शोभराजले पाए कैद छुट पुर्जी
०८ पौष २०७९
•
३ मिनेट पाठ
शोभराजले पाए कैद छुट पुर्जी
भक्तपुर र काठमाडौं जिल्ला अदालतले कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजका लागि बिहीबार कैद छुट पुर्जी पठाएका छन्। सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्।  




भक्तपुर जिल्ला अदालतले शोभराजलाई २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्ने फैसला गरेको थियो। सर्वोच्चको आदेश बमोजिम जिल्ला अदालतले शोभराजलाई कैद छुट पुर्जी पठाएको हो। यता काठमाडौं जिल्ला अदालतमा शोभराजविरुद्ध जाली राहदानी र ज्यान मार्ने उद्योगसम्बन्धी दुईवटा मुद्दा चलेका थिए। त्यसै विषयमा केन्द्रीय कारागार काठमाडौंले जिल्ला अदालतले काठमाडौंलाई पत्राचार गरेको थियो। काठमाडौं अदालतले भक्तपुर जिल्ला अदालतले पठाएको पत्रानुसार जवाफ पठाएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। ‘कारागारले काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएको थियो। त्यसको जवाफ पठाइएको छ। भक्तपुर जिल्ला अदालतले नै भने बमोजिम पठाइएको छ,’ सूचना अधिकारी दाहालले भने।  

भारतीय नागरिक मनमित भाटियाले जाली नोट कारोबारी युनिस अन्सारीमाथि गोली प्रहार गरेपछि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जोडिएका थिए। भाटिया शोभराजलाई कानुनी सहायता दिने निहुँमा केन्द्रीय कारागारभित्रै पुगेर गोली हानेका थिए। उनलाई भेट्न गएका व्यक्तिले नै कारागारभित्रै गोली हानेपछि ज्यान मार्ने उद्योगमा मतियार मानिएका शोभराजलाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। मुद्दामा ५ वर्ष जेल सजायको फैसला भएको थियो।  

भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले अदालतबाट बिहीबार नै कारागारमा पत्र पठाइएको बताए। ‘सर्वोच्च अदालतको आदेश बमोजिम शोभराजको मुद्दामा आजै (बिहीबार) नै इमेलबाट र प्रिन्ट गरी कैद छुट पुर्जी पठाएका छौं,’ उनले भने, ‘१९ वर्ष कैद भुक्तान गरिसकेको देखियो। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणमा आदेश भएकाले पत्र पठाएका हौं।’

शोभराजका अधिवक्ता गोपाल शिवाकोटी कैद छुट पुर्जीका लागि भक्तपुर जिल्ला अदालत पुगेका थिए। भक्तपुर जिल्ला अदालतमा एकजना क्यानेडियन नागरिकलाई मारेको कर्तव्य ज्यान मुद्दामा मात्रै कैद छुट पुर्जी पठाएको हो। ‘भक्तपुरमा एउटा मात्रै कर्तव्य ज्यानसम्बन्धी मुद्दा ठहर भएको थियो। काठमाडौं जिल्ला अदालतमा भएको मुद्दामा हामी बोल्न मिल्दैन,’ स्रेस्तेदार पुलामी मगरले भने। तर, भक्तपुर अदालतले काठमाडौं जिल्ला अदालतलाई पनि कैद छुट पुर्जी पठाएको बारेमा जानकारी गराइएको उनले बताए।  

सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराज मुटुको बिरामी रहेका र कैदीको चालचलनमा सुधार आएको भन्दै कैद मिनाहा गरी आफ्नै देश पठाउन बुधबार आदेश गरेका हुन्। सर्वोच्चको आदेशसँगै शोभराजले ८ महिना कैद मिनाहा पाएका हुन्। शोभराजले आफूले २० वर्ष सजाय तोकिएको मध्ये १५ वर्ष भुक्तान गरिसकेको दाबी गर्दै २०७५ सालमै रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। हाल ७८ वर्षका शोभराज वृद्ध भएको र असल चालचलनमा रहेको साथै ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद छोट्याउन सकिने सर्वोच्चको ठहर छ। मुटुरोगबाट पीडित उनलाई सर्वोच्चले यसअघि दुईपटकसम्म कैद भुक्तानमा छुट दिन आदेश गरेको थियो। 
अर्को समाचार
‘अ’मानवीय शोभराजलाई मानवताको सहारा !
०८ पौष २०७९
•
६ मिनेट पाठ
‘अ’मानवीय शोभराजलाई मानवताको सहारा !
विश्वका विभिन्न देशका कारागारबाट सहजै उम्कँदै अपराधको साम्राज्य चलाएका फ्रान्सेली नागरिक चाल्र्स शोभराज उर्फ ‘बिकिनी किलर’ नेपालको कारागारमा १९ वर्ष लामो ‘म्याराथन’ कारावास भोग्न बाध्य भए। ३१ वर्षको युवा अवस्थामा नेपालमा आएर गरेको अपराधका कारण ५९ वर्षको उमेरमा २०६० असोज २ गते दरबारमार्गबाट उनी पक्राउ परेका थिए। त्यसयता ७८ वर्षको उमेरसम्म उनले कारावास भोग्नुपरेको छ। नेपालको कारावासबाट भाग्न उनले अनेकन् प्रयत्न गरिरहे तर अन्य देशमा जसरी सफल भएनन्। अन्ततः नेपाली कानुनमा भएको ‘मानवता’को सहारा लिएर आठ महिनाअगावै थुनामुक्त हुने भएका छन्।




१९ वर्ष तीन महिना पाँच दिन लामो कारावासलाई बिट मार्दै शोभराज शुक्रबार कैदमुक्त हुँदैछन्। शोभराज केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगिरहेका व्यक्ति हुन्। त्यहाँबाट उनलाई शुक्रबार अध्यागमन विभागमा लगेर बुझाइनेछ। उनलाई अध्यागमनमा बुझाउने सम्पूर्ण तयारी पूरा भइसकेको केन्द्रीय कारागार सुन्धाराका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। ‘आज (बिहीबार) कारागार प्रशासनबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेका छौं। अध्यागमन विभागसँग पनि आवश्यक सहकार्य र तयारीमा काम भइसकेका छन्,’ जेलर पाण्डेले नागरिकसँग भने, ‘भोलि (शुक्रबार) बिहानै कार्यालय समयमा अध्यागमन विभागमा बुझाउँछौं।’

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई ‘कैदमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था गर्न’  

सरकारलाई आदेश दिएको थियो। सोहीअनुसार बिहीबार केन्द्रीय कारागारले शोभराजको मुद्दा चलेका भक्तपुर जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतबाट ‘छुटपुर्जी’ लिएर कैदमुक्त गर्ने प्रक्रिया थालेको थियो।  

आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ भएपछि बिहीबारै कैदमुक्त गर्न नसकिएको केन्द्रीय कारागारका जेलर पाण्डेले बताए।

उता अध्यागमन विभागले पनि केन्द्रीय कारागारबाट बुझ्ने प्रक्रिया र त्यसपछि पूरा गर्नुपर्ने अध्यागमनका कामहरूबारे आवश्यक समन्वय र तयारी थालिसकेको विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले बताइन्। ‘आवश्यक कामहरू गरिरहेका छौं। कारागार र माथिल्लो निकायसँग पनि समन्वय भइरहेको छ,’ उनले भनिन्, ‘सबै काम प्रक्रियाअनुसार नै गरेर शोभराजलाई बुझ्छौं। अनि उनलाई आफ्नै देश (फ्रान्स) पठाउनेगरी काम गर्छौं।’  

अध्यागमन विभागले बुझेर अपराधीका हकमा पूरा गर्नुपर्ने अध्यागमनका मापदण्ड पूरा गरेर काठमाडौंस्थित फ्रान्सेली दूतावासलाई बुझाउनेछ।

ती मापदण्डहरू पूरा नभएसम्म शोभराज अध्यागमन विभागकै निगरानीमा हुनेछन्। यसरी निगरानीमा राख्दा कसैका हकमा अध्यागमन विभागले आफ्नै भवन प्रयोग गर्छ भने कतिपयले आफ्नै खर्चमा होटलमै बस्न पाउँछन्। शोभराजले भने ह्यात होटलमा बस्न चाहेको स्रोतकोे भनाइ छ।  

उनी २०६० सालमा पक्राउ पर्दा आफ्नै वैधानिक पासपोर्टको प्रयोग गरेर आएकाले विभागमा खासै समस्या नपर्ने स्रोतले बतायो। तर त्यसअघि भने एउटा देशबाट अर्को देशमा जाँदा आफैंले हत्या गरेका नागरिकको पासपोर्ट प्रयोग गर्ने गर्थे। अध्यागमन विभागले अध्यागमन प्रक्रिया पूरा गरिसकेपछि एउटा टिप्पणी उठाउनेछ र त्यो टिप्पणीमा गृह सचिवले हस्ताक्षर गरेपछि मात्रै फ्रान्स ‘डिपोर्ट’को बाटो खुल्नेछ। उनलाई फ्रान्स पठाउन अध्यागमन विभागले काठमाडौंस्थित फ्रान्सेली राजदूतावाससँग पनि समन्वय थालिसकेको विभाग स्रोतले बताएको छ। फ्रान्सेली दूतावासले पनि शोभराज आफ्नो नागरिक भएकाले बुझ्न सक्ने जनाउ दिइसकेको छ। उक्त दूतावासले ‘ट्राभल डकुमेन्ट’ बनाइदिनेछ भने यात्रा भाडा भने परिवारले नै बेहोर्नुपर्ने स्रोतको भनाइ छ।  

जेलमुक्त हुन मानवताको सहारा

जीवनभर अमानवीय र क्रूर ढंगले हत्याका शृंखला चलाउँदै देशदेशावर गर्दै हिँडेका शोभराज अन्ततः मानवताका आधारमा बनेको नेपाली कानुनका सहारामा कैदमुक्त हुने भएका छन्। नेपाली ज्येष्ठ नागरिकले पाउने मानवीयताका आधारमा पाउने ‘कैद मिनाहा’ मापदण्डका आधारमा सर्वोच्च अदालतले शोभराजलाई कैदमुक्त गर्ने आदेश दिएको हो। ‘मानवअधिकार मापदण्ड, संविधान, कानुनप्रदत्त अधिकारअनुकूल देखिएन,’ सर्वोच्चले जारी गरेको फैसलामा भनिएको छ, ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन र यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन यो आदेश जारी गरिएको छ।’ हाल ७८ वर्षका शोभराज वृद्ध भएको र असल चालचलनमा रहेको साथै रोगले ओछ्यान परी निको नहुने अवस्थामा पुगेकाले ७५ प्रतिशतसम्म कैद छोट्याउन सकिने सर्वोच्चले ठहर गरेको छ।  

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा (१२) मा ‘कैद सजाय छुट दिन सकिने’ व्यवस्था गरेको छ। जसको उपदफा (ग) मा ७५ वर्ष उमेर पुगेको नागरिकले ७५ प्रतिशतसम्म कैद सजाय छुट पाउने व्यवस्था गरिएको छ। शोभराजले २०३२ पुस ६ र ८ गते अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिज र क्यानाडेली नागरिक क्यारिअरे लउरेन्टको हत्या गरेका थिए। सोही घटनामा भक्तपुर जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जसअनुसार उनले २० वर्ष कैद भुक्तान गर्नुपथ्र्यो। जसलाई सर्वोच्च अदालतले पनि २०६७ साउन १४ मा सदर गरेको थियो। सोहीअनुसार २०६० सालमा पक्राउ परेपछि जेल परेका शोभराजलाई २०८० असोज १ सम्म जेल बस्नुपर्ने हुन्थ्यो। १९ वर्ष जेलमा रहँदा पटकपटक भाग्न खोजेका शोभराज नेपाली कारागारबाट त्यसरी भाग्न सक्ने स्थिति नदेखेपछि नेपाली कानुनको यही मानवीय पक्षको सहारा लिन पुगेका थिए। नेपाली नागरिकका हकमा बनेको यो व्यवस्थाको उपयोग सर्वोच्च अदालतले शोभराजको हकमा पनि गरेको छ। शोभराजले यो व्यवस्थाको प्रयोगका लागि यसअघि दुईपटक प्रयास गरेका थिए। मुटुरोगबाट पीडित उनलाई सर्वोच्चले दुईपटकसम्म कैद भुक्तानमा छुट दिन आदेश गरेको थियो।

विश्वका विभिन्न देशमा २० वटाभन्दा बढी हत्या गरेको आरोप शोभराजमाथि छ। ती देशमा आउने विदेशी नागरिक÷पर्यटकसँग विभिन्न बहानामा मित्रता गर्ने र उनैको हत्या गरेर फरार हुने गरेको उनको ‘ट्र्याक रेकर्ड’ छ। हत्याबाहेक चोरीडकैती, लागुऔषध, नक्कली नोटको कारोबारमा समेत उनी सक्रिय थिए। यसैक्रममा उनले अपराध दुनियाँका विभिन्न ‘अन्डरवल्र्ड’ गिरोहको सदस्य र नाइके भएर समेत काम गर्दै आएका थिए।

अपराध दुनियाँमा यसरी सनसनी मच्चाउँदै गएपछि विश्वभरका सञ्चारमाध्यममा पनि शोभराजको व्यापक चर्चा हुने गरेको छ। जेलभित्र हुँदा होस वा नहुँदा उनी कहिल्यै चर्चाभन्दा बाहिर रहेनन्। पछिल्लो समय केन्द्रीय कारागारमा रहँदा पनि युनुस अन्सारीको हत्या प्रयास गरेका मनमित सिंह भाटियासँग उनको नाम जोडिएको थियो। यही जेलमा बसेर उनले बेलायती सञ्चारमाध्यममा अन्तर्वार्ता दिनसमेत भ्याएका थिए। यसरी जीवनभर अमानवीय हर्कत गरेका शोभराजलाई नेपालको कानुनको मानवीय व्यवस्थाले जीवनको उत्तरार्धमा राहत दिएको छ। ‘उनले जीवनभर अमानवीय र क्रूर अपराधको साम्राज्य चलाइरहे। त्यसको सनसनीपूर्ण कथाको चर्चा विश्वभर छ,’ वरिष्ठ अधिवक्ता अनन्तराज लुँइटेलले भने, ‘तर जेसुकै भए पनि नेपालको कानुन र मानवअधिकारसम्बन्धी कानुनहरूले दिने सुविधा उनले पाए।’ उनीविरुद्ध नेपालमा रहेका सबै मुद्दा अन्तिम भएको र ९५ प्रतिशतभन्दा बढी सजाय भुक्तान गरिसकेकाले छुट्नु स्वाभाविक रहेको उनको भनाइ छ। ‘अदालतले मानवीयताका आधारमा नेपाली नागरिकले पाउनेबराबर सुविधा दिएको छ। फौजदारी कसुरदार भएकाले सम्बन्धित मुलुकमा पठाउने आदेश छ। फैसलामा समस्या छैन,’ उनले भने।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस