सुन कारोबार मुद्दामा रकम असुली गरेको आरोपमा बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा
११ पौष २०७९
•
१ मिनेट पाठ
सुन कारोबार मुद्दामा रकम असुली गरेको आरोपमा बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा
सुन कारोबार सम्बन्धि मुद्दामा रकम असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




बुटवलमा एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न २५ लाख रकम मागेको आरोपमा डिएसपी केसी पक्राउ परेका हुन्। प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)को टोलीले डिएसपी केसीलाई गएराती निवासबाटै नियन्त्रणमा लिएको हो। सिआइबीको टोलीले उनको निवासबाट ३५ तोला सुन र १८ लाख नगद बरामद गरेको बताइएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर राखेको र फिर्ता गर्न २५ लाख रकम मागेको आरोप डिएसपी केसी माथि लागेको थियो। सुराकीको आधारमा बुटवल खटिएको सिआइबीको टोलीले गएराती चेक र नगद गरी १८ लाख रुपैँया र ३५ तोला सुन सहित डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो।

पैसा लिएर सुन फिर्ता गर्ने क्रममै केसीलाइ सिआइबीको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय भैरहवा राखीएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्को समाचार
घुस लिएको आरोपमा डिएसपी ठग बहादुर प्रहरी नियन्त्रणमा
११ पौष २०७९
•
२ मिनेट पाठ
घुस लिएको आरोपमा डिएसपी ठग बहादुर प्रहरी नियन्त्रणमा
सुन कारोबार सम्बन्धी मुद्दामा रकम असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




बुटवलमा एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न २५ लाख रकम मागेको आरोपमा डिएसपी केसी पक्राउ परेका हुन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले आइतबार राती साढे ८ बजेतिर निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो।

सिआइबीको टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ पनि बरामद गरेको छ। केसीलाई अहिले प्रहरीको निगरानीमा बुटवल स्थित क्वाटरमै राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर राखेको र फिर्ता गर्न २५ लाख रकम मागेको आरोप केसी माथि लागेको थियो। सुन नियन्त्रणमा लिएर मोटो रकम मागेको र पैसा बुझेपछि पनि बरामद सबै सुन फिर्ता गर्न आनाकानी गरेपछि घटना प्रहरीको केन्द्रीय कार्यालय सम्म पुगेको थियो।

सुराकीको आधारमा छानबिनका लागि प्रहरी प्रधान कार्यालयले सिआइबिको टोली बुटवल खटाएको थियो। श्रोतका अनुसार छानबिनकै क्रममा अवैध सुन कारोबारमा संलग्न व्यवसायीहरूको निगरानी गर्ने र ती व्यवसायीसँग पैसा असुली गर्न सघाउने एक जना व्यक्ति पक्राउ परे। त्यस्तो काममा संलग्न भनिएका खिलेन्द्र जीसीलाइ सिआइबिको टोलीले  बुटवल स्थित कालिकानगरमा रहेको महाराजा रिर्सोट नजिकैबाट आइतबार पक्राउ गरेको थियो।

खिलेन्द्रले बोकेको झोलाबाट ३५ तोला सुन र ९ लाख ५० हजारको चेक सिआइबीको टोलीले बरामद गर्‍यो। खिलेन्द्र सँग निरन्तर सम्पर्कमा देखिएका डिएसपी केसीको निवासमा सिआइबीको टोली आइतबारै राती साढे ८ बजे तिर पुगेको थियो।

टोलीले केसीको निवासबाट ८ लाख ५० हजार नगद बरामद गर्‍यो ।बरामद सुन बुटवलको बिपी चोकमा रहेको फोट्र्टीनाइन (४९) गोल्ड ट्रेड का संचालक किसान विश्वकर्माको भएको केसीले छानबिन टोलीलाई बताएको प्रहरीले जनाएको छ।

खिलेन्द्रले ब्ल्याकको सुन खरिद गर्ने व्यवसायी र केसी बिच सुराकीको काम गर्ने गरेको श्रोतको दाबी छ। बजारको माग अनुरूप सुनको कोटा नपाएपछि व्यवसायीहरूले ब्ल्याकमा सुन खरिद गर्ने गरेको र त्यसको फाइदा उठाउँदै डिएसपी केसीले यसअघि पनि त्यस्ता व्यापारीसँग  रकम असुल्ने गरेको श्रोतको दाबी छ।

प्रहरी प्रधान कार्यालयले केसीको निलम्बनको तयारी भइरहेको जनाएको छ। डिएसपीको हकमा बढीमा ६ महिना सम्म निलम्बनमा राख्ने प्रावधान अनुरूप केसीलाई निलम्बनमा राखी आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अगाडी बढाउने तयारी गरिएको प्रहरीका एक जना अधिकारीले बताए।
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस