गहुँ छर्ने अन्तिम समय भइसक्दा पनि किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन्। रासायनिक मलको लागि सर्वसाधारण किसान भौँतारिरहेका देखिन्छन्।
शनिवार बिहान बाक्लो हुस्सु र अत्यन्तै कडा जाडोको समयमा गरुडामा युरिया मल लिनको लागि किसानहरूको झन्डै मारामारको अवस्था सिर्जना भएको थियो। गरुडा नगरपालिका ८ का जिंगडियाका किसानको लागि रासायनिक मलको कोटा तोकिएको कृषि सामग्री संस्थानको युरिया मल लिन किसानहरूको व्यापक भीड देखिएको थियो।
मल थोरै हुनु तथा मल लिन चाहने किसानको संख्या अत्यधिक भएपछि प्रहरी नै परिचालन गर्नु परेको थियो। प्रहरीको उपस्थितिमा केही किसानले मल पाए पनि अधिकांश किसान भने रित्तो हात फर्किन बाध्य भएका थिए।
रासायनिक मल आउँदै छ भन्ने खबर पाएका किसानहरूले गत चार दिनदेखि डिलरमा आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जम्मा गरिरहेका थिए। शुक्रवारसम्म धाएर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाएका किसानले पनि युरिया मल पाउन नसकेको एक किसानले बताएका छन्।
बजारमा भारतबाट सोझै आएको युरिया मल पनि पर्याप्त पाइएको छैन। बजारमा एक हजार तिन सयदेखि एक हजार छ सय रुपैयाँसम्म युरिया मल बडो मुस्किलले पाइरहेको छ। भारतीय युरिया मल पाउन पनि मुस्किल भइरहेको तर खेतमा सिँचाइ गरेर युरिया मल छर्न ढिलो भइरहेकोले डिलरमा किसानको भीड भएको स्थानीय नन्दु साहले बताएका छन्।
सरकारले युरिया मल पर्याप्त रहेको बताउने गरेको भए पनि किसानले भने पैसा तिरेर पनि पाउन मुस्किल भइरहेको छ। सर्वसाधारण किसानले एक पसलदेखि अर्को पसल र एक बजारदेखि अर्को बजार धाउँदैमा दिन बित्छ, महँगोमा पनि सजिलै मल नपाउँदा गहुँ खेती प्रभावित हुने देखिएको छ।
सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मल प्रति बोरा एक हजार रुपैयाँमा किसानले पाइरहेका छन्। मागको आधा भन्दा कम मल पाउँदा किसानहरूमा निराशा देखिएको छ।
गहुँ छर्ने बेलामा डिएपि मल नपाएका किसानहरूले सिँचाइ गर्ने बेलामा युरिया मल पनि नपाउँदा उत्पादनमा ह्रास आउने आशङ्काले किसानहरू निराश भएको गढीमाई नगरपालिका ३ का किसान महेश साहको भनाइ छ।