प्रेस काउन्सिलमा उजुरीको ओइरो, कडा आचार संहिता ल्याउने तयारी
१७ असार २०७३
•
६ मिनेट पाठ
प्रेस काउन्सिलमा उजुरीको ओइरो, कडा आचार संहिता ल्याउने तयारी
काठमाडौं—पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन/प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ।

चालु आवको असार दोस्रो सातासम्ममा काउन्सिलमा १०३ (मङ्सिरसम्ममा २१ उजुरी तामेली) उजुरी परेका छन्। आव २०७१/७२ मा ५४ (तामेली १४) उजुरी परेका थिए। त्यसैगरी २०७०/७१ मा ४१ (तामेली ८) उजुरी परेका थिए।

सबैभन्दा बढी आर्थिक दैनिक र जनआस्था साप्ताहिकविरुद्ध पाँच/पाँच वटा उजुरी परेका छन्। यसैगरी सेतोपाटी डटकम, अन्नपूर्णपोष्ट दैनिक र अनलाइन खबर डटकमविरुद्ध दुई-दुई वटा उजुरी परेका छन्। यीमध्ये कतिले आफ्नो समाचारको खण्डन गरेका छन् भने कतिले अटेर गरिरहेका छन्।

चालु आवमा परेका कुल १०३ उजुरीमध्ये टेलिभिजन र रेडियोविरुद्ध पनि आचारसंहिता उल्लङ्घन गरी झूटा समाचार प्रसारण गरेको काउन्सिलमा उजुरी परेका छन्। अधिकांश उजुरीको प्रकृति ‘झूटो समाचार प्रकाशन/प्रसारण गरेको’ भन्ने छ ।

पछिल्लो पटक यही जेठ २६ गते आर्थिक दैनिकमा प्रकाशित ‘सुनमा मिसाउने अवैध रसायनलाई धुलो दूध भन्दै तस्करलाई उन्मूक्ति’ र सोही पत्रिकामा २०६२ माघ ४ गते प्रकाशित ‘विश्वमा नै प्रतिबन्धित सुनमा मिसाउने रसायनमा नेपाली गिरोह’ शीर्षकको समाचार झूटो रहेको भन्दै थिमि नपा–११ दिगुटोलका भरत बज्राचार्यले काउन्सिलमा उजुरी गरेका छन्।

'आर्थिक दैनिकका समाचारदाताले मागेअनुसार नजराना नटक्र्याएकै प्रतिशोधमा त्यस्ता समाचार लेखेर छाप्ने दुस्साहस गरेका हुन्, मेरो मानवअधिकार हनन गरेका उनीहरू पनि कानुन बमोजिम छानबिनको दायरामा आऊन', उजुरीमा भनिएको छ ।

सो समाचारबारे खण्डनका लागि काउन्सिलले फ्याक्समार्फत आर्थिक दैनिकलाई आग्रहसमेत गरिसकेको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए।

त्यसैगरी, काउन्सिल आफैँले गरेको अनुगमनका क्रममा २०७२ चैत २९ गते ‘प्रतिस्पर्धा’ साप्ताहिकमा ‘प्रेस काउन्सिलमा भाँडभैलो’ शीर्षकको समाचार गलत भएको जानकारी गराउँदै काउन्सिलले समाचारबारे प्रमाणसहित जवाफ मागेको थियो तर काउन्सिललाई चित्त बुझ्दो जवाफ आएको छैन।

पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित–२०६४) मा निजी स्वार्थ पूर्तिका लागि आमसञ्चारमाध्यमको प्रयोग गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने र तथ्य बङ्ग्याउन नहुनेलगायत १४ बुँदामा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कार्यहरू उल्लेख गरिएका छन्।

आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले गर्ने अन्तिम कारबाहीस्वरूप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बत गर्न सिफारिस गर्ने, काउन्सिलको मूल्याङ्कन वर्गीकरणबाट अलग गर्ने र काउन्सिलको निर्णयलाई निरन्तर अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमविरुद्ध काउन्सिलले खेद प्रकट गरी पटक पटक गरेको कारबाहीको विवरणसहित सार्वजनिक रूपमा प्रकाशन/प्रसारण गर्न सक्नेछ ।

पत्रकार तथा सञ्चारमाध्यमले जतिपटक झूटो समाचार प्रकाशन/प्रसारण गरे पनि सानो खण्डन निकालेपछि माफी हुने भएका कारण पनि ती सञ्चारमाध्यमले व्यक्तिको मानवअधिकार हनन हुने गरी पटक पटक झूटा समाचार लेख्ने गरेको उजुरीकर्ताको भनाइ छ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले अहिलेको आचारसंहिता अलि नरम भएको देखिएको सन्दर्भमा काउन्सिलले नयाँ आचारसंहिता जारी गरी कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरिरहेको बताए। आमजनतामा उजुरी गर्नुपर्छ भन्ने जानकारी भएको कारण पनि काउन्सिलमा दिन प्रतिदिन उजुरीको सङ्ख्या बढ्दै गएको अध्यक्ष कार्कीको भनाइ छ।

आचारसंहिता पालना गर्नु मिडियाको दायित्व भएको नेपाल पत्रकार महासंघ डा.महेन्द्र विष्टको भनाइ छ। 'आचारसंहिता पालना गर्नु पत्रकार तथा आमसञ्चारमाध्यमको दायित्व हो। पत्रकारलाई प्रेस स्वतन्त्रता हुनुपर्छ तर, कसैको व्यक्तिगत लेनदेन वा रिसइबीका कारण समाचार लेखिनु हुँदैन', उनले भने। अध्यक्ष विष्टले काउन्सिलको क्षेत्राधिकारलाई बढाएर नयाँ आमसञ्चार नीतिमै समेट्न छलफल भइरहेको समेत जानकारी दिए।

सुशील दर्नाल/रासस
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस