कालिकोटको खाँडाचक्र नगरपालिकाले समयमै भुक्तानी नदिँदा आफुले मुद्दा खेप्नु परेको बरातु–बदालकोट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धीर बहादुर शाहीले बताएका छन्। आर्थिक वर्ष २०७८/०७९ को समपुरक बजेटबाट निर्माण गरिएको सडकको समयमै भुक्तानी नपाउँदा आफू मर्नु बाहेक अरु केही विकल्प नदेखेको बताएका हुन्।
नगरपालिकाले छ महिना सम्म बेवास्ता गरेका कारण आफुले अहिले कामदारबाट मुद्दा खेपीरहनु परेको उनको भनाई छ। ६० लाखको लागतमा निमार्ण गरिएको बरातु–बदालकोट सडकको नगरपालिकाका कर्मचारीले समयमै विल नउठाउँदा आफूलाई समस्यामा परेको शाहीले बताए।
उनले भने ‘६० लाखको लागतमा निमार्ण गरिएको सडकबाट पेस्की स्वरूप ४८ लाख भुक्तानी लिएको र ३८ लाखको लागतमा निमार्ण गरिएको कर्णाली माध्यमिक विद्यालय रेगिलबाट १६ लाख पेस्की लगेको छु। पेस्की लगेर काम सम्पन्न गरिसक्दा पनि नगरपालिकाले आफ्नो कार्य सम्पन्न बिल नउठाउँदा अहिले समस्यामा भएको छ।’ उनले सरोकारवालाई आफ्नो ज्यान बचाईदिन हारगुहार गरेका हुन्।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन्। ‘केही दिन पछि मेरो जिन्दगीको अन्तिम भएको जानकारी गर्न चाहन्छु, कालिकोट जिल्लामा रहनु भएका प्रमुख जिल्ला अधिकारी ज्यू लगायता यस जिल्लामा रहनु भएका मानव अधिकारका साथीहरू, पत्रकार, यस जिल्लामा रहनुभएका र यस जिल्लाबाट विजयी हुनु भएका माननीय ज्यू लगायत यस जिल्लाका जनप्रतिनिधि ज्यूहरूमा मेरो जिन्दगी अन्तिम के कसको कारणले खुलाएर लेख्न चाहन्छु। खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही, सव इन्जिनियर कम्मरबहादुर बम र इन्जिनियर रत्न भण्डारीका कारणले मेरो जिन्दगी जाँदैछ।’ भन्दै स्ट्याटस लेखेका छन्।
उनले जेठ महिनामा सम्पन्न भएका २ वटा योजना अहिलेसम्म पनि नगरपालिकाले भुक्तानी नगरेको भन्दै आपत्ति जनाए। असारमा भुक्तानी गरिसक्नु पर्ने योजनाको अहिलेसम्म भुक्तानी त परको कुरा कार्य सम्पन्न मूल्याङ्कन पनि नगरपालिकाले नगरिदिएको शाहीको भनाई छ। नगरपालिकाले योजनाको रकम अन्त रकमान्तर गरेको जानकारी गराउँदै आएको पीडित शाहीले बताए।
कार्य सम्पन्न मूल्याङ्कन गरिदिन आफुले पटक पटक इन्जिनियर रत्न भण्डारीलाई खबर गर्दा पनि चासो नदिएको गुनासो गरे। इन्जिनियर भण्डारीले आफुले सहजै कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्ने ठाउँमा नगरप्रमुख कमलबहादुर शाहीको आदेश चाहिने प्रतिक्रिया दिर्दै आएको पीडित धीर बहादुर शाहीले बताए। उनी नेपाली कांग्रेसका कालिकोटका जिल्ला कमिटी सदस्य र जिल्लाका पुराना निर्माण व्यावसायि समेत हुन्,। यस विषयमा हामीले नगरपालिकामा बुझ्दा पालिकाले व्यवस्था नगरेको यदी त्यस्तो भएको भए बुझेर भुक्तानी दिने जनाएको छ।