दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस
०९ पौष २०७९
•
३ मिनेट पाठ
दुई दशकपछि कोसीटप्पु  क्षेत्रमा ठूलो सिलसिले हाँस
दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो।




असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन्। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ। देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन्।  

यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउँछन्। ‘अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ’, तिम्सिना बताउँछन्। ठूलो सिलसिले हाँसजस्तै अन्य थुप्रै चरा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउन छाडिसकेका छन्। प्रजातिका हिसाबले प्रतिनिधिमूलक उपस्थिति रहे तापनि सङ्ख्यात्मक हिसाबले बाह्य पर्यटक चराको उपस्थिति घट्नुले चिन्तित बनाएको तिम्सिना बताउँछन्। राज्यका स्थानीय तहले जैविक विविधता महत्वपूर्ण पाटो हो भन्ने बुझेर काम गरिदिन जरुरी रहेको तिम्सिना बताउँछन्।  

‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरुपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ’, कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष राजकुमार सिंहले बताए। उनका अनुसार सिमसारमा ढपक्कै ढाकिएको जलकुम्भी, ‘म्याइकेनिया’जस्ता वनस्पतिले हाँस प्रजातिका चरालाई असर गरेको र सिमसार आसपासका क्षेत्रमा विषादीको प्रयोगले जोखिम रहेको छ। बगेको पानीभन्दा जमेको पानीमा बस्न रुचाउने हाँस प्रजातिका चरा माछा मार्न आउने मान्छेसँग डराएर भाग्ने गरेका छन्। आरक्ष क्षेत्रमा लाइसेन्स लिएर माछा मार्न अनुमति दिने गरिएको छ जसको जोखिम चरालाई परेको छ। चरालाई उचित वासस्थान र पर्याप्त आहराको कमी अर्को समस्या रहेको छ।  

उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउँछन्। बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ। करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन्। जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन्। यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन्।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन्। यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन्। यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ। नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन्।  

उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ। नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन्। ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन्।
अर्को समाचार
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
५ मिनेट अघि
•
१ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
धनगढी। बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान बनेको छ।

उपमहानगरपालिकाले सामुदायिक पशुलाई फरक–फरक स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेसँगै विगतको सास्ती कम हुँदै गएको स्थानीयले बताएका छन्।

धनगढीका स्थानीय सीता जोशी सामुदायिक पशुको व्यवस्थित व्यवस्थापनबाट सडक दुर्घटना र खेतीबालीमा क्षति हुने कार्यमा कमी आएको सुनाउँछिन्। छाडा छोडिएका पशुसँग ठोक्किएर आँखै अगाडि दैनिकजसो सवारीसाधन दुर्घटनामा पर्ने गरेको र खेतीबाली जोगाउन परिवार नै गोठालो लाग्नुपरेको उनको अनुभव छ।

धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा संरक्षण गर्ने उद्देश्यले वडा नं ७ को देवरिया, वडा नं १६ को रामपुर र वडा नं १८ को फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको छ।

ती गौशालामा एक हजारभन्दा बढी सामुदायिक पशुको उद्धार तथा संरक्षण गरिएको र आगामी दिनमा गौशालाको सङ्ख्या बढाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ।

फूलबारीस्थित हाम्रो गौशालामा अहिले ५०० भन्दा बढी गाईगोरुलाई आश्रय दिइएको छ। उक्त गौशाला व्यवस्थापनमा संलग्न आठ कर्मचारीलाई धनगढी उपमहानगरले मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा धनगढीको सहरी र ग्रामीण क्षेत्रका बासिन्दाको एउटै माग थियो– छाडा पशुको उचित व्यवस्थापन। निर्वाचनका क्रममा मत माग्न पुगेका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई स्थानीयले सामुदायिक पशु व्यवस्थापनको खाका ल्याउनेलाई मात्र मत दिने बताएका थिए।

नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल हमालले त्यतिबेलै नागरिकसँग प्रतिबद्धता गर्नुभएको थियो– ‘प्रमुखमा जितेछु भने नगरपालिकाको बजेटबाट, पराजित भएछु भने निजी खर्चबाट गौशाला निर्माण गरेर स्थानीयको समस्या समाधान गर्छु।’

सो निर्वाचनबाट हमाल प्रमुखमा निर्वाचित भए। सोही अनुसार २०८० मङ्सिरमा छाडा गाईवस्तु फूलबारीमा गौशालामा राख्न थालिएको व्यवस्थापक डेगमान पौडेलले बताए।

“निर्वाचनका क्रममा भोट माग्दै हिँड्दाखेरि यहाँका जनताले हामीलाई केही चाहिँदैन, खेती खान पाएनौँ यी गाईको व्यवस्थापनचाहिँ गर्दिनुहोस् भनेर उम्मेदवारलाई भनेका थिए”, विगत सम्झदै पौडेलले भने, “हमाल नगर प्रमुखमा विजयी भएपछि पहिलो पटक रु ५० लाख विनियोजन गरिदिनुभयो।”

पहिलो वर्ष नै उक्त गौशालामा दुई वटा टहरा निर्माण भयो। नगरपालिकाले अर्को वर्ष थप रु एक करोड विनियोजन गर्र्यो। अहिलेसम्म आइपुग्दा फूलबारीस्थित गौशालामा मात्रै रु पाँचछ करोडको लगानी भइसकेको छ।

“विसं २०८० मङ्सिर १४ गते स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दाको रोहबरमा ५०५ गाई गौशालामा हुलेका हौँ”, व्यवस्थापक पौडेलले भन्नुभयो। साढे तीन विघा क्षेत्रफलमा फैलिएको सो गौशाला अहिले स्थानीय घरपाला पशुको हेरचाह गर्ने स्थल पनि बनेको छ।

गाईवस्तु धान्न नसक्ने भएपछि वरपरका गाउँले गौशालामा पशुचौपाया ल्याउने गरेका छन्। त्यसबापत गौशालामा प्रतिगाई रु दुई हजार शुल्क लिँदै आएको छ।

गौशालाबाट मल र दूध बिक्री हुन थालेको छ। जैविक मल उत्पादन गरी बिक्रीवितरण गर्ने काम पनि सुरु भएको छ। त्यसबाट प्राप्त रकमबाट कर्मचारिकलाई थप पारिश्रमिक र दाना तथा पराल खरिद गर्न सहयोग भएको व्यवस्थापक पौडेलको भनाइ छ। “गौशालाबाट प्रतिघनमिटर रु एक हजारमा गोबर बिक्री हुन्छ, केही दूध पनि बिक्री गर्छौं,” उनले भने, “यसबाट भुसा, पराल र दाना किन्न सहयोग मिलेको छ।”

गाईवस्तुको सङ्ख्या बढ्दै जाँदा गौशालालाई पराल र दाना पुर्‍याउन हम्मेहम्मे परेको व्यवस्थापक पौडेलको गुनासो छ। पराल र दाना अपुग भएपछि दिउँसोमा गाईलाई चराउन तीन किलोमिटर टाढा जङ्गल लैजानुपर्ने बाध्यता छ।

“गाई चराउन पाँचजना सँगसँगै जान्छौँ। त्यति गर्दा पनि कोही जङ्गल त कोही बस्तीतर्फ भाग्छन्। अनि फेरि खोजेर ल्याउँछौँ,” पौडेलले भने। सामुदायिक पुश व्यवस्थापनको कामबाट प्रभावित भएर गौशालालाई स्वतःस्फूर्तरुपमा सहयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको नगरप्रमुख हमाल बताउँछन्।

 -अशोक घिमिरे / रासस



सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस