बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रुपमा रहेको बालविवाहको अन्त्य हुन सकेको छैन्।
बालविवाह विरुद्ध साझा अभियान कालिकोटको आयोजनामा मंगलबार महवै गाउँपालिकाको केन्द्र पद्मघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित पालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्यहरू लगायतका जनप्रतिनिधिहरूले कानुनहरू प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको बताए।
कार्यक्रममा महावै गाउँपालिका–१ का अध्यक्ष नरेन्द्र शाहीले समाजमा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको बताउँदै बालविवाह गर्नु गराउनु, बाल अधिकार,महिला अधिकार,मानव अधिकार र कानुनी शासनको समेत प्रतिकूल भएको र बालविवाहबाट बालबालिका पढ्न पाउने, स्वैच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वञ्चित हुने भएकाले यसको अन्त्य गर्नु पर्नेमा जोड दिए। साथै उनले बालविवाह अन्त्य गर्ने कानुनी व्यवस्था भएपनि स्थानीय तहमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै गएको बताए।
कालिकोट जिल्लामा धार्मिक अन्धविश्वास र परम्पराका, बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि बालविवाह जस्ता गैर कानुनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ।
गाउँ स्तरका नागरिकले बालविवाहबाट वैवाहिक जीवनमा पर्न सक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्न सक्ने गम्भीर खतरा,बाल अधिकार,कानुनी बन्देजहरूको बारेमा राम्ररी जानकारी नपाएका कारण बालविवाहले निरन्तरता पाई रहेको वडा नम्बर २ का वडाध्यक्ष हर्कबहादुर सिंहको भनाइ छ। उनले आफ्नो वडा र सिङ्गो गाउँपालिकालाई नै बालविवाह मुक्त गराउन रणनीतिक योजना बनाएर अभियानमा लाग्ने प्रतिबद्धता जनाए।
कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बालविवाह सामाजिक तथा परम्परागत कुरीति भएकाले यसको अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने,अभिभावकलाई यौन तथा प्रजनन शिक्षा सम्बन्धी तालिम दिनु पर्ने र बालबालिकाहरूलाई सानै उमेरदेखि बालविवाह गर्नुहुन्न भन्ने मानसिकताको विकास गराउनु पर्ने धारणा व्यक्त गरे।
बालविवाहको बारेमा सकभर कसैले उजुरी नै नगर्ने र कसैले कुनै कारणले उजुरी गरेकै खण्डमा पनि यो आफन्त भनेर ढाकछोप गर्ने, सामाजिक, रीतिरिवाज, धार्मिक एवं सांस्कृतिक प्रचलन भएको बताउँदै बालविवाहलाई सामाजिक मान्यता मिलापत्र गराई दिने गरेका कारणहरूले जिल्लामा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको कार्यक्रमका सहजकर्ता एवम् पत्रकार कालीबहादुर मल्लले गुनासो गरे।
नेपालको बालविवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैर कानुनी हुने भएकोले बदर हुने व्यवस्था गरिएको छ। यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र दश हजार जरिवाना हुन सक्ने भनिए पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन्।