आपराधिक गतिविधिको हब बन्दै मधेस प्रदेश
०७ पौष २०७९
•
५ मिनेट पाठ
आपराधिक गतिविधिको हब बन्दै मधेस प्रदेश
घटना १




वीरगन्ज महानगरपालिका–२७ जसौलीमा मंगलबार राती ३० बर्सिया रिंकुदेवी दासको हत्या भयो। प्रारम्भिक अनुसन्धानबाट प्रहरीले रिंकुको हत्यामा उनकै श्रीमान् ३४ वर्षीय कुशल दास र उनका (कुशलका) भाइ २८ वर्षीय भरत दासको संलग्नता रहको खुलेको छ।

मंगलबार मध्यरातमा बिजुलीको नाङ्गो तार हातमा प्रवाह गरी रिंकुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका एसपी रमेश बस्नेतले बताए। आरोपित कुशलले पत्नी रिंकुलाई हत्या गर्नुको कारण ‘परपुरुषसँग लागेको’ प्रहरीसमक्ष बयान दिएका छन्।

हत्यालाई पचाउन कुशलले दुर्घटनाको रङ्ग दिन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रिंकुको हत्या गरेर कुशलले भाइ भरतलाई बोलाएर उनले चलाउने ना. ३ च. ६२४७ नम्बरको गाडीमा शवलाई बाहिर निकालेर टाउको किच्याएको प्रहरीले जनाएको छ।

बाटोमै महिला लडिरहेको सूचनापछि प्रहरी सो स्थानमा पुगेर अनुसन्धान गर्दा दुर्घटना नभई हत्या भएको खुलेको एसपी बस्नेतले बताए। त्यसपछि प्रहरीले कुशल र भरतलाई पक्राउ गरी सोधपुछ गरेको थियो। उनी दुबैलाई रिंकु हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–१ नरगी गाउँका रामशंकर यादव, अजय साह र एक युवकको हत्या गरी दुर्घटनाको रूप दिइएको खुलेको छ। नरगी गाउँका रामशंकर यादव (३२) को हत्या गरी दुर्घटनाको रूप दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना २

सिरहाको बरियारपट्टी गाउँपालिका–१ नरगीका रामशंकर यादव, दिपेन्द्र यादव र अजय साह करिबी दोस्त थिए। उनीहरु एकै गाउँका घनिष्ठ भएपनि फरक दलमा संलग्न थिए। अरुबेला सँगसँगै भएपनि चुनावका बेला उनीहरु अलग अलग उम्मेदवारका लागि मत माग्न खटिएका थिए।

चुनाव सम्पन्न भयो। परिणाम पनि सार्वजनिक भयो। फेरी उनीहरु सँगसँगै भए। सोही क्रममा मंसिर ९ गते उनीहरु गाउँकै होटलमा सँगै खानपिन गर्न बसेका थिए। खानपिनकै क्रममा उनीहरूबिच चुनावी परिणामको विषयमा विवाद भयो। कुटपिटपछि रामशंकरको हत्या गरेको आरोपमा प्रहरीले अजय साह र दिपेन्द्रकुमार यादवलाई पक्राउ गर्‍यो।

हत्यालाई दुर्घटनाको रूप दिन रामशंकरको शव नरगी कुसण्डी सडकमा फालिएको थियो। रामशंकरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै दिपेन्द्रले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। घटनास्थल पुगेका प्रहरीले मृतकको शव हतार हतार उठाएर पोस्टमार्टमका लागि लगेपछि शङ्का लागेर स्थानीयले मृत्युको कारण खोतल्न थाले। र, रामशंकरको हत्या भएको सुराक पाएपछि आफन्तले अनुसन्धानका लागि प्रहरीलाई जानकारी गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा दिपेन्द्रकुमार यादव र अजय साहलाई नियन्त्रणमा रामशंकरको हत्याको घटनालाई पचाउन दुर्घटनाको रङ्ग दिन खोजेको खुलेको थियो।

रामशंकरका श्रीमती चन्द्रिकादेवी यादवले पतीको हत्यारालाई हदैसम्मको दण्ड दिन बिन्ती गरेकी छिन्। चन्द्रिका र रामशंकर दश वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। उनका तीन वर्षे छोरा प्रियान्सुर र पाँच बर्सिया छोरी डेजी छन्।

चन्द्रिकाको एउटै माग छ ‘हाम्रो परिवारको सहारा खोस्नेलाई हदैसम्मको सजाय होस्। ‘लालाबालाको पिता खोस्नेमाथि राज्य कठोर सजाय सुनाओस्, उनले भनिन्।’

घटना ३

सर्लाहीको चक्रघट्टा गाउँपालिका –२ भेल्ही गाउँमा जग्गा सम्बन्धी विवादमा देवरले भाउजुको कुटपिट गरी हत्या गरेको खुलेको छ। सागर देवीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई प्रहरीले पक्राउ गरेको छ। सागरदेवीलाई कुटपिट गर्न पुकारका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनितादेवी राय समेत संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

दाजु र भाइबिच जग्गाको विषयमा पुरानो विवाद रहेको र सोही विषयमा समय समयमा दाजु भाइबिच झगडा हुने गरेको थियो। पुरानो जमिनकै विषयमा भएको विवादमा कुटपिट गरी सागरदेवीको हत्या गरेको प्रहरीले जनाएको छ।

घटना ४

सिरहाको मिर्चैया नगरपालिका–२ मलहनीया गाउँकी २६ बर्सिया लक्ष्मी निया कापरको शव अकरहिया सामुदायिक वनमा हत्या भएको अवस्थामा फेला पर्‍यो। प्रहरीको अनुसन्धानबाट उनको हत्यामा सोही ठाउँ बस्ने चिनजानकै २० वर्षीय राजकुमार कोइरी र नितेशकुमार रजकको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

जबरजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि पेटमा खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा कोइरी र रजकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको सिरहाका प्रहरी प्रवक्ता (डिएपी) शुभाष बुढाथोकीले बताए।

घटना ५

धनुषाको बटेश्वरमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ। बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी २७ बर्सिया रितादेवी यादवको हत्या आरोपमा उनककै श्रीमान् वीरेन्द्र यादव पक्राउ परेका छन्। बिहान चिया पकाउन भन्दा अटेर गरेको निहुँमा वीरेन्द्रले बन्चरो रितामाथि बन्चरो प्रहार गरेका थिए।

बन्चरो प्रहारबाट मृत्यु भएपछि वीरेन्द्रले घटना अन्यत्र मोड्न अज्ञात समूहले श्रीमतीमाथि बन्चरो प्रहार गरेको हल्ला फैलाएका थिए। र, उपचारका लागि श्रीमतीलाई अस्पताल पुर्‍याएका थिए। तर, प्रहरीले सोधपुछ गर्न थालेपछि वीरेन्द्रले आफूले नै बन्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको धनुषा प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र क्षेत्रीले बताए।

उनले प्रहार गरेको बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेका थिए। उक्त बन्चरो प्रहरीले बरामद गरी वीरेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनका ४ वर्षीय र ६ वर्षीय दुई छोरा छन्।

उल्लेखित घटनाले मधेसको परम्परागत सामाजिक मिलापलाई खलबलाइदिएको छ। मधेसको समाजमा यस किसिमका अपराधका घटना पछिल्लो समय बढ्दै जानुले यो समाज क्रुरतातर्फ अघि बढिहरेको संकेत दिन्छ। सामान्य कुरामा यस किसिमको क्रोध यस समाजका लागि अस्वाभाविक हो सर्लाहीका बुद्धिजीवी रजनिककान्त झा भन्छन्,‘मिलनसार समाज बिस्तारै जानलेबा बन्दै जानु डरलाग्दो संकेत हो।’

पर्साका एसपी रमेश बस्नेत भन्छन्,‘आपराधिक मानसिकताका व्यक्तिले घटाउने अपराध त परिवेशले फरक पार्दो रहेनछ तर पछिल्ला केही घटना समाजलाई नै झस्काउने छन्। क्रूर व्यक्ति जुनसुकै समाजमा हुन सक्छन्, क्रूरताको हद्द हुँदो रहेछन्, उनले भने।’ पछिल्लो समय समाजमा क्रूरताको पराकाष्ठा नाघ्ने गरी भएका अपराधका घटनाले सामाजिक सद्भाव, सौहार्द्यता, मानवतालाई छोप्दै गएको छ।

उल्लेखित घटनाले मधेसी समाजमा गर्मी र ठण्डीको पराकाष्ठा मात्र नभई अतिवादी आपराधिक मानसिकताको पनि पराकाष्ठा नाघेको देखिन्छ। यी घटनाले मधेसको मिलनसार मौलिक छविलाई नै खलबलाई दिएको बुद्धिजीवीहरू बताउँछन्।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
३४ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
यो पनि पढौँ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस