डिजाइन हो । परीक्षणको क्रममा पानी चापले नटबोल्ट स्लिप भएर खुस्किएपछि गेट सुरुङ बाहिर खुलेको थियो । बाहिरबाट भित्र खोल्ने गरी डिजाइन गरिएको भए दुर्घटना नहुने छानविन समितिको ठहर थियो । सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्सको पनि काम गरिरहेको छ । इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट डिजाइन, निर्माण, जडान गरिएको थियो । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको थियो ।

नयाँ डिजाइनमा फलामे गेट (ढोका) पुरानै प्रयोगमा ल्याउन मिल्ने भए पनि चौकोस भारतबाट मगाउनु पर्ने उपकार्यकारी निर्देशक श्रेष्ठले बताए । उनका अनुसार ढलान फ्रेम भएको चौकोसमा फलामे गेट झुण्डाइन्छ । पुरानो फ्रेम गेट निकाल्दा नष्ट हुने भएकाले नयाँ झिकाउनु परेको छ । ‘कोरोना र सीमा नाका बन्द भएको अवस्थामा भारतबाट फ्रेम झिकाउन त्यति सहज छैन,’ उनले भने । उनका अनुसार समयमै फे्रम झिकाउन सकेको खण्डमा तीन महिनामै गेट जडान सकिन्छ, अन्यथा यो समय अझै धेरै लाग्न सक्छ ।

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो । परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो । सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो । सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो ।

आयोजनाका अनुसार सुरुङमा प्रतिसेकेण्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि पाँच प्रतिशत मात्र छिराइएको थियो । तर सुरुङको गेटले त्यति पाँच प्रतिशत पानीको चाप पनि थेग्न सकेन । आयोजनाकै अनुमानमा गेट जडान तीन महिनामा सकिए पुनः सुरुदेखि नै सुरुङ परीक्षण गर्न थप दुई महिना समय लाग्छ । चाँडोमा अझै पाँच महिना मेलम्ची उपत्यका नपुग्ने आयोजनाका अधिकारीहरु नै स्वीकार्छन् ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस