रौतहट प्रहरीले अढाई किलो गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
घरबाटै प्रतिबन्धित लागू औषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।
माधव नारायण नगरपालिका ५ मिठुअवाकी ५२ बर्सिया सीतापति देवी साहको घरलाई खानतलासी गर्दा साढे दुई किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त टोलीले महिलाको घर खानतलासी गरेको हो। खानतलासीमा लागू औषध गाँजा बरामद भएपछि महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महिलालाई इलाका प्रहरी कार्यालय गरुडामा राखी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। शुक्रवार जिल्ला अदालत रौतहटबाट अनुसन्धानको लागि म्याद थप गराई अनुसन्धान कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ।